काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतकाे निधन भएकाे छ । बुधबार दिउँसो तमिलनाडूमा भएकाे हेलिकप्टर दुर्घटनामा रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार थिए ।
आज दिउँसो भारतीय वायु सेनाको एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडूको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।
source : baarhkhari