Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०५:५९:२८ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाज
  • Home
  • समाज
  • ‘अत्यावश्यक अवस्थामा बाहेक राहदानी जिल्लाबाटै दिनुपर्छ’
‘अत्यावश्यक अवस्थामा बाहेक राहदानी जिल्लाबाटै दिनुपर्छ’
64x64
आइतवार, फाल्गुन १४, २०७९ सत्यकलम संवाददाता

१४ फागुन, काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन टोलीले ‘अत्यावश्यक र जरूरी परेको अवस्थामा बाहेक’ राहदानी विभागबाट पासपोर्ट वितरण नगर्न सुझाव दिएको छ । उसले नियमित प्रक्रियाबाट पासपोर्ट लिन खोज्नेहरूका लागि सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमै फारम भर्ने व्यवस्था गर्न सुझाव दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राहदानी विभागमा पासपोर्ट लिनेहरूको भीडबारे अध्ययन गर्न गठन गरेको टोलीले पासपोर्ट वितरण सेवा सबै जिल्लाबाट नियमित गर्न सुझाव दिएको हो । कार्यदलले कस्तो परिस्थितिमा ‘अत्यावश्यक र जरूरी’ हुन्छ भन्ने खुलाएको छैन । जसका कारण भोलि पहुँचवालाहरूले सहजै ‘अत्यावश्यक र जरूरी’ कारण देखाइ विभागबाट पासपोर्ट लिने र पहुँचविहीनहरू पासपोर्ट लिन सम्बन्धित जिल्लामै जानुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्यालले राहदानी विभागमा सेवाग्राहीको अत्यधिक चाप देखिएकाले क्षमता बढाउने काम अहिलेको प्रमुख चुनौती भएको बताए । ‘अहिले कतिपय सुधारका काम त भइरहेका छन्’ उनले भने, ‘पासपोर्टकै लागि राजधानीमा रहेका नागरिकहरूलाई टाढाका जिल्लामा जानुपर्छ भनेर दुःख दिइँदैन । तर, सकेसम्म जिल्लाबाट नै पासपोर्ट लिन सहज हुन्छ भने विभागमा भीड नबढोस् भन्ने उद्देश्यले काम गर्न खोजिएको हो ।’

अध्ययन टोलीले सुझाव दिए पनि कार्यान्वयन सहज छैन । जिल्ला प्रशासन कार्यालयहरूको पासपोर्ट वितरण प्रक्रिया समेत छिटोछरितो छैन । अध्ययन टोलीले नै जिल्लामा झनै ‘प्रि–इन्रोल’ (आवेदन दिने काम) गर्न समस्या रहेको औंल्याएको हो । ढिलाइ हुने भएकाले जिल्लामै रहेकाहरूले पनि विभागबाट पासपोर्ट निकाल्न खोज्छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्तले सर्भरको क्षमता बढाउनलाई नै प्राथमिकता राखेको र जरूरी नपरेकाहरूलाई सम्बन्धित जिल्लाबाट पासपोर्ट लिनलाई प्रोत्साहित गर्ने नीति लिन सुझाव दिइएको बताए । उनले अहिलेको सर्भर सीमित क्षमताको भएकाले जसरी पनि बढाउन जोड गरिएको बताए ।

‘नियमित रूपमा पासपोर्ट चाहिनेले पनि बढी शुल्क तिरेर विभागबाटै पासपोर्ट लिन खोजेको देखियो, त्यो प्रवृत्ति घटाउने र जिल्लाको क्षमता बढाउन अध्ययन टोलीले सुझाव दिएको हो’ उनले भने, ‘अत्यावश्यक र जरूरी पर्नेहरू विभागमा निषेध गरेर सम्बन्धित जिल्लामा पठाउने उद्देश्य होइन, उनीहरूले अहिले झैं विभागबाटै पासपोर्ट लिन पाउँछन् ।’

अध्ययन टोलीले अनलाइन फारम भर्ने काम व्यवस्थित बनाउन ‘सर्भरको क्षमता बढाउन’ सुझाव दिएको छ । ‘विद्युतीय राहदानी सेवा उपलब्ध गराउनको लागि सम्झौता गरिएको कम्पनीसँग समन्वय गरी प्रि–इन्रोलमेन्ट प्रक्रियालाई थप सहज बनाउन सर्भरको क्षमता बढाउने लगायत आवश्यक कार्य गर्ने’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिव संलग्न रहेको अध्ययन टोलीले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘जरूरी अवस्थामा बाहेक राहदानी विभागलाई इन्रोल सेन्टर कायम गरी आवेदन दिन नमिल्ने व्यवस्था मिलाउने ।’

गत पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूले यो प्रतिवेदन तयार गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरूलाई दिएको निर्देशनका आधारमा तयार पारिएको संक्षिप्त कार्ययोजनामा भने ‘राहदानी वितरण प्रणालीलाई चुस्त बनाउने’ भनिएको छ ।

कार्ययोजना अनुसार, एक महिनाअघि नै अनलाइन आवेदन फारम भर्न मिल्ने व्यवस्था मिलाउने तयारी छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट बाँडिने राहदानीको पनि कोटा बढाउने उल्लेख छ । कार्ययोजनामा १२० वटा फारम इन्रोलमेन्ट स्टेसन र ४० वटा मोबाइल स्टेसन थप्ने उल्लेख छ । तर यो काम पूरा हुन एक वर्ष लाग्नेछ ।

‘भीड देखिनु चुनौती भयो’

अध्ययन टोलीले राहदानी विभागमा अत्यधिक भीड भएकाले सेवा प्रवाह अस्तव्यस्त देखिएको भन्दै त्यसलाई व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘आवेदन फारम रुजु, राजस्व दाखिला र प्रत्यक्ष दर्ताका लागि आउने करिब ३५०० सेवाग्राहीहरूको भौतिक उपस्थितिलाई व्यवस्थित गर्न उनीहरूलाई प्रतीक्षा कक्ष÷होल्डिङ सेन्टरको व्यवस्था गर्नुपर्ने ।’

अध्ययन टोलीले प्रतिवेदनमा आवेदन फारम रुजु गर्ने र राजस्व तिर्ने काम अनलाइनबाटै उपलब्ध गराउनुपर्ने र त्यसो हुँदा विभागको अनावश्यक भीड घट्ने औंल्याएको छ । सरकारले तयार पारेको कार्ययोजनामा भीड व्यवस्थापनका लागि आगामी वर्षायाम सुरु हुनुअघि नै होल्डिङ सेन्टर बनाउनुपर्ने उल्लेख छ । सरकारी विवरण र अभिलेख एकआपसमा प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भन्दै कार्यदलले राष्ट्रिय परिचयपत्रको अभिलेख चुस्तदुरुस्त बनाउनुपर्ने सुझाव दिएको छ ।

कार्यदलले इन्टरनेटको सुविधा भएका जुनसुकै ठाउँबाट आवेदन दिन सकिने भएपनि विभाग परिसर वरपरका साइबरहरूबाटै फारम भर्ने प्रवृत्ति बढेको भन्दै त्यसले गर्दा सेवाग्राहीको भीड बढेको उल्लेख गरेको छ । उसले सुधारका लागि कार्यालय समयभन्दा अघि र पछि एक/एक घण्टा समय थप्नुपर्ने सुझाव दिएको हो ।

प्रतिवेदनमा भनिएको छ– ‘राहदानी विभागको त्रिपुरेश्वर परिसरभित्र सेवाग्राहीको लागि प्रतीक्षा गर्ने हल वा होल्डिङ सेन्टरको व्यवस्था नभएकोले सेवाग्राहीको भीड देखिने गरेको छ ।’ अध्ययन टोलीले शनिबार र बिदाको दिनमा एउटा सिफ्टमा कार्यालय सञ्चालन गरी राहदानी सेवा दिने व्यवस्था नहुनाले सेवाग्राहीलाई हप्ताको सातै दिन सेवा दिन नसकिएको ।’

अध्ययन टोलीले राहदानी विभागमा तत्कालका लागि कम्प्युटर अपरेटरहरू थप गर्नुपर्ने सुझाव दिएको छ । अनि राहदानीको लागि बढी आवेदन हुने जिल्ला प्रशासन कार्यालयमा कामको चापको आधारमा अस्थायी वा करार कर्मचारी भर्ना गर्न सुझाव दिएको छ ।

सरकारले ७७ वटा जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका कार्यालयहरूबाट पासपोर्टका लागि आवेदन फारम भर्ने व्यवस्था मिलाएको छ । विदेशमा रहेका नेपाली नागरिकले नियोगमा आवेदन दिन पाउँछन् । पासपोर्ट छपाइको काम र प्रमाणीकरण भने राहदानी विभागबाट मात्रै हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बढी समय लाग्ने भएकाले सेवाग्राहीहरू दोब्बरभन्दा बढी दस्तुर तिरेर विभागबाट पासपोर्ट लिन चाहन्छन् । अध्ययन टोलीले सुरुमा अनलाइन फारम भर्नेदेखि प्रत्यक्ष दर्ता, फारम रुजु गर्ने, राजस्व तिर्ने र राहदानी लिन सेवाग्राही स्वयं उपस्थित हुनुपर्ने भएकाले भीड बढेको औंल्याएको छ ।

अध्ययन टोलीले पासपोर्ट कसरी लिने भनेर बुझ्नकै लागि समेत विभागमा दैनिक ठूलो भीड लाग्ने गरेको भन्दै एउटा सेवाग्राहीले अर्को वा त्योभन्दा बढी सहयोगी लिएर विभागमा गएकाले भीड देखिएको औंल्याएको छ । उसले सचेतना कार्यक्रम मार्फत त्यो भीड घटाउन सकिने सुझाव दिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ— ‘आवेदकहरू समेत छिटो राहदानी प्राप्त गर्ने अपेक्षाले राहदानी विभाग आएकाले विभाग परिसरमा मानिसहरूको भीड देखिने गरेको छ ।’

क्षमता बढाउनुपर्छ

टोलीले राहदानी लिन खोज्ने सेवाग्राहीको तुलनामा विभागमा भौतिक क्षमता र कर्मचारी सीमित रहेको औंल्याउँदै क्षमता बढाउनुपर्ने सुझाव दिएको छ । उसले विभागमा पर्याप्त कम्प्युटर अपरेटर व्यवस्था गर्न नसकिएको स्वीकार्दै प्रतिवेदनमा भनेको छ— ‘विभागको जनशक्तिले चलाउने कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायत उपकरण चुस्त अवस्थामा राख्न आवश्यक जनशक्ति तथा बजेट पर्याप्त नभएको स्थिति छ ।’

विभागमा रहेको सर्भरको क्षमता सीमित रहेको भन्दै अध्ययन टोलीले देशभरका जिल्ला प्रशासन कार्यालयलाई एकैपटक धेरै प्रि–इन्रोलका लागि व्यवस्थापन गर्न नसकेको औंल्याएको छ । अनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समेत निश्चित समयका लागि आवेदन खोलिदिने गरेका छन्, जसले गर्दा सेवाग्राहीलाई सहज हुनसकेको छैन । अध्ययन प्रतिवेदनमा भनिएको छ- ‘अनलाइन फारम भर्न बिचौलियाहरूको भर पर्नुपर्ने र उनीहरूले चलखेल गर्ने ठाउँ प्राप्त हुने स्थिति रहेको ।’
अध्ययन टोलीले कर्मचारीहरूले सुविधा नपाएका कारण बिहान–बेलुका वा बिदाको दिन अतिरिक्त समय काममा लगानी नसकिएको औंल्याएको छ । अहिले विभागमा मात्रै राहदानीको छपाइ र प्रमाणीकरण हुने गरेको छ । उसले विभागमा रहेको मेसिनको क्षमता सीमित भएकोले पनि राहदानी जारी गर्न ढिलाइ भएको स्वीकार गरेको छ ।

अध्ययन टोलीका अनुसार कतिपय सेवाग्राहीको दोहोरो नागरिकता हुने गरेको छ । त्यस्तो भेटिंदा नागरिकता रद्द गराई त्यो नम्बरबाट जारी राहदानी पनि रद्द गर्नुपर्ने भएकाले समस्या हुने गरेको छ । अहिले राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन फारम भरेर विवरण बुझाउनुपर्छ र बायोमेट्रिक दिनुपर्छ । फेरि पासपोर्ट लिने बेलामा त्यही प्रक्रिया दोहो¥याउनुपर्छ । टोलीले यी दुई प्रणालीलाई एकआपसमा आबद्ध गर्नुपर्ने सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याल भन्छन्, ‘हरेक कार्यालयमा सेवा लिन जाँदा उही प्रक्रिया दोहो¥याउनुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र र पासपोर्टको अभिलेखलाई एक आपसमा अन्तरआवद्ध गर्नुपर्छ भन्ने सुझाव दिएका छौं ।’

 

Source : onlinekhabar


प्रकाशित मिति: आइतवार, फाल्गुन १४, २०७९, ०५:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
गैंडाकोटमा सुत्केरीलाई रु पाँच हजार भत्ता
पदयात्रीको रोजाइमा पर्दै नवलपुरकै अग्लो ‘देवचुली डाँडा
सन्दीपलाई कारागार पठाउँदा अदालतले समातेका तथ्य (आदेशसहित)
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago