कावासोती : सरकारको नेतृत्व गरेको दल नेकपा माओबादी केन्द्रका उपाध्यक्ष एबम् पुर्ब सभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैले संचालन गरिरहेको गम्भीर खुलासा गरेका छन् ।
सभामुख र पटक पटक मन्त्री भैसकेका महराले प्रेस सेण्टर नेपाल नवलपुरको तेस्रो साधारणसभा लाई संबोधन गर्दै यस्तो खुलासा गरेका हुन् । " देश अरु कसैले चलाईरहेको छ , प्रचण्ड , ओलि र देउवा त पात्र हुन् । " महराले भने । उनले त्यो अदृश्य शक्ति को हो भनेर नखुलाएपनी देश अरु शक्तिले चलाउने गरेको प्रष्ट संग बताए । उनले भने " हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ , तर पनि हाम्रो बिडम्वना यहि हो , जो प्रधानमन्त्री भए पनि हुने यहि हो ।"
महराले बर्तमान सरकारले शान्तीप्रक्रिया का महत्वपूर्ण मुद्दा टुंगोमा पुर्याउन पर्ने बताउनु भयो । उहाँले लोकतन्त्र र संविधान माथी अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्न जोड दिनु पर्ने बताउनु भयो । " अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन् , यसलाई निस्तेज गर्नु पर्छ । " महराले भन्नू भो ।
प्रेस सेण्टर नवलपुरका अध्यक्ष भुमिश्वर शर्मा को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य किशन शर्मा गैरे , प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञावाली , प्रेस सेण्टरका सचिब बोमलाल गिरि , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष दिपक भट्टराई , नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य रमेश बस्ताकोटी , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुली , प्रेस युनियनका केन्द्रीय सदस्य घनश्याम बगाले , प्रेस चौतरीका जिल्ला अध्यक्ष सालिकराम कोईराला , पुर्ब केन्द्रीय सदस्य बिद्रोही गिरि , क्रान्तीकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस सेण्टर गण्डकीका सचिब अर्जुन अबिरल ले सहभागीलाई स्वागत गरेका थिए ।