पोखरा- नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ‘वलय सूर्यग्रहण’ हो तापनि नेपालबाट खण्डग्रास सूर्यग्रह’ण मात्र देख्न सकिन्छ ।
वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्य नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ।
यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रह’ण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरू भने सूर्यग्र’हण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन तर सूर्यग्रहण नां’गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै साव’धानी अपनाउनु पर्ने खगोलविदहरु बताउँछन् । सूर्यग्र’हण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ ।