Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शुक्रवार, माघ ९, २०७७ ०९:०६:४० युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरू नै अन्यौलमा
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
७ जनाले लिए बन्ध्याकरण सेवा
धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई - तिलक महत
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
राजनीति
  • Home
  • राजनीति
  • काँग्रेस चितवनका नेताहरु भन्छन् : 'चोर कारवाहीमा नपर्नु र छानविनमा आलटाल हुनु लज्जास्पद र रहस्यमय'
काँग्रेस चितवनका नेताहरु भन्छन् : 'चोर कारवाहीमा नपर्नु र छानविनमा आलटाल हुनु लज्जास्पद र रहस्यमय'
64x64
आइतवार, बैशाख २१, २०७७ रमेश बस्ताकोटी

चितवन : नेपाली काग्रेस चितवनका नेताहरुले भरतपुर कोरोना अस्पतालमा भएको चोरी र अनियमिताका बिषयमा अहिले सम्म पनि ठोस काम हुन नसक्नु लज्जाको बिषय भएको बताएका छन् । उनिहरुले प्रत्यक्ष चोरीका घटनामा संलग्न कर्मचारीहरु माथी निलम्वन समेत नहुनु दुखद्् बिषय भएको बताए ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चोरी कार्यमा संलग्नहरु माथी कारवाही गर्न आलटाल गर्नुबाट सत्तापक्षको नियत ठिक छैन भनेर निष्कर्ष निकाल्न सकिने बताए । उनले भने,“चोरीमा संलग्न कर्मचारीहरु निलम्वनमा समेत नपर्नु आश्चर्यजनक छ , यसले छानविनको बाटो प्रसस्त गर्देन । ” श्रेष्ठले तत्काल आरोपितहरुलाई निलम्वन गरेर दु्रत गतिमा छानविन गर्न माग गरे । श्रेष्ठले भने,“हामीले जिल्ला प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छौं , छानविन हुन्छ भनिएको छ , तर सन्तोषजनक काम छैन । सभापति श्रेष्ठले चोरी काण्ड र अनियमितताका सवालमा महानगरपालिकाले आलटाल गरेको भन्दै तत्काल परिणाम दिने गरि काम गर्न माग गरे ।


नेपाली काँग्रेस चितवनका भातृसस्थाहरु अहिले सडक आन्दोलनमा छन् । नेविसंघ र तरुणदलले भरतपुर कोरोना अस्पतालमा भएको चोरी प्रकरणका दोषी लाई कारवाही र त्यहाँ भएको अनियमितताका बारेमा तत्काल सत्य तथ्य सार्वजनीक माग गर्दे सडक प्रर्दशन गरेका छन् । महिला संघले आईतबार प्रर्दशन गर्देछ । यसअघि भरतपुर महानगरमा प्रतिनिधित्व गर्ने काग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले तत्काल दोषीलाई कारवाही गर्न माग गर्दै महानगर प्रम्ख रेणु दाहाललाई ज्ञापन पत्र बुझाएपनि अहिले सम्म ति कर्मचारी निलम्वनमा समेत परेका छैनन् ।


भरतपुर कोरोना अस्पताल चोरी प्रकरण र त्याहाँ भएको अनियमितताका बारेमा धेरै कुरा बाहिर आएपछि शनिवार साँझ नेपाली काँग्रेस चितवनका पुर्व सभापतिहरु , बर्तमान सभापति , पदाधिकारीहरु , काग्रेसबाट निर्वाचित सांसदहरु , पुर्व सांसदहरु , उपलब्ध महासमिति सदस्यहरु लगायतको अनौपचारिक बैठक पनि बसेको थियो । सो बैंठकमा सहभागी काँग्रेस जिल्ला सचिव राजिव न्यौपानेका अनुसार तत्काल भरतपुर कोरोना अस्पतालमा भएको चोरी , अनियमिताका सवालमा स्पष्ट रुपमा कारवाही र सतयतथ्य सार्वजनीक हुनुपर्ने निष्कर्ष नेताहरुले निकालेका थिए । यसका लागि पार्टी शशक्त रुपमा अघि बढ्ने समेत सो बैठकको निष्कर्ष थियो । पुर्व सभापति रामकृष्ण घिमिरेको निवासमा भएको बैठकमा बर्तमान नेकपा सरकारका गतिविधिहरु , सरकारी तबरबाट बितरण गरिएको राहत र त्यसबाट उत्पन्न व्यापक जन गुनासो लगायतका बारेमा छलफल भएको न्यौपानेले बताए । उनले भने,“सबैले एकमतका साथ कारवाही र अनियमिताका सवालमा तत्काल दु्रत गतिमा छानविन आबश्यक छ भने निष्कर्ष निकाल्यौं ।” न्यौपानेले राहत बितरण कै क्रममा पनि कतिपय स्थानबाट गुनासो आईरहेको भन्दै त्यसलाइ समान र पारदशीृ बनाउन आबश्यक रहेको बताए । उनले भने,“ धेरे कुराहरु अपारदर्शी छन् त्यसलाइ सच्च्याएर अघि बढ्न पर्छ । ” उनले कोरोना अस्पतालका बारेमा सार्वजनीक अडिट गर्न आवश्यक रहेको बताए । न्यौपानेले भने,“ यतैि चित्त बुझाउने अबस्था छैन , सार्वजनकि अडिट हुनुपर्छ र संलग्न सबैलाइृ कारवाही हुन आबश्यक छ । ”


नेपाली काँग्रेस चितवनका पु्र्व सभापति रामकृष्ण घिमिरेले कारवाही र अनियमिताको सवालमा गर्नपर्ने छानविनको सन्र्दभमा भएको ढिलासुस्ती रहस्यमय भएको बताए । उनले भने,“ त्याहाँ अनियमिता छ भन्ने कुरा प्रष्ट छ , चोरी त सबैले देखेकै कुरा भयो । तर पनि आलटाल हुनु रहस्यमय छ । ” घिमिरेले कोरोना अस्पतालमा भएको छानविन अखितयारले गरिरहेको सन्र्दभमा पनि विश्वास गर्न सकिने आधार नभएको बताए । उनले भने, .“अहिले सबै संबैधानिक निकायमा यो सरकारले हस्तक्षेप गरिरहेको छ , अख्तियारमा पनि सरकारको प्रभाव छ । यस्तो बेलामा स्वतन्त्र छानविन आबश्यक छ ।” घिमिरेले यस्तो महामारीका बेलामा अनियमितता गर्नु राष्ट्रघात भएको बताए । उनले तत्काल सत्यतथ्य बाहिर ल्याउन माग गर्दै यदी आलटाल गरे त्यसको गम्भिर परिणाम भोग्न तयार रहन चेतावनी दिए ।


नेपाली काँग्रेस चितवनका पुर्व सभापति टेकप्रसाद गुरङ्गले यस्तो गम्भिर बिषयमा पनि आलटाले प्रवृत्ती देखिनु गम्भिर भएको बताए । उनले भने,“अहिले चोरी काण्ड बाहिर आयो, अनि पो धेरै कुरा उठे त , नत्र गुपचुपमा धेरे अनियमितता भएको रहेछ ।” काँग्रेसले यस्तो संकटका बेलामा पनि अनियमितता गर्ने र चोरी गर्नेलाइ कारवाही गर्नका लागि आफ्नो सबै शक्ती प्रयागे गर्ने उनले बताए । उनले भने,“यो गम्भिर अपराध हो , तत्काल दोषी माथी कारवाही आबश्यक छ, , नत्र सडक आन्दोलन गर्नुको विकल्प हुँदैन ।” गुरङ्गले यस सन्र्दभमा काँग्रेसले निरन्तर सवाल उठाईरहने बताए ।


काँग्रेस चितवनका सचिव उत्तम जोशीले अहिले समम पनि चोरीमा संलग्न कर्मचारी निलम्वनमा नपर्नु र अनियमिताका सवालमा सत्य तथ्य वाहिर नआउनु लज्जाको बिषय भएको बताए । उनले भने,“काँग्रेस चितवनमा यस बिषयमा एक मत छ , जसरी पनि यो सवालमा छानविन हुनैपर्छ र दोषी उम्कन हुँदैन । ” चितवन काँग्रेसका भातृसस्थाहरुले सडक प्रर्दशन सुरु गरेको भन्दै तत्काल ठोस परिणाम नआए अझै शशक्त तवरले अघि बढ्ने उनले बताए । काँग्रेस चितवनले सोमबार पदाधिकारीहरुको बैठक बोलाएको छ । नेपाली काँग्रेस चितवनले दोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको आईतबार ६ दिन पुगिसकेको छ । जिल्ला प्रशाशन कार्यालय चितवनले कोरोना अस्पतालमा भएको चोरी काण्डबारे छानविन भइरहेको जानकारी दिएको छ । अखितयार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालमा भएको अनियमिताका बारेमा अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: आइतवार, बैशाख २१, २०७७, ०१:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
‘नेकपाको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ’
२५ वर्षीय समृत खरेलको सर्वोच्चमा त्यो १५ मिनेटको बहस
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बाइडनलाई बधाई
नयाँ कलम
कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरू नै अन्यौलमा शुक्रवार, माघ ९, २०७७
सडकमा सत्तोसराप गर्नेका बीचमा मैले कसरी काम गरें हुँला ? : प्रधानमन्त्री
७ जनाले लिए बन्ध्याकरण सेवा
धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई - तिलक महत
नेपालमै चिनिँदैन अर्थोडक्स चिया
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
सवारी चालकसँग घुस लिने तीन प्रहरी निलम्बनमा
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा बुधवार, माघ ७, २०७७
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने बुधवार, माघ ७, २०७७
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #रंगशालामा महायज्ञ
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago