Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०७:१६:२५ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • संसद्को बहस : अध्यादेश, एमसीसी र राष्ट्रपति शासनको चर्चासम्म
संसद्को बहस : अध्यादेश, एमसीसी र राष्ट्रपति शासनको चर्चासम्म
राष्ट्रपति शासनको पक्षमा षड्यन्त्र हुनसक्छ : देव गुरुङ, सत्ता पक्ष तर्सियो : नेम्वाङ
64x64
आइतवार, भदौ २०, २०७८ सत्यकलम संवाददाता

गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिले भदौ २३ गते संसद् अधिवेशन आह्वान गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरकारले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकाबारे रणनीति बनाउन जुट्ने भएका छन् ।

त्यसका लागि सरकारले गठबन्धनका बीचमा छलफल गरेर  आफ्ना एजेण्डा अघि बढाउने तयारी गरेको छ भने राजनीतिक दलहरूले पनि आआफ्नो संसदीय दलको बैठक बोलाएर उठाउने एजेण्डा र संसद्मा खेल्ने भूमिकाका बारेमा छलफलको तयारी गरेका छन् ।

फेरिएको राजनीतिक परिस्थितिमा योपटक संसद्मा प्रतिपक्षी दल एमाले कडा ढङ्गले प्रस्तुत हुने मुडमा छ भने सत्तापक्ष स्वभावैले रक्षात्मक ढङ्गले प्रस्तुत हुने देखिन्छ ।  

शनिबारमात्रै सरकारले संसद् अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष त्यसका लागि सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शनिबारै भदौ २३ गते अपराह्न चार बजे बस्ने गरी संसद् अधिवेशन आव्हान गरिसकेकी छन् । तर, प्रतिपक्षले संसद् अधिवेशन नै चल्न नदिएर व्यवस्था नै उल्ट्याउने षड्यन्त्र गरिरहेको भन्दै सत्तापक्षका नेताहरू सशङ्कित बन्न पुगेका छन् ।

सत्तापक्षका नेता देव गुरुङ प्रमुख प्रतिपक्ष नेकपा एमाले यो सिस्टम विरोधी भएकाले उसले संसद् चल्न नदिने, व्यवस्थालाई नै असफल साबित गर्न र राष्ट्रपति शासन निम्त्याउनेतर्फ षडयन्त्रमा सामेल भएको आरोप लगाउँछन् । तर, गुरुङको भनाइप्रति एमाले संसदीय दलका नेता सुवास नेम्वाङ सत्तापक्ष आफैदेखि तर्सिएको जवाफ दिन्छन् । ‘सत्ता पक्षले धेरै गल्ती गरेको छ र आफै तर्सिरहेको छ’, नेम्वाङको भनाइ छ ।   

सरकारको प्राथमिकतामा दुई विषय

साउन ३० गते संसद् अधिवेशन बन्द गरेको सरकारले एक महिना नबित्दै संसद् अधिवेशन किन बोलायो भन्ने प्रश्नसमेत उठ्न थालेका छन् । सरकार निकट स्रोतका अनुसार खासगरी संसद् अधिवेशन बोलाउनुपर्ने मुख्य दुई कारण छन् ।

पहिलो, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन र दोस्रो ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जनसहित पारित ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने पक्षमा छन् । एमसीसी सम्झौता भएको ४ वर्ष पुग्न केही दिनमात्र बाँकी छ । आगामी भदौ २९ भित्रै एमसीसी सम्झौता अनुमोदन गराइसक्नुपर्ने सरकारलाई बाध्यता छ । सोही कारण संसद् अधिवेशन बोलाइएको प्रधानमन्त्री देउवा निकट स्रोतको दाबी छ ।

दोस्रो, महत्त्वपूर्ण विषय बजेट अध्यादेश संसद्बाट पारित हुन बाँकी छ । सरकारले बजेटसहितका अध्यादेशमा छलफल गर्न संसद् अधिवेशन भन्ने गरेको छ । तर, मुख्य चासो एमसीसीमै रहेको नेताहरू बताउँछन् । सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदनमा रोकिएका अध्यादेश पारित गर्न अधिवेशन बोलाइएको दाबी गर्छन् ।

‘सरकारले खासगरी बजेट पास गर्नुछ । त्यो सहित १५ वटा अध्यादेश पारित गर्नुपर्ने छन्’, कार्की भन्छन्, ‘सरकारले बिजनेस दिएन भन्ने आरोप पनि लाग्ने गरेको छ, अब त्यस्तो हुँदैन । संसद्लाई प्रशस्तै बिजनेस दिन सरकार तयार छ ।’

हामी गम्भीर छौँ, निर्णय गरिसकेका छैनौँ

प्रमुख प्रतिपक्ष एमाले

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संसद्मा आफ्नो भूमिका कस्तो हुन्छ भन्ने विषयमा चाँडै नै छलफल गरेर निर्णयमा पुग्ने बताउँछन् । ‘हामी दलको बैठक बोलाएर एजेण्डा तय गर्छौ, दलको बैठक बोलाउनेबारे नेताहरूबीच छलफल भइरहेको छ’, नेम्वाङको भनाइ छ ।

नेकपा एमालेले आफ्नो नेतृत्वको सरकार विस्थापन गर्न हालका सत्तारुढ राजनीतिक दलहरूले अपवित्र गठबन्धन बनाएको आरोप लगाउँदै आएको छ । सत्ताबाट बर्हिगमनपछि प्रमुख प्रतिपक्षमा पुगेको एमालेले भदौ २३ बाट सुरु हुने संसद्मा आफ्नो उपस्थिति र प्रस्तुतिलाई सशक्त पार्ने योजना बनाउने तयारीमा छ ।

सदनमा खेल्ने भूमिका, एजेण्डा र प्रस्तुतिका विषयमा विधिवत् रूपमा संसदीय दलको बैठक बसेर एजेण्डा तयार पार्ने र मुद्दाहरू सशक्त ढङ्गले उठाउने नेम्वाङको भनाइ छ ।

एमालेले यसअघि हठात्मा संसद् अधिवेशन अन्त्य गरेर नेकपा एमाले फटाउनुको जवाफ सरकारसँग खोज्ने तयारी गरेको छ । ‘साउन ३० गते सरकारले हामीलाई जानकारी नै नदिई अचानक राति १२ बजेबाट संसद् अधिवेशन बन्द गर्‍यो । हामीले केही दिन अघिदेखि भन्दै थियौँ कि सरकार अधिवेशन हठात् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदैछ । ठ्याक्कै हाम्रो अनुमान मिल्यो र सभामुखले अधिवेशन अन्त्य गर्नुभयो’, नेम्वाङले भने ।

एमाले नेता नेम्वाङ भन्छन्, अध्यादेश पनि आयो । सभामुखले रुलिङ गरेको विषयमा समेत सरकारले जवाफ दिएन । यो सत्तापक्षको षडयन्त्र थियो ।’

नेम्वाङले अध्यादेश २२ गते निश्किृय हुने भएपछि २३ गते संसद् बोलाएको बताए ।  उनले यो घटनाप्रति एमाले अत्यन्त गम्भीर रहेको भन्दै निर्णय गरिनसकेको बताए । उनले भने, ‘यो घटनामा हामी अत्यन्तै गम्भीर छौँ । तर, निर्णय गरिसकेका छैनौँ । छलफल गरेर निश्कर्षमा पुग्छौँ ।’,

एमालेले संसद् चल्नै नदिने योजना बनाएको हो ? भन्ने रातोपाटीको प्रश्नमा नेम्वाङले कूटनीतिक जवाफ दिँदै भने, ‘हामी जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौँ । अहिले नै यो र त्यो भन्ने अवस्था छैन ।’

नेम्वाङले सरकार आफै तर्सिरहेको दाबीसमेत गरे । ‘अहिले यो सरकार आफैँ तर्सिरहेको छ । किनभने, यो सरकारले थुप्रै कमजोरी गरेको छ, सोझै दललाई फुटाउने काम गरेको छ ।’

त्यस्तै, एमसीसीको हकमा एमालेले यो सरकारको जिम्मेवारीको कुरा भएको बताएको छ । ‘एमसीसी हाम्रो सरकारको पालामा इमान्दारितापूर्वक अघि बढाउन खोजेको मात्रै हो । तर, अहिले आएर सरकारले के–के प्रश्न सोधेर अमेरिकालाई चिठी पठाएको छ । त्यो कुरामा साथीहरुले त्यसबेला विचार नगरी र हेर्दै नहेरी सम्झौता गर्नुभएको रहेछ भन्ने प्रश्न उठेको छ । त्यसैले यसमा सरकारले के गर्छ, त्यसपछि हामी आफ्नो भूमिका खेल्छौँ’, नेता नेम्वाङको एमसीसीबारेको धारणा छ ।  

प्रमुख प्रतिपक्षको अभिव्यक्ति संसदीय मूल्यमान्यता विपरीत छ

–पुष्पा भुसाल, सचेतक नेपाली काँग्रेस  

सरकारले संसद् बोलाउनु राम्रो कुरा हो । अब काँग्रेस संसदीय दलको बैठक बसेर एजेण्डाहरुमा छलफल हुन्छ । संसद्बाट विभिन्न अध्यादेशसहित बजेटलाई टुङ्ग्याउनुपर्ने विषय बाँकी नै छ । जनजीविकाका कुरा त छँदैछन् । समसामयिक आवश्यकताका विषयलाई कसरी अघि बढाउने र सदनमा लगेर पास गर्ने भन्ने नै महत्त्वपूर्ण कुरा हुने भएकाले काँग्रेसले सोही अनुसार आफ्नो भूमिका खेल्छ ।

अहिलेको सरकार संसद्मा बहुमत प्राप्त सरकार भएकाले आफ्ना एजेण्डा संसद्मा लैजान सहजता छ । विभिन्न कानुन बनाउने र विधेयकहरु के कस्ता अवस्थामा छन्, तीबारे सरकारले पूर्ण तयारी गर्छ । गठबन्धनको सरकार भएकाले सरकारका तर्फबाट पेश गर्ने एजेण्डा गठबन्धनले नै तय गर्छ ।

तर, संसद्मा खेल्ने भूमिकाबारे प्रमुख प्रतिपक्ष दलका नेताहरूबाट जे जस्ता अभिव्यक्तिहरू आइरहेका छन् । ती संसदीय मूल्य र मान्यताविपरीत छन् । त्यसले संसदीय अभ्यासलाई बलियो बनाउने काम गर्दैन । संसदीय व्यवस्थामा सदन नै चल्न दिन्नौँ भनेर पहिल्यै घोषणा गर्नेजस्ता कुराहरू सुनिएका छन् । यी संसदीय अभ्यास विपरीतका कुरा हुन् ।

मुलुकका आवश्यक एजेण्डा छलफल गर्न नै संसद् बोलाइएको हो । जब छलफल गर्न छोडेर संसद् नै चल्न दिन्नौँ भन्ने कुरा गरिन्छ भने त्यो गैरसंसदीय कुरा हो । असहमतिका विषयमा छलफल गर्ने वैधानिक थलो नै संसद् हो त्यहाँ छलफल गरेर निकास निकाल्ने हो । तर प्रमुख प्रतिपक्ष छलफल गर्न छाडेर संसद् अवरुद्ध पार्ने वा सरकारलाई सहयोग नगर्नेतिर लाग्छ भने त्यसको उद्देश्य संसदीय अभ्यासलाई नै कमजोर पार्ने हुन्छ । यो विषयलाई मध्यनजर गरेर नै हामी विगतमा प्रतिपक्षमा त्यो भूमिका निर्वाह गरेका थियौँ । तर, अहिलेको प्रमुख प्रतिपक्ष दलका नेताहरू संसद् सुरु नै नभई चल्नै दिन्नौँ भन्ने अभिव्यक्तिहरू आइरहेका छन् ।

जबकि प्रमुख प्रतिपक्षले एजेण्डालाई बलियो बनाएर सकारात्मक छलफल गर्दै सरकारलाई थप जिम्मेवार बनाउनुपर्ने दायित्व हुन जान्छ । त्यसैले प्रमुख प्रतिपक्ष यो बाटो छोडेर सदनलाई गतिशील बनाउनतर्फ चासो नदेखाएर अन्तै लाग्छ भने त्यो सत्तालाई छोड्न नसक्ने सत्तामोह प्रवृति हो भनेर भन्नुपर्छ ।

सशक्त ढङ्गले प्रस्तुत हुन्छौँ

 विशाल भट्टराई, प्रमुख सचेतक एमाले

पहिलो कुरा सभामुखको भूमिका नै विवादास्पद देखिएकाले सबभन्दा पहिला हामी त्यहाँबाटै सुरु गर्छौँ । दोस्रो जनताका दैनिक समस्यामा केन्द्रित हुन्छौ । हुम्लामा नेपाल चीन सीमा विवाद अनावश्यक उचालेको विषय पनि हाम्रो संसद्मा उठाउने विषय बन्छ । धेरै शीर्षकका बजेटहरू रोकिएका छन् । बजेटहरू किन रोकिए भनेर सरकारको जवाफ माग्छाैँ । अध्यादेशहरू असरल्ल छन् कानुनहरू रोकिएका छन् यी र यस्तै विषयमा हामी सशक्त र प्रभावकारी भूमिका अबको संसद्मा देखाउँछौँ ।  

राष्ट्रपति शासन लागु गर्न खोजिँदैछ

देव गुरुङ, मुख्य सचेतक नेकपा माओवादी केन्द्र

अध्यादेश र विधेयकहरू लावा लस्कर छन् । ती अघि बढ्छन् । ओली सरकारकै पालमा जारी भएका अध्यादेशहरू बजेट नै अध्यादेशबाट जारी गरेको हो, त्यसैले आगामी ३० गतेभित्र यो पास गर्नुपर्ने छ । यदि त्यसो गरिएन भने कर्मचारीको तलबदेखि सबै कुरा रोकिन्छ ।

सदन सहमतिमै सञ्चालन गर्ने कुरा हो, त्यसका लागि सहमतिको प्रयास हुन्छ । दलहरूबीच अरू केही कन्टेन्टमा विमति पनि हुनसक्छ तर, प्रक्रियाकाबारेमा असहमति रहनुहुँदैन । सदन सञ्चालन गर्ने कुरा सहमतिको विकल्पमा जाने कुरा हुँदैन । यो सबैको दायित्व हो । फेरि ओली सरकारकै पालामा जारी भएका अध्यादेशहरू पारित गर्नुपर्ने भएकाले कन्टेन्टमा पनि विमति नहुनुपर्ने हो ।

यदि प्रतिपक्षले सदन नै चलाउन दिँदैन भन्छ भने त्यो सिस्टम नै नचाहेको भनेर बुझ्नुपर्छ । हुन त उहाँहरूले संसद् नै भङ्ग गरिसकेको नै हो । संसद् नै नचाहने र सिस्टम नै नस्वीकार्नेहरुले त्यो प्रयास नगर्लान् भन्न सकिँदैन । किनभने, उनीहरूबाट संसद् चल्न नदिने, हल्लाखल्ला र घेराबन्दी गर्ने काम नहोला भन्न सकिन्न ।

कन्टेन्टमा चित्त नबुझे पनि सिस्टमलाई सबैले फलो गर्नुपर्छ । किनभने सिस्टमकै विरुद्ध जान खोजियो भने त्यो गम्