नवलपुर : लकडाउनका बेला सबै मानिसहरु घरभित्रै छन् । तिन हप्ता अघि लकडाउन सुरु भएपछि मानिसहरु फुर्सदमा पनि छन् । तर नवलपुरको अमलटारीका नागरिकहरु भने वेफुर्सदिला बनेका छन् । उनिहरु नजिकैको मध्यवर्ती सामुदायिक बनमा गैंडा र अन्य वन्यजन्तुका लागि पोखरी र ताल निर्माणमा व्यस्त छन् ।
चितवन राष्ट्रीय निकुञ्जको पश्चिम सेक्टर अन्र्तगत पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक बवले वन्यजन्तुहरुको लागि उचित प्रवन्ध सहितको आहाल खेल्ने पोखरी निर्माण गर्न सुरु गरेको हो । “प्राकृतिक रुपमा भएका तालहरु सुक्न थाले , त्यसलेगैंडा लगायतका वन्यजन्तुहरुलाइृ समस्या भयो , त्यही भएर हामीले पोखरी निर्माण सुरु गरेका हौं । ” गुन्द्रही ढकाहा सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले सत्यकलम संग भने । उनले गाउँमा पालो लगाएर केहि सिमित मानिसहरु वन जाने र पोखरी निर्माणमा खट्ने गरेको सुनाए । उनले भने,“ हामी सचेत छौं , सिमित टोली बनाउँछौ र सुरक्षाका सबै प्रवन्ध गरेर मात्र वन जान्छौं । मास्क सेनिटाईजर लगायत सबै प्रवन्ध गरेर जान्छौं । सामाजीक दुरी पनि कायम गरेका छौं । ”
उनले आफुहरुको वन क्षेत्र गैंडाका लागि अति उत्तम वासस्थान भएकाले पनि त्याहाँ ताल तथा पोखरीहरु निर्माण गर्न आबश्यक परेको बताए । जंगल भित्र प्राकृतिक रुपमा भएका ताल तथा पोखरीहरुमा वोरिङ्गबाट पानी तानेर पानी हाल्ने काम भईरहेको बताए । त्यस्ता पोखरी तथा तालहरुको सफाईको काम पनि भईरहेको उनले सत्यकलमलाइ जानकारी दिए ।
“वन समितिले उपभोक्ताहरुलाइ पालो लगाएको छ , सोही अनुसार काम हुन्छ । ” उनले भने । हाम्रो गाउँमा बाहिरका मान्छे आएका छैनन् ।” “हामीले प्रवेश पनि दिएका छैनौं । हामीले आन्तरिक रुपमा संरक्षणको काम गरिरहेका छौं ।” महतोले सुनाए ।
कावासोती नगरपालिकाका उपप्रमुख तथा संरक्षणकर्मी प्रेमशंकर मर्दनीयाले बडो सावधान िपुर्वक खाली समयको सदुपयोग गर्दे बन्यजन्तुका लागि पोखरी तथा ताल निर्माण गरिरहेको बताए । गुन्द्रही ढकाहा मध्यवर्ती वनका पुर्व अध्यक्ष समेत रहेका मर्दनीयाले भने,“गर्मी लागेपछि ताल तथा पोखरीहरु सुक्छन् , जसका कारण वन्यजन्तुलाई समस्या हुन्छ । आहालको खोजीमा वन्यजन्तु टाढा जाने र वस्ती समेत प्रवेश गर्ने जोखीम हुन्छ । त्यसकारण यो व्यवस्थापन गरिएको हो ।”
उनले ताल तथा पोखरीको सरसफाई र निर्माणमा खट्ने स्थानीयहरुका लागि सुरक्षाको उचित प्रवन्ध गरेको बताए । अमलटारीमा रहेको होमस्टे नेपालकै उत्कृष्ट होमस्टे हो । यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकले सोही बनमा प्रवेश गरि वन्यजन्तुहरुको अबलोकन गर्ने गर्दछन् ।
“लकडाउनका बेला मानिसहरु फुर्सद्मा छन् , हामी भने संरक्षणको काममा लागेका छौं । ” अध्यक्ष महतोले भने । उनले सरकारले जारी गरेको लकडाउनलाई आफुहरुले उलंघन गरेको नभई त्यसको सदुपयोग गर्दे उचित सुरक्षाका प्रवन्ध सहित संरक्षणको काम गरेको सुनाए । अमलटारी क्षेत्र पछिल्लो समय पर्यटकहरुका लागि आकर्षणको केन्द्र विन्दु बन्दै आएको छ ।