नवलपुर : गैंडाकोटमा रहेको कालिका सस्कृत बिद्यापीठमा नेपाल बिद्यार्थी संघको प्यानलनै निर्वाचित भएको छ । उम्मेदवारको नाम फिर्ता लिने समय मंगलबार सम्म आवश्यक पद र संख्यामा मात्र उम्मेदवारी परेको र कसैले पनि नाम फिर्ता नलिएपछि नेविसंघका उम्मेदवारहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिका संयोजक नारायण प्रसाद पौड्यालले बताउनुभयो ।
स्ववियु सभापतिमा नारयण प्रसाद वस्याल विजयी भएका छन् । यसैगरि सचिवमा अनुप भण्डारी , कोषाध्यक्षमा प्रवेश प्याकुरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
स्ववियु सदस्यहरुमा नारायण घिमिरे , गौरव वण्जाडे , सकुशल पौडेल , गणेश भण्डारी , सुजन ढुङ्गेल र महेश खनाल निर्वाचित भएका छन् ।