Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०५:४१:३९ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाज
  • Home
  • समाज
  • संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष
संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष
64x64
शनिवार, भदौ २६, २०७८ सत्यकलम संवाददाता

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।

लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको प्रहरीले जनाएको छ।

‘केही कुराहरूको पुष्ट्याइँ गरेर हामी भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने छौं,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीसँग भने।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।  

‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने।

घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या आरोपमा एक युवालाई पक्राउ गरिएको बताए। उनले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए।

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो।

उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।

घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। 

कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

source : setopati


प्रकाशित मिति: शनिवार, भदौ २६, २०७८, १२:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
‘अत्यावश्यक अवस्थामा बाहेक राहदानी जिल्लाबाटै दिनुपर्छ’
गैंडाकोटमा सुत्केरीलाई रु पाँच हजार भत्ता
पदयात्रीको रोजाइमा पर्दै नवलपुरकै अग्लो ‘देवचुली डाँडा
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago