नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्माननीय प्रधानमन्त्री हो की टोले गुण्डा हो भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले टोले गुण्डाले झै सबै थर्काउदै हिडेको भन्दै आक्रोaश व्यक्त गरे ।
नवलपुरको हुप्सेकोटमा नेपाली काग्रेसले आयोजना गरेको आमसभामा बोल्दै उनले भने प्रधानमन्त्रीले हिजो बिराटनगरमा गएर अदालतलाई सडकवाट धम्क्याए े केपी ओली सम्मानित प्रधानमन्त्री हुन की टोले गुण्डाहुन ? गगनले थपे प्रधानमन्त्रीले गुण्डा ले झै सबैलाई थर्काएका छन् , निर्वाचन आयोग देखि आफ्नै सहकर्मी र विपक्षी लाई समेत थर्काउने ?
थापाले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायलयलाई धम्क्याउने काम सन्सारका कुनै मुलुकमा नभएको चर्चा गरे । सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिडेका उदाहरण संसारमा कहिकतै नभएको बताए । केपी ओली सन्काह हुन थापाले अगाडि भने अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन ।
प्रधानमन्त्रीले जे जे गल्ति गर्दै जान्छन त्यसको साक्षि अदालत बस्न सक्दैन भन्दै थापाले प्रधानमन्त्रीले गरेको संसद बिघटन सहि छ कि छैन भनेर सर्बोच्च अदालतले परिक्षण गर्दै छ । त्यसैगरि न्यायधिसले बिबेक पुरयाउछन की पुरयाउदैनन भनेर जनताले परिक्षण गरेका छन भन्ने तर्क गरे । न्यायलयवाट संबिधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस बिश्वस्त रहेको थापाले सुनाए । उनले कम्यूनिष्टहरु गरिबीमा उम्रिने र हुर्किने गरेकाले उनिहरुवाट बिकास र स्थायित्वको काम हुनै नसक्ने बताए ।