एजेन्सी– कुकुर घरपालुवा जनावर हो । मालिकको रक्षा गर्ने भएकाले कुकुर घरमा पालिन्छ । कुकुरप्रेमीहरु धेरै हुन्छ । ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा कुकुरको औधी हेरचाह गरिन्छ ।
कुकुरका विषयमा धेरै कुराहरु सबैलाई जानकारी भए पनि कुकुरको मुल्य सुनेर आश्चार्य लाग्न सक्ला । चीनमा तिब्बतियन मास्टिफ प्रजातिको एउटा कुकुर करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा) बेचिएको छ ।
शुद्ध प्रजातिका तिब्तयन मास्टिफ विरलै पाइने हुँदा महँगो हुने गरेको यी कुकुरका ब्रिदर जहाज जेनग्युन नामका व्यक्तिले अर्जो रातो रंगको मास्टिफलाई ९६८५०० डलर (११ करोड नेपाली रुपैयाँ) मा बेचेका छन् ।
‘मिड.डे.डटकम’का अनुसार यो विश्वको महंगो कुकुर हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो र उचाइ ८० सेमी रहेको जनाइएको छ ।