सागर पाेखरेल साउन २६ काे मेराे स्वाव परीक्षणकाे नतिजा २८ गते दिउसाे ४ बजे अायाे । रिपोर्ट पाेजेटिभ अायाे । घर परिवारलाई सान्त्वना दिँदै म अाफैँ गाडी चलाएर देशकै उत्कृष्ट आइसोलेसन भएकाे प्राकृितक चिकित्सालय अाएँ । त्याे रात बित्याे । बिहान अस्पतालकाे नियमअनुसार याेग अभ्यास, जलनिधि, बाफ लिने आदि सबै काम गरियाे । बिहानकाे करिव १०:३० बजे खाना खाएँ । रुममा गई बेडमा पल्टिएँ । केही समयपछि कावासाेती नगरपालिका स्वास्थ्य शाखाबाट कन्ट्याक ट्रेसिङकाे लागि दीपक चापागाईं, नवीन सुवेदीलगायतकाे टिम काेरना अस्पताल अाए । मेराे साउन १५ गतेदेखिकाे सम्पर्क व्याक्तिहरुकाे विवरण मागे मैले सम्झिएजति करिब१०० जनाकाे नाम टिपाइदिएँ , जुन टिपाएकाे नामावलीमा मेराे घरपरिवारका सबै सदस्यदेखि रेडियोका सहकर्मी, अन्य सञ्चारकर्मी, साथीभाइ सबै थिए । मेराे सम्पर्कमा रहेका परिवारका सदस्यहरुकाे साउन ३१ गते बेलुका मध्यविन्दु जिल्ला अस्पतालमा, साउन ३२ गते ब्लड डाेनेसनमा सहभागी भएका र साँझ अन्य सबैकाे स्वाव सङ्कलन गरी परीक्षणका लागि पाेखरा लगियाे । मेराे परिवार, छरछिमेक सबै साथीभाइ उक्त स्वावकाे रिपोर्टकाे पर्खाइमा थिए । त्याे रिपोर्ट मेरा लागि पनि महत्त्वपूर्ण थियाे । मनमनै कतै धेरै जनामा सङ्क्रमण देखिए मेरा साथीभाइ र उनका परिवारले मलाई के भन्लान् के साेच्लान्, परिवारमा देखिए ससाना बालबच्चा छन् । धेरै प्रश्न उब्जिए मनमा । फेरि अाफैँले अाफैँलाई सान्त्वना दिँदै भनेँ, जे हुनु भइसक्याे अब मनमा कुरा लिएर के हुन्छ र ! तर मन न हाे छिनछिनमा छेपाराेले जसरी रङ्ग फेर्छ मनले पनि कुरा फेरि रहन्छ । सँगै एक बिहान ब्याटमेन्टिन खेल्न अाउने साथी र उनका परिवारले के भन्लान्, रेडियोका सहकर्मीहरुकाे के हुने हाे कतै यही कारण रेडियो बन्द हुने अवस्थामा त पुग्दैन । मलाई सङ्क्रमण भएपछि सामर्थ्य साप्ताहिक अहिलेसम्म प्रकाशन हुन सकेकाे छैन कतै रेडियो पनि ....... । फेरि लामाे श्वास तानेर रेडियोका सहकर्मीहरुमा देखिए सबैलाई रेडियो मै राख्छु तर रेडियो बन्द त हुन दिन्न मनलाई सम्झाउँछु । फेरि रेडियोमा रहेका सहकर्मीलाई नजिकका हाेटलले खाना खान नदिँदा तिनीहरुले पाएकाे दुःख र कुण्ठा सम्झन्छु । मनमनै सबैलाई त नहाेला नि रेडियो अध्यक्ष भरत दाइ र उहाँको परिवारलाई त नेगेटिभ अाउला नि उहाँहरुले व्यावस्थापन गर्नुहुन्छ भन्दै मन बुझाई रहे । भदाै १ गते मेराे परिवारसहित नवलपुर उधाेग वाणिज्य संघ र अन्य व्यापारिहरुकाे स्वावकाे रिपाेट अाउने दिन थियाे । कति बेला अाउला ? कस्तो अाउला ? मनमा छट्पटी भयाे , दिउसाे ४ बजे सधैँ रिपोर्ट अाउथ्याे त्यस दिन जिल्लामा धेरै स्थानबाट स्वाव सङ्कलन गरेर पाेखरा लगिएकाे कारण रिपोर्ट अाउन ढिलाे भएछ । रिपोर्ट नअाउँदासम्म खाना पनि खान सकिन, खाना रुचाेस् पनि कसरी सबै घर परिवारदेखि साथीभाइकाे चिन्ता छ ! रातिकाे करिब१० बज्याे , मेराे माेबाइलमा धण्टी बज्याे । साउन ३१ गते गरेको पि सि अारमा २ जनामा सङ्क्रमण देखियाे, मन अलि अान्नद भयाे । भगवानले हात थामेछन् धेरैलाई सङ्क्रमण हुनबाट जाेगाएछन् । तर मलाई के थाहा भगवानले थामेकाे हात मेरै घरमा ल्याएर बिसाएछन् । सङ्क्रमित २ जना नै मेराे परिवार परेछन् । १ जना मेराे श्रीमती र अर्काे मेराे छाेरी । मन अमिलाे भयाे, गहभरि अाँसु, मुटुमाथि ढुङ्गाकाे बज्रपात भए झैँ भयाे , उज्यालाे काेठा मध्यरात जस्तो भयाे , अाँखा अगाडिका सबै दृश्य अँध्याराे मात्र