Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, भदौ १, २०७९ १२:२६:१४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा
यस्तो छ आजको मौसम पूर्वानुमान
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान
सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
७५ वर्ष अघिनै नवलपुर झलमल पार्ने योजनामा भारतीय अवरोध !
अन्र्तवार्ता
  • Home
  • अन्र्तवार्ता
  • जेसीजले देशभर विधिको शासनको पक्षमा वकालत गर्छः खनाल
जेसीजले देशभर विधिको शासनको पक्षमा वकालत गर्छः खनाल
चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गरि जेसीज साथीहरुलाई सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने योजना छ।
64x64
बुधवार, पुष २२, २०७७ रमेश बस्ताकोटी
null


रुपन्देहीको भलवारीमा सम्पन्न नेपाल जेसीजको ४७ औं राष्ट्रीय महाधिवेशनबाट दुई तिहाईभन्दा बढी मत ल्याएर राष्ट्रीय अध्यक्षमा निर्वाचित भएका अरुणेश्वर खनालले जनवरी १ तारिखबाट औंपचारिक रुपमा आफ्नो कार्यभार सम्हालिसकेका छन् । युवाहरुको क्षमता र नेतृत्व विकास गर्ने सस्थाको रुपमा ६ दशकभन्दा बढी समयदेखि क्रियाशिल सस्थाको राष्ट्रीय अध्यक्ष भएपछि खनाल यतिबेला एकवर्ष भरि आफुले गर्ने कामको कार्यसुची तयार गर्न व्यस्त छन् । जेसीजमा एक पद, एक व्यक्ति र एक कार्यकालको आधारमा निर्वाचन हुने गर्दछ । खनालको कार्यकाल एक बर्षको हुनेछ ।

सन् २००४ देखि जेसीज अभियानमा लागेका खनाल सन् २०१० मा बीसहजार जेसीज भरतपुर चितवनको शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रीय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रीय महासचिव र सन् २०१६ मा राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भई सन् २०२१ का लागि राष्ट्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । खनाल यस अघि सन् २०२० को नेतृत्वका लागि चितवनको रत्ननगरमा भएको ४६ औं राष्ट्रीय महाधिवेशनमा पनि अध्यक्षको प्रत्यासी थिए, त्यो बेलामा उनी अत्यन्तै कम मत अन्तरले पराजित भएका थिए । नेपाल जेसीजलाई राष्ट्रको गौरव गर्न लायक संस्था बनाउने अभियानमा लागेका खनालसंग उनको एकवर्षे कार्यकालभित्र सम्पादन गर्ने काम, उनका योजना र विविध पक्षमा रहेर सत्यकलम संवाददाताले गरेको कुराकानीको संक्षिप्त अंश-

प्रश्नः लामो प्रयास पछि तपाई राष्ट्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ, कस्तो महसुस भएको छ ?

उत्तरः हो, म लामो समयदेखि जेसीज अभियानमा थिए । पक्कै पनि लामो समयदेखि एउटा अभियानमा हिँडेको मान्छे त्यही अभियानको राष्ट्रीय अध्यक्ष हुँदा खुशी नै हुन्छ, म धेरै खुशी छु, जिम्मेवारी थपिएको छ, अब आफ्नो जिम्मेवारीलाई कसरी कुशलतापुर्वक सम्पादन गर्ने भन्ने चिन्तामा छु । त्यसका लागि योजनाहरु बन्दैछन् । मलाई देशभरका दुई तिहाई भन्दा बढी साथीहरुले मत र मन दिएर समर्थन गर्नुभयो । मत दिन नसकेका साथीहरुले पनि मन दिनुभएको छ । सबैलाई मेरो धन्यवाद छ ।

प्रश्नः जेसीजको राष्ट्रीय अध्यक्ष भईसकेपछि तपाईका योजना के छन् ? कसरी काम गर्ने सोच बनाउनुभएको छ ?

उत्तरः मैले आफ्नो चुनावी अभियानका क्रममा र मेरो ककसमा पनि आफ्ना योजनाहरुबारे प्रष्ट पारेको छु । राजनितिक दलहरुमा जस्तो जेसीजमा झुटा आश्वासन दिने गरि धेरै चुनावी एजेण्डा हुदैनन् । हामी चुनावमा बनाईएका एजेण्डाहरुलाई निर्वाचित भईसकेपछि पुरा गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छौ । जेसीजलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ र देशभरका जेसीजहरुलाई कसरी सस्थाको उदेश्य अनुरुप अगाडी बढाउन सकिन्छ भन्ने नै मुल बिषय हो । जेसीज मुलतः व्यक्ति नेतृत्व , व्यक्तित्व र क्षमता विकास गर्ने एउटा तालिम प्रदायक सस्था हो । मैले आगामी बर्ष जेसीजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु । तालिम विना कोहि पनि व्यक्ती पर्फेक्ट हुन सक्दैन यसकारण तालिमलाई नै म मुख्य प्राथमिकता दिनेछु , यसका लागि चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गरि जेसीज साथीहरुलाई सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने योजना छ । तालिमलाई केन्द्रीकृत गर्दा साथहिरुलाई असहज भएको छ । अब हामी चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरि तालिमलाई विकेन्द्रीत गरेर काम गर्न खोज्दैछौं ।

प्रश्नः तपाईले तालिमलाई प्राथमिकता दिन्छु भन्नुभयो, के यस अघि जेसीजमा तालिम हुन्थेनन् र ?

उत्तरः मैले त्यसो भन्न खोजेको होईन, जेसीज आफैमा एउटा तालिम प्रदायक सस्था हो । यो सस्था भित्र तालिम नहुने भन्ने कुरा नै भएन । मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने मेरो प्रयास हुनेछ । त्यसका लागि चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गर्नेछु । यस अघि पनि क्षेत्रगत रुपमा यस्ता तालिम प्रदान गर्ने गरि प्रतिष्ठान स्थापना भएको थियो तर पछिल्लो केही बर्षयता त्यो बन्द भएको छ । म त्यसलाइ पुनःस्थापना गरेर जेसीज साथीहरुलाई सर्वसुलभ तवरले तालिम प्रदान गर्ने कुरामा लाग्नेछु । तालिम लिनकै लागि धेरै खर्च गरेर टाढा जान नपरोस्, आफ्नै क्षेत्रमा सहज तरिकाले तालिमहरु हुन् र यसले जेसीज साथीहरुलाई सहज होस् भन्ने मेरो उदेश्य हो । अर्को कुरा म तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवहारिक रुपमा लैजान चाहान्छु । तालिम लिईसकेपछि तालिम लिने मान्छेले त्यसलाई व्यवहारमा उतारोस् भन्ने मेरो चाहाना छ । खाली औपचारिक रुपमा मात्र तालिम नहोस् तालिमले मान्छेको जिवनशैलीमा नै परिवर्तन ल्याओस् भन्ने मेरो उदेश्य हो । यसका लागि प्रशिक्षकहरुलाई सोही बमोजिमको कोर्स डिजाईन गर्न लगाई यो बर्ष तालिम प्रदान गर्ने मेरो उदेश्य हो । यसका लागि कामहरु सुरु भएका छन् ।

प्रश्नः यतिका धेरै मत पाउनुभयो, जेसीजहरुको विश्वास टुट्न नदिने गरि कसरी काम गर्नुहुन्छ ?

उत्तरः मैले साथीहरुको अपार समर्थन पाएकोे छु र साथीहरुले देखाएको प्रेम र सद्भावले म उत्साहित छु । साथीहरुमा मप्रति एउटा बिश्वास छ, म यो बिश्वासलाई खेर जान नदिने गरि काम गर्नेछु । अरुणेश्वर खनालले गर्न सक्छ र जेसीजमा केहि न केहि परिवर्तन ल्याउछ भन्ने कुरामा साथीहरु बिश्वस्त हुनुहुन्छ । यसकारण पनि मैले राम्रो गर्नैपर्छ , मैले जति पनि आफ्ना एजेण्डाहरु निर्वाचनका क्रममा साथीहरुलाई सुनाए त्यसलाई उहाँहरुले समर्थन गर्नुभएको छ । लामो समय जेसीजमा काम गरे, म बीसहजार जेसीजको बर्ष २०१० को शाखा अध्यक्ष हो । सन् २००४ देखिनै जेसीजको सदस्यता लिएर निरन्तर जेसीज अभियानमा छु । राष्ट्रीय उपाध्यक्ष, राष्ट्रीय महासचिव, राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भएर काम गरिसकेको छु । त्यसकारण पनि जेसीजलाई अब कसरी लैजाने भन्ने बिषयमा मेरो यो लामो अनुभवको सदुपयोग गर्नेछु र सकारात्मक परिणाम दिने कुरामा लागि पर्नेछु । साथीहरुले यही कुरामा मलाई बिश्वास गर्नुभएको छ । म साथीहरुको यही बिश्वासको जगमा उभिएर विजयी भएको हुँ । म यसलाई खेर जान दिने छैन ।

प्रश्नः जेसीजले समाज र देशमा सकारात्मक प्रभाव पार्ने गरि काम गरेको देखिदैन, तपाईको कार्यकालमा केहि परिवर्तन हुन्छ ?

