कावासोती: नगरपालिका कावासोती वडा नम्बर १० मा आयोजना भएको पाँचौ जिल्लाव्यापी वडास्तरीय भलिबल प्रतियोगितामा रतोल बिजयी भएको छ । शुक्रबार भएको फाईनल खेलमा रतोलले लेडाहालाई ३–२ को सोझो सेटमा हराएको हो ।
प्रतियोगितामा प्रथम हुने रतोल लाई ४० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक विकासभुमी युवा क्लवका सल्लाहाकार कृष्ण अधिकारीले बताउनुभयो । प्रथम पुरस्कार कावासोतीका समाजसेवी एवं नेपाली काँग्रेस नवलपुरका सचिव महेन्द्र प्रसाद पोखरेलले उपलब्ध गराउनुभएको थियो । यसैगरि द्धितिय हुने लेडाहाका खेलाडीहरुलाई नगद २० हजार पुरस्कार प्रदान गरिएको छ ।

कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुषालको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै भुषालले खेलको माध्यमबाट युवाहरु एकजुट भएर विकासको काममा अघि बढ्नुपर्ने बताउनुभयो। सो कार्यक्रममा बिषेष अतिथाीको रुपमा बोल्दै कावासोती नगरपालिकाको नगर प्रमुख पदमा निटतम प्रतिष्पर्धी महेन्द्र पोखरेलले नगरपालिका भित्रका युवाहरुले गर्ने हरेक क्रियाकलापमा आफ्नो साथ र समर्थन रहने बताउनुभयो ।

सो कार्यक्रममा कावासोती वडा नम्बर। १० का वडा अध्यक्ष टेकनारायण महतो , बिभिन्न वडाका जनप्रतिनिधी , स्थानीय बिद्यालयका शिक्षक नेत्र बहादुर महतो , रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जका अध्यक्ष जगन्नाथ पराजुली , बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उदयिमान खेलाडी हेमराज महतोलाई नगद तिन हजार पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कार स्थानीय राजु गुरुङ्गले प्रायोजन गरेका थिए । एकादशी पर्वको अवसरमा सो मेला आयोजना गरिएको हो ।