देख्न थालेँ । अाफूले अाफैँलाई कन्ट्रोल गरेँ । भगवानलाई गाली गर्नसमेत छाेडिनँ । जब भगवानप्रति अास्था उढ्दै थियाे, कताखकता मन खुसी भयाे मेराे परिवारकाे सबैभन्दा कान्छाे सन्तान मेराे छाेराेलाई भगवानले हात थामिदिनुभएछ । उसको रिपोर्ट नेगेटिभ आएछ । फेरि भगवानलाई मनमनै धन्यवाद दिएँ । घरमा रहेकाे ४ सदस्यमध्ये म पहिल्यै अाइसोलेसनमा थिएँ अब मेरी अर्धाङ्गिनी र प्यारी छाेरी पनि अाइसाेलेसनमा अाउनुपर्ने भयाे । सानाे छाेरा अाजसम्म परिवार सदस्यभन्दा बाहिर कसैसँग नबसेकाे मन न हाे फेरि ... । अाखिर हरेक दुःख सुखमा चाहिने दाजुभाइ न हाे, भनी मेराे कान्छाे दाइलाई फाेन गरेँ । सबै घटनाका बारे जानकारी गराएँ। दाइ न हाे भाइकाे दुःखमा उससले राम्ररी बोली फुटाएर बाेल्न पनि सकेन, अाँखामा अाँसु र मुटु भक्कनाउँदै मलाई नअातिन अनुराेध गर्याे । सँगै हाँस्ने खेल्ने भएर कान्छाे दाइ र मबीच तँ शब्दकाे प्रयाेग गरेरै सम्बोधन गरिन्थे । दुबैकाे ध्यान छाेरालाई सुरक्षित स्थानमा कहाँ कसरी राख्ने विषयमा कुरा भयाे । कतै छाेराे ममी र दिदीसँगै रहेकाे त छैन भन्ने लाग्याे र घरमा फाेन गरेँ र साेधेँ म रजहर अाएदेखि सपरिवार भिन्नभिन्न बेडमा सुत्ने गरेपनि त्यस रात छाेराेले ममीसँग सगै सुत्न जिद्दी गरेछ र ममी, छाेरासँगै रहेछन् । म बाध्य भएर घटनाकाे बारेमा जानकारी गराएँ र छाेरासँग अामालाई टाढा बस्न अनुराेध गरेँ । घटनाले पुरै परिवारमा सन्नाटा छायाे । रातभरि कान्छाे दाइले अन्य दुईजना दाजुभाइसँग सल्लाह गरेर छाेरालाई कावासाेती -१६, डण्डा ठुलाे दाजुकाे घरमा क्वारेन्टाइन बनाएर राख्ने व्यावस्था गर्नुभयाे । बिहान ५ बजेसम्ममा छाेराेलाई रुवाउँदै उठाएर डण्डा लगियाे त्यस्तो दृश्यमा अामाकाे मन कस्तो भयाेहाेला हजुरहरुले पनि कल्पना गर्न सक्नुहुनेछ । सपरिवारकाे अाँखामा अाँसुले भरियाे । सबै भक्कानिएर रुन थाले तै पनि राेएर बस्ने समय थिएन, छाेरा र श्रीमतीलाई रजहर अाइसोलेसनमा ल्याउने व्यावस्था गर्नुपर्ने थियाे । मैले एम्बुलेन्सकाे लागि कावासाेती नगरपालिका विपत व्यावस्थापन समिति संयाेजक तथा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया, वडा नं. २का अध्यक्ष लक्ष्मी पाैडेललाई फाेन गरेँ । कसैले फाेन उठाउनुभएन । पछि नगर प्रहरीकाे नम्बर खाेजेर एम्बुलेन्स चालककाे नम्बर लिएँ । चालककाे माेबाइल अफ थियाे । सम्पर्ककाे सबै ढाेका बन्द भएपछि नगर प्रहरीलाई चालककाे घरसम्म पुगेर खबर गरिदिन अनुराेध गरेँ। करिब नगर प्रहरी एम्बुलेन्स चालकको घर पुग्न १ धण्टा हुँदासम्म व्यावस्थापन हुन नसकेपछि मेरा परम मित्र मीन लामालाई फाेन गरेर एम्बुलेन्स चालककाे घरमा पुगेर एम्बुलेन्स पठाउन अनुराेध गरेँ । यतिखेर करिब बिहानकाे ६:३० बजिसकेकाे थियाे । एम्बुलेन्स करिब ६:४०मा घर अायाे । हाम्रो परिवार बस्ने घर काेरना सङ्क्रमणका कारण सबै ढाेकाहरुमा ताला लाग्याे , अहिलेसम्म पनि हामी ३ जना रजहर अाइसोलेसनमा छाैँ । घरकाे दुवै ढाेकामा भाेटे ताल्चा लगाएकाे छ । तर काेरना भाइरसकाे संक्रमण भएकाे समयमै जानकारी पाएपछि अहिले हामी उपचारारतकाे रुपमा रजहर छाैँ अब हामी सपरिवार केही दिनभित्रमा नै एकै ठाउँमा हुनेछाैँ । दुःख सुख साट्नेछाैँ रमाउने छाैँ । तपाईँहरु पनि सबै जना काेरना संक्रमण र राेकथामकाे उपाय अवलम्बन गर्नुहाेस् । यदि संक्रमण भइहालेपनि नअातिनुहाेस् । धैर्य र उच्च मनाेबलले काेरनासँग जुध्न र विजय प्राप्त गर्न सहयोग पु¥याउँछ । अस्तु ।