उत्तर: तपाईले भनेका कुरा केही हदसम्म सत्य पनि होला, तर पुरै सत्य होईन । हाम्रो ईतिहास हेर्नुहोस्, जेसीज बिधिको शासनमा बिश्वास गर्छ, मानवताको कार्यलाई आफ्नो आर्दश ठान्छ । हाम्रो आस्था हेर्नुहोस् समाज रुपान्तरणका लागि जेसीजले सबै काम गर्दै आईरहेको छ । निरंकुश र कहाली लाग्दो शासन व्यवस्था भएका बेलामा पनि जेसीजले आफ्नो सिद्धान्तसंग कहिल्यै सम्झौता गरेन र आगामी दिनमा पनि गर्ने छैन । हिजो राजाको निरंकुश शासन व्यवस्था भएको बेला होस् या पंचायती व्यवस्था हुँदा होस् जेसीजले बिधिको शासन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गरेको छ । हामी व्यक्तिको शासन मान्दैनौ, विधिको शासनका पक्षपाती हौं, कहिंकतै शासनमा व्यक्ति हावी भए र विधि मिचियो भने जेसीजले देशभर विधिको शासनका पक्षमा वकालत गर्छ ।
तपाईले जेसीजका गतिबिधि आउटडोर रुपमा धेरै देखिएन भन्ने कुरा गर्नुभएको होला, त्यसमा म पनि चिन्तित छु । अब हरेक नागरिकले देख्ने गरि आउटडोर गतिबिधि पनि हुनेछन् । आफ्नो मिसन, भिजन र गोलमा केन्द्रीत रहेर आफ्ना आस्थालाइ शिरोपर गर्दै यस्ता गतिबिधि जेसीजले अब गर्नेछ । जेसीजलाई राष्ट्रको एउटा महत्वपुर्ण सस्थाको रुपमा विकास गर्न म लागिपर्नेछु ।

प्रश्नः जेसीज पनि राजनीतिबाट ग्रसित छ भनिन्छ , तपाईको राजनितिक आस्थाले जेसीजको गतिविधिमा केही असर गर्छ कि गर्दैन ?

उत्तरः हरेक मान्छेको आफ्नो–आफ्नै राजनीति आस्था हुन्छ, यो स्वभाविक कुरा हो । मेरो एउटा आस्था छ, तपाईको अर्को आस्था होला । भोट हाल्ने चिन्ह मानिस अनुसार फरक–फरक होला तर जेसीजमा राजनैतिक आस्थाले केही फरक पार्दैन । किनकी यो राजनीति गर्ने थलो नै होईन । यो सिक्ने र सिकाउने थलो हो । त्यसकारण यहाँ राजनैतिक आस्थाले केहि फरक पार्दैन । राजनितिक आस्थाको आधारमा यहा बिभाजन पनि हुदैन । न हिजोका दिनमा त्यस्तो भयो , न भोलीका दिनमा हुन्छ । जेसीज भित्र राजनीति हुन्छ भनेर जुन हल्ला फिजाईएको छ त्यो विलकुल गलत कुरा हो । यहाँ आफ्नो विवेक प्रयोग गरेर मतदान गरिन्छ । जेसीजले सबैलाई समान रुपले हेर्छ । राजनितिक आस्थाकै आधारमा यहाँ कुनै बिभेद हुदैन । तपाईले मेरो आस्थाको कुरा गर्नुभयो, निश्चय पनि म एउटा आस्था बोक्छु तर म अब सबै जेसीजहरुको साझा नेता हुँ । मैले सबैलाई समान व्यवहार गर्नुपर्छ । कुनै पनि दिन कुनै पनि जेसीज साथीहरुले मेरो कार्यकालमा कुनै प्रकारको राजनैतिक गन्ध पाउँदैनन् । त्यो कुरामा म ढुक्क छु, हाम्रो टिम ढुक्क छ । निर्वाचनमा उप विजेता बन्नुभएका साथीहरुका कुरा पनि सुनिन्छन् । उहाँहरु संग सहकार्य हुन्छ । निर्वाचनको दिनसम्म दुई प्यानल भयो होला, अब हामी सबै जेसीज हौं, हामी एकजुट भएर जेसीज आन्दोलनलाई एउटा उचाईमा लानका लागि काम गर्छौ ।

प्रश्नः यो बर्ष कस्ता अन्य थप योजनाहरु छन् ?

उत्तरः यो बर्ष नेपाल जेसीजको प्रकरण Rise to change,  Leadership practices, Human Development हो । राष्ट्रीय अध्यक्षको यही प्रकरणमा केन्द्रीत रहेर देशभरका साथीहरुले काम गर्नुहुन्छ । परिवर्तनका लागि हामी उठ्नुपर्छ र मानवको चौतर्फी विकासका लागि नेतृत्वले काम गर्नुपर्छ अर्थात् नेतृत्वको अभ्यास त्यो तर्फ केन्द्रित हुनुपर्छ भन्ने यसको मुल मर्म हो । किनकी नेताका कुरालाई धेरैले फलो गर्छन् । त्यसैले नेतृत्वले गर्ने अभ्यास अनुकरणीय हुनुपर्छ भन्ने हो ।
अर्को कुरा राज्यका बिभिन्न अङ्गहरुसंग समन्वय गरि देशभर जेसीजवादको विकास गर्नका लागि म लागि पर्नेछु । परम्परागत नभई व्यवहारिक तालिम र तालिमलाई सिपमा परिवर्तन गराउन मेरो प्रयत्न हुनेछ । योसंगै प्रशिक्षित नेतृत्वको उत्पादन र खारिएको नेतृत्व समाजलाई हस्तान्तरण गर्न एक वर्षभरि म क्रियाशिल हुनेछु । बिधिको शासन र लोकतान्त्रिक पद्धतिको कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्दै राज्यलाई जिममेवार बनाउन हाम्रा कार्यक्रम केन्द्रित हुनेछन् ।
मानव सेवाको लागि युवाहरुलाई अभिप्रेरित गर्दै उनीहरुमा सकारात्मक सोचको विकास गर्ने नेपाल जेसीजको हरेक क्रियाकलापहरुलाई समयानुकुल परिवर्तन गर्दै त्यसलाई परिणाममुखी बनाउने, जेसीज अभियानलाई प्रभावकारी बनाउदै नेपाल जेसीजलाई राज्यको एक महत्वपुर्ण सस्थाको रुपमा विकास गर्न लागि पर्ने लगायत काम यस वर्ष हुनेछन् । यसका अलावा राज्यको नीति निर्माण तहमा जेसीज नेतृत्वको उपस्थिति गराउदै राज्यका महत्वपुर्ण अङ्गहरुमा जेसीज स्कुलिङ्गको नेतृत्व स्थापित गर्नका लागि म लागीपर्नेछु । योसंगै देशभरका युवाहरु बिच भाईचारा सम्बन्ध स्थापित गर्दै राष्ट्र निर्माणमा युवाहरुलाई समाहित गर्न प्रेरित गर्ने जेसीजका अवसरका क्षेत्रहरु व्यक्तिगत, व्यवसायिक, सामुदायिक र अन्तराष्ट्रिय क्षेत्रहरुको व्यवहारिक रुपमा अभ्यास गर्न कार्यक्रमहरु तय गर्ने प्रतिबद्धता मैले साथीहरुका बिचमा गरेको छु । सोही अनुसार काम हुनेछन् ।


प्रकाशित मिति: बुधवार, पुष २२, २०७७, ०४:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सरकारले पार्टीमा छलफल नगरी संसदमा एमसीसी लगे दुर्घटना हुन्छ’
पत्रकार बिडारी भन्छन्- ‘सतर्कता अपनाएकै थियौं, कामकै सिलसिलामा कोरोनाले भेट्यो’
अन्तर्वार्ता : भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री वर्षमान पुन
अन्तर्वार्ता : कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
नयाँ कलम
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि बुधवार, भदौ १, २०७९
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा
यस्तो छ आजको मौसम पूर्वानुमान
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान
सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
७५ वर्ष अघिनै नवलपुर झलमल पार्ने योजनामा भारतीय अवरोध !
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैन : गगन थापा शनिवार, श्रावण २८, २०७९
तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन सोमवार, श्रावण २३, २०७९
शेयर बजार झन्डै १८ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार सोमवार, श्रावण २३, २०७९
शिक्षा/स्वास्थ्य
चितवनमा कोरोनाको कारणले एक पुरुषको मृत्यु, सतर्क हुन चिकित्सकको आग्रह
एसइईको नतिजा आज, ३५ अंक नल्याए वर्गीकृत नगरिने
एसईई नतिजा भाेलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago