उता, अर्लिङ ब्राउट हालन्डले च्याम्पियन्स लिगमा आफ्नो गोल वर्षा जारी राखेपछि बोरुसिया डर्टमन्डले सेभियालाई उसैको घरेलु मैदानमा ३–२ गोलले हराएको छ ।
यद्यपि, सुसोको गोलमा डर्टमन्ड खेलको शुरुवातमा नै पछि परेको थियो । त्यसपछि भने डर्टमन्डले गोलको वर्षा गर्यो । महमुद दाहुदले बराबरी गोल फर्काए भने हालन्डले १३ खेलमा १७ औँ गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा उनले दोस्रो गोल थपे ।
दोस्रो हाफको अन्त्यमा लुक डि योङले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि कुनै गोल हुन सकेन ।