केशव तिवारी घायल
चितवन : जर्मनीमा मे ४ देखि शुरु भएको प्रथम अनलाइन डेडो खुल्ला युरोपियन पुम्से २०२० च्याम्पियनसिप मा नेपालका पाँच खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ७२ देशका १ हजार २ सय ५४ जना खेलाडीहरुले अनलाइन बाट सहभागिता जनाइरहेका छन् ।
कोभिड ( १९ का कारण बिश्वभरका खेलाडिहरु लकडाउनमा रहेका कारण बिश्वभरका ठुला ठुला प्रतियोगिताहरु स्थगीत भैरहेका बेला उक्त अनलाइन प्रतियोगितालाई निकै महत्वका साथ हेरीएको छ । यतिबेला बिश्व जगत्ले निकै महत्त्वपुर्ण मानिरहेको सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व जनाउने गरि ५ खेलाडिहरु सहभागी हुँदै छन् ।
१३ औं साफ गेममा स्वर्ण पदक बिजेता चितवनकी पार्वती गुरुङले ३० बर्ष मुनि उमेर समूह बाट सहभागीता जनाउँदै छिन् भने पुरुषतर्फ ३० बर्ष उमेर समुहबाट प्रेम बहादुर लिम्बू , कमल श्रेष्ठ ,जित बहादुर बोटे र ५० बर्ष उमेर समुहमा लक्ष्मण बहादुर ऐरले सहभागीता जनाएका छन् । जस अन्तर्गत बिश्वभर बाट महिला तर्फ ३० बर्ष उमेर समुहमा १ सय १२ जना र पुरुष तर्फ १ सय ७ जनाले सहभागीता जनाएका छन् भने ५० बर्ष उमेर समुहमा ७२ जना सहभागी छन् ।
अनलाइनबाट सहभागीता जनाउने सबै नेपाली खेलाडिहरुले एक आपसमा सामाजिक दुरी कायम गरि बिहान र बेलुका गरि दैनिक ४ घण्टा अभ्यास गर्दै आइरहेका छन । बिश्वभर निकै महत्वका साथ हेरीएको यो प्रतियोगिता नेपालमा भने त्यति साह्रै चर्चामा रहेको छैन ।
सो प्रतियोगीतामा सहभागी हुने सबै खेलाडिहरुले आफ्नै ट्रेनिङ हलमा तयार पारेको भिडियो लाई अनलाइनमा राखीसकेपछी भिडियोमा आउने लाइक कमेण्ट र सेयर गरिएको आधारमा बिजेता छनौट गरीने भएकाले नेपाली खेलाडिहरुको हौसला प्रदान गरीदिन खेलाडी हरुले तयार पारेको भिडियो लाई युट्युब मा गएर भिडियो हेरिदिन खेलाडीहरुको आग्रह छ ।
सबै नेपाली खेलाडिहरु उत्तिकै दक्ष भएपनी १३ औं साफ गेमकी स्वर्ण पदक बिजेता पार्बती गुरुङलाइ भने आशाको केन्द्र बिन्दुमा राखिएको प्रशिक्षक रमेश कार्किले बताएका छन । खेल र खेलाडिकै कारण पटक पटक यो देशको शिर उचो भएकाले यसपटक पनि नेपाली खेलाडी हरुले उक्त प्रतियोगिताको माध्यमबाट नेपाल र नेपालीको शान बढाउनेमा आंफूहरु बिश्वस्त रहेको कार्कीको भनाइ छ ।