- मनिषा ढकाल
कावासोती : नवलपुर प्रहरीले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना लागु गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले चाड पर्व लक्षित सुरक्षा योजना लागु गरेको बताए । “ चाड पर्वलाई लक्षित गर्दै तयार पारिएको सुरक्षा योजना लागु भएको छ , आपराधिक गतिविधिलाई न्युनीकरण गर्न यो योजना लागु गरेका हौं ।” तिवारी भन्नुभयो ।
चाडपर्वको बेलामा नागरिकहरु फेस्टिभ मुड मा हुने भएकाले आपराधिक मानसिकता भएकाहरुको चलखेल बढ्छ त्यसलाई नियन्त्रण गर्न बिषेष योजना बनाएर प्रहरी अघि बढेको तिवारीले बताउनुभयो । “चाडपर्वको अवसरमा जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने , जनताको जीउधनको सुरक्षा गर्ने , विभिन्न आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने र भरपर्दो शान्ति सुरक्षा र अमनचयन कायम गर्ने प्रहरीको उदेश्य हो ।” प्रहरी उपरिक्षक तिवारीले भननुभयो । उहाँले यस समयमा सडक सुरक्षा र यातायात व्यवस्थापनलाई पनि प्रभावकारी बनाईने बताउनुभयो ।
चाडपर्वका बेला हुन सक्ने आपराधिक घटनाहरुको बिष्लेषण गरि सोहि अनुसारको सुरक्षा योजना लगु गरेको प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताउनुभयो । पाठकका अनुसार यस अवधिमा प्रह्ीको व्यापक परिचालन गर्दै अपराध बिरुद्ध सचेतना अभियान संचालन गरिने छ । कालो बजारी नियन्त्रणका लागि प्रहरीले बिषेष योजना बनाउने र बजारको अनुगमन नियमित गर्ने पाठकको भनाई छ । नागरिकहरुले ढुक्क संग चाड पर्व मनाउन पाउन् भन्ने उदेश्यले बिषेष योजना बनाएर लागु गरिएको उहाँले बताउनुभयो।