Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
आइतवार, माघ ४, २०७७ ०३:५६:१५ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
राजनीति
  • Home
  • राजनीति
  • एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः टोपबहादुर रायमाझी
एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः टोपबहादुर रायमाझी
64x64
बुधवार, पुष २९, २०७७ सत्यकलम संवाददाता

काठमाडौं:  उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन् ।
‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने, ‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने,‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’
रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकताहुँदापहिलो अध्यक्षबनाएको, प्रधानमन्त्रीबनाएको र संसदीय दलको नेता समेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए । “पहिलो सर्वसम्मत गर्ने, अहिले को कोलाई के के इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामी यहाँ छौँ भनेर सडकमा देखा परेको भन्दै रायमाझीले व्यङ्ग्य समेत गरे ।

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेता भएको बताए । आफू अवसरवादी नेता नभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्ला बनाउन विगतमा महत्वपूर्ण भूमिका खेलेको बताए । “अवसरवादीका कुरा गर्ने ?को अवसरवादी? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?” उनले भने । आफ्ना सामुन्ने आएर अवसरवादी भन्न चुनौती दिए । जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई देशका लागि आवश्यक व्यक्ति भनेर काँध थापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथ दिन नसकेको उनले बताए ।

उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीका विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ । उर्जासम्बन्धी एजेण्डामा पनि छलफल हुने रायमाझीले बताए । ४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युत भारत र भारतको विद्युत नेपाल ल्याउनुपरेमा सहज हुने बताए । विद्यतु व्यापारसम्बन्धमा पनि छलफल हुने उनको भनाई छ । त्यसैगरी, माथिल्लो कर्णालीका विषयमा पनि दुई पक्षीय छलफल हुने छ ।

नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको मन्त्री रायमाझीले बताए । उनले लोडसेडिङ्ग नभएको स्पष्ट पारे । बेला बेलामा वत्ती जाने समस्याबारे सोधेको प्रश्नमा उनले,‘गतवर्ष भन्दा यो वर्ष कम विद्युत गएको छ ।’ तपाई मन्त्री बन्नासाथ किन विजुली आउने जाने भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री रायमाझीले भार वितरण केन्द्रमा भएको समस्याले विद्युत आपूर्तिमा समस्या आएको बताए । तर, गतवर्ष भन्दा कम पटक विजुली गएको स्पष्ट पारे । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै विद्युत आपूर्तिको तथ्याङ्क नै पेश गरेका थिए ।


नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लो पटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भुमिका खेलेको रायमाझीको दावी छ । मास्टर प्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए । यस विषयमा स्वयम् घिसिङले पनि स्वीकारेको उनले बताए ।

आफूले नै विद्युत प्राधिकरणको प्रमुखका रुपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको रायमाझीले बताए । “त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सृजना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामा हुन पाएन । तर मेरै योजना हो ।” उनले भने ।
अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको उनको भनाई छ । आगामी भदौसम्म त ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको उनले जानकारी दिए ।


प्रकाशित मिति: बुधवार, पुष २९, २०७७, ०४:२८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
प्रचण्ड-माधबलाई भेटेपछी फेरियो देउवाको बोली , टुट्यो ओलि प्रतिको बिश्वास
मन्त्री भट्टलाई कालो झण्डा देखाए
निर्वाचन सुरक्षा तयारी थाल्न गृहको निर्देशन
नयाँ कलम
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग आइतवार, माघ ४, २०७७
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण शनिवार, पुष २५, २०७७
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै शनिवार, पुष २५, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #विश्वकप क्रिकेट लिग–२
  • #नेविसंघ विवाद
  • #रंगशालामा महायज्ञ
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago