४ पौष, नवलपुर—
प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताको लागि गण्डकीमा छनौट प्रतियोगिता पोखरामा सुरु भएको छ । प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा कास्कीले स्याङ्जा माथि ७ विकेटको जित निकालेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्जाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो ।
जितका लागि १ सय २० रनको लक्ष्य लिइ मैदानमा उत्रिएको कास्कीले २८.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार गर्यो।
राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा आज शनिबार तनहुँ र नवलपुर विच प्रतिस्पर्धा हुनेछ ।