Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०६:०३:२४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाज
  • Home
  • समाज
  • १५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
64x64
मंगलबार, फाल्गुन ३०, २०७९ सत्यकलम संवाददाता

- राजेश घिमिरे

नारायणगढमा रहेको मञ्जु श्री फाइनान्सले कालिका नगरपालिका–३ का दलबहादुर मगरको घरसहितको एक कट्ठा साढे १५ धुर जमिन धितो राखेर १५ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको २ महिनाभन्दा बढी भयो।

फाइनान्सले गत पुसको अन्त्यतिर उनको ऋण स्वीकृत गरेको थियो। तर ऋण स्वीकृत भएबाट दुई महिनाको अवधिमा उनले फाइनान्सबाट एक लाख रुपैयाँमात्रै प्राप्त गर्न सके।

जेठी छोरीलाई सिस्टमिक लुपुस इरिथमाटोसस(एसएलई) नामको जटिल रोग लागेपछि दुवईको रोजगारी छाडेर नेपाल फर्किएका थिए दलबहादुर। छोरीको उपचारका लागि कहिले चितवन मेडिकल कलेज, कहिले पुरानो मेडिकल कलेज, कहिले शिक्षण अस्पताल काठमाडौं धाउँदा दुई वर्ष बित्यो। यो अवधिमा उनले कमाएको सबै गुमाए, थप ऋण पनि लाग्यो।

लागेको ऋण तिर्ने, छोरीको उपचार गर्ने र बाँकी पैसाले आम्दानी हुने केही इलम गर्ने सोचेर उनी जग्गाको लालपूर्जा झोलामा हालेर रत्ननगरस्थित मञ्जु श्री फाइनान्सको कार्यालय पुगेका थिए। त्यहाँ उनको छिमेकी चुडामणि महतोसँग भेट भयो। सबैकुरा सुनाएपछि चुडामणिले उनलाई नारायणगढको शाखामा आफ्नो साथी रहेकाले त्यहाँबाट सजिलै ऋण पाउने विश्वास दिलाए।

‘बरु ऋण आएपछि मलाई पनि एक–दुई लाख सहयोग गर। मलाई पैसाको खाँचो छ भन्यो। छिमेकीले त्यति भनिसकेपछि भइहाल्छ नि, सल्लाह गरौंला भनें,’ दलबहादुरले बताए।

चुडामणिको योजनाअनुसार दलबहादुर मञ्जु श्री फाइनान्सको नारायणगढस्थित कार्यालय पुगे। लालपूर्जा देखाए। फाइनान्सका कर्मचारीले उनको घरैमा पुगेर सम्पत्तिको मूल्यांकन गरे। केही दिनमै उनको १५ लाख रुपैयाँ ऋण स्वीकृत भएको थियो।

( सेतोपाटी बाट साभार )

 

‘ऋण स्वीकृत भएको दिन मलाई चेक पनि दिए। चेक हातपरेपछि फाइनान्सकी महिला कर्मचारीले एउटा चेकमा हस्ताक्षर गरेर दिनु, यो यहाँको नियम हो भनिन्। मैले नियम त मान्नुपर्‍यो भनेर तत्कालै चेकमा हस्ताक्षर गरेर दिएँ,’ दलबहादुरले बताए।

यहीँबाट सुरु भयो दलबहादुरको पैसामाथि अरुको रजाईं।

भोलिपल्ट साँझ दलबहादुरको मोबाइलमा खातामा १५ लाख रुपैयाँ जम्मा भएको एसएमएस आएको थियो। त्यसको दुई मिनेटमै अर्को म्यासेज आयो। उनको खाताबाट ९ लाख ५५ हजार रुपैयाँ झिकिएको एसएमएस थियो त्यो।

उनले अर्को दिन बैंक पुगेर अघिल्लो दिनको एमएमएसबारे बताए। फाइनान्सका कर्मचारीले केही नभनी उनलाई एक लाख रुपैयाँको बिटो थमाए। बुझ्दै जाँदा बल्ल उनले थाहा पाए महिला कर्मचारीले लिएको चेकबाट चुडामणिले ९ लाख ५५ हजार रुपैयाँ झिकेर लगिसकेका रहेछन्।

‘मैले त्यतिखेरै मेरो पैसा किन अरुलाई दिइयो भनेर शाखा प्रबन्धकलाई सोधेको थिएँ। उहाँले तपाईंहरूको सहमति होला भनेर दिइयो। दुई–तीन दिनमा उसले जम्मा गरिहाल्छ भनेपछि छिमेकीसँग किन नराम्रो गर्ने भनेर म निस्किएँ,’ उनले बताए।

तर एक महिना बित्दा पनि उनको पैसा फिर्ता आएन। बरु फाइनान्सले ९ लाख ५५ हजार रुपैयाँको व्याज र किस्ता बुझाउन ताकेता गर्‍यो। उनले खातामा बाँकी रहेको रकमबाट कटाउन लगाए।

त्यतिखेरसम्म उनको खातामा ५ लाख १४ हजार १५ रुपैयाँ बाँकी थियो।

त्यो बाँकी रकम निकाल्न फाइनान्स पुग्दा दलबहादुर छाँगाबाट खसेजस्तो भए। उनको खातामा ६७५ रुपैयाँमात्रै थियो।

‘मैले बाँकी रकमबाट व्याज र किस्ता घटाउन भनेको थिएँ फाइनान्सका कर्मचारीले साँवा पनि घटाइदिएछन्,’ उनले भने।

भएको के थियो भने गएको शनिबार अनिलकुमार श्रेष्ठको नामबाट दलबहादुरको खातामा ८ लाख १० हजार रुपैयाँ जम्मा भयो। चुडामणि भने  एउटा पत्र बोकेर फाइनान्समा पुगे। फाइनान्स प्रमुखलाई लेखिएको उक्त पत्रको विषय थियो, ‘कर्जा चुक्ता गर्ने बारे।’

पत्रमा लेखिएको थियो–‘मैले ऋणी दलबहादुर मगरको नाममा यस वित्तीय संस्थाबाट आवास कर्जा उपभोग गरेको र हाल म चुडामणि महतोले बचत खातामा जम्मा गरिदिएको रकम ८ लाख १० हजारबाट आजसम्मको साँवा र व्याज घटाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’ बैंकले ऋणीसँग एक पटक पनि नसोधी उक्त रकमले साँवा घटाइदियो।

मञ्जु श्री फाइनान्समा अब दलबहादुर मगरले २ लाख १२ हजार रुपैयाँ ऋण तिर्नुपर्ने देखिन्छ।

‘मलाई पैसा चाहिएका कारण मेरो घर, जमिन धितो राखेर कर्जा लिएको थिएँ। फाइनान्सका कर्मचारीको मिलेमतोमा अन्य व्यक्तिलाई पैसा निकालेर दिइयो। मैले बैंकबाट एक लाख रुपैयाँभन्दा बुझेको छैन तर बैंक भन्छ तैले अब २ लाख १२ हजार बुझाउनुपर्ने छ,’ दलबहादुर भन्छन्, ‘म ठूलो अन्यायमा परें। छोरीको उपचार गरौंला, ऋण तिरौंला, कुनै व्यवसाय सुरु गरौंला भनेर कर्जा लिएको फाइनान्सले बिचल्ली बनायो।’

फाइनान्सले दिएको स्टेटमेन्टले दलबहादुरले भनेका कारोबार रकमहरुको पुष्टि गर्छ। तर हामी पुग्दा फाइनान्सका शाखा प्रबन्धक अभय मुडबरी भेटिएनन्। निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कर्मचारी ज्ञानप्रसाद पौडेलले मुडबरी चैत ६ गतेसम्मका लागि बिदामा रहेको बताए।

दलबहादुर मगरसँग हस्ताक्षर गरिएको खाली चेक माग्ने कर्मचारी पनि बिदामा रहेको पौडेलले बताए।

‘सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिई पैसा झिकिएको, खाली चेक मागिएको, ऋण तिरिएको भन्ने कुरा मैले आजमात्रै थाहा पाएँ। यो सामान्य कुरा होइन। मेरो स्तरबाट यस विषयमा केही गर्न मिल्दैन,’ पौडेलले भने, ‘प्रमुख आएपछि यो विषय जानकारी गराउँछौं।’

जमानी बसेको व्यक्तिले पत्र लेखेर साँवा, व्याज घटाउनु भने पछि कर्मचारीले घटाइदिएको हुनसक्ने उनले बताए। पौडेलले शाखा प्रमुख मुडबरी र चेक लिने कर्मचारीलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको बताए।

चुडामणि महतो पनि अहिले सम्पर्कमा छैनन्।

‘आइतबार पैसा जम्मा गरिदिन्छु भनेर गएका थिए, साँवा घटाउने पत्रसहित पैसा बुझाएछन्। त्यसपछि भेट भएको छैन। मेरो फोन पनि उठाएका छैनन्,’ दलबहादुरले भने।  


प्रकाशित मिति: मंगलबार, फाल्गुन ३०, २०७९, ०३:२६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘अत्यावश्यक अवस्थामा बाहेक राहदानी जिल्लाबाटै दिनुपर्छ’
गैंडाकोटमा सुत्केरीलाई रु पाँच हजार भत्ता
पदयात्रीको रोजाइमा पर्दै नवलपुरकै अग्लो ‘देवचुली डाँडा
सन्दीपलाई कारागार पठाउँदा अदालतले समातेका तथ्य (आदेशसहित)
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago