उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई बिद्यार्थीले डडेल्धुरामा कालो झण्डा देखाएका छन्। बुधबार बिहान अनेरास्ववियूका कार्यकर्ताले मन्त्री भट्टलाई कालो झण्डा देखाएको हो ।
दाहाल–नेपाल समूहका बिद्यार्थीले ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेल्धुरा गएका मन्त्री भट्टलाई जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएका हुन्।
उनीहरुले कालो झण्डा देखाउँदै सरकारविरुद्ध नारासमेत लगाएका थिए ।