४ फागुन, काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् ।
डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० सयभन्दा बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।स्थानीय पालिकाको केन्द्र सार्न माग गर्दै आन्दोलनरत संघर्ष समितिका संयोजक समेत रहेका जोशीले सम्बोधनका क्रममा नेकपा ओली समूहका नेता सुरेन्द्र पालको आलोचना गरेका थिए । त्यही क्रममा ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेपछि झण्डै डेढ घण्टा कार्यक्रम नै रोकिएको थियो ।ओली समूहका कार्यकर्ताले हानेको ढुंगा केन्द्रीय सदस्य साउदलाई समेत लागेको थियो । यद्यपि चोट छैन । तीन जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।कही सवारी साधनमा तोडफोड भएको छ ।
नेपाली कांग्रेसले घटनाको भत्र्सना गरेको छ । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको भन्दै प्रवक्ता विवश्वप्रकाश शर्माले भनेका छन्, यस्तो प्रवृत्ति परित्याग गर्न र दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’ [ अन्लाईन खबरबाट ]