Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, भदौ १, २०७९ ०१:३१:०४ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा
यस्तो छ आजको मौसम पूर्वानुमान
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान
सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
७५ वर्ष अघिनै नवलपुर झलमल पार्ने योजनामा भारतीय अवरोध !
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश
लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश
64x64
सोमवार, श्रावण १८, २०७८ सत्यकलम संवाददाता

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै निवेदन दिएको छ ।

 
सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख समक्ष संयुक्त निवेदन दिएका हुन् ।
प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीले निवेदनमा हस्ताक्षर गरेका छन् ।
 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आफूहरुले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको अवस्थामा सो प्रस्तावमाथि छलफल गर्न तत्कालीन प्रदेश प्रमुखले गत वैशाख १९ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको स्मरण गराउँदै उनीहरुले सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको उल्लेख गरेका छन् ।

निवेदनमा भनिएको छ, ‘ प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा.शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’

पुनः २०७८ वैशाख २६ मा प्रदेशसभामा तत्काल कायम रहेको सदस्यमध्ये बहुमत प्रदेशसभा सदस्यले हस्ताक्षरसहित संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्री पोखरेलविरुद्ध विश्वास छैन भनी दिएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वानको माग गरिए पनि तत्कालीन प्रदेश प्रमुखबाट अस्वीकार भएको विपक्षी गठबन्धनको गुनासो छ । तत्कालीन प्रदेश प्रमुखबाट विशेष अधिवेशन आह्वान गराई प्रस्तुत विषयमाथि छलफल गर्न पाउने सार्वभौम जनताको प्रतिनिधिमुलक संस्था प्रदेशसभाको विशेषाधिकारलाई नियोजित रुपमा संकुचनमा पारिएको उनीहरुको आरोप छ ।

गत वैशाख १९ गते संविधानको जालसाजीपूर्ण प्रयोग गरी  संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त हुँदा नेकपा एमाले संसदको बहुमत प्राप्त संसदीय दल नरहेको र त्यस पश्चात पनि एमालेमा तत्काल कायम रहेका दुईजना प्रदेशसभा सदस्यहरुले आफ्नो पदबाट राजीनामासमेत दिई सकेको भन्दै विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशसभामा आजका मितिसम्म तत्काल कायम रहेका ८० जना प्रदेशसभा सदस्यमध्ये ३८ जनामात्र एमाले सांसद रहेको प्रस्ट पारेका छन् ।

शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेशसभामा बहुमत गुमाई संविधानतः अनिवार्य रुपमा प्रदेशसभाबाटै पारित गर्नुपर्ने विनियोजन विधेयक २०७८÷७९ समेत पारित गराउन नसकी सोही दिन  मुख्यमन्त्रीकै नेतृत्वमा प्रदेशसभा बैठक समेत बहिस्कार गरी हठात अधिवेशन अन्त्य गराई गैर संवैधानिक रुपमा अध्यादेशबाट बजेट ल्याईएको हुँदा लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) स्पष्ट अल्पमत रहेको अवस्था विद्यमान रहेको उनीहरुको दावी छ ।

मुख्यमन्त्री पोखरेलले गत वैशाख १९ देखि हालसम्म अवैधानिक र अनैतिक ढंगले सरकार चलाईरहेको भन्दै निवेदनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छ भन्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको विषयमा प्रदेश प्रमुख शेरचनको ध्यानाकर्षण गराइएको छ ।

निवेदनमा भनिएको छ, ‘लुम्बिनी प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थाको विद्यमानता भएकोले संविधानको धारा १६८ को १ बमोजिम नियुक्त मा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार नियुुक्तिको धारा अनुसारको संवैधानिक हैसियतमा नरहेको अवस्थाको विद्यमानतामा नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकार गठनको लागि आह्वान गरी पाउन माननीय प्रदेश प्रमुखज्यु समक्ष सादर निवेदन गर्दछौं ।’

विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको थियो । तर मुख्यमन्त्री पोखरेलले विभिन्न बहाना देखाएर विश्वासको मत लिन आनाकानी गर्दै आएपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई गुहारेको हो ।

News Source : Ratopati 


प्रकाशित मिति: सोमवार, श्रावण १८, २०७८, ०१:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने कांग्रेसको निर्णय
काँग्रेसको चुनावी अभियान कार्यक्रम हेरफेर
नयाँ कलम
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि बुधवार, भदौ १, २०७९
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा
यस्तो छ आजको मौसम पूर्वानुमान
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान
सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
७५ वर्ष अघिनै नवलपुर झलमल पार्ने योजनामा भारतीय अवरोध !
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैन : गगन थापा शनिवार, श्रावण २८, २०७९
तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन सोमवार, श्रावण २३, २०७९
शेयर बजार झन्डै १८ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार सोमवार, श्रावण २३, २०७९
शिक्षा/स्वास्थ्य
चितवनमा कोरोनाको कारणले एक पुरुषको मृत्यु, सतर्क हुन चिकित्सकको आग्रह
एसइईको नतिजा आज, ३५ अंक नल्याए वर्गीकृत नगरिने
एसईई नतिजा भाेलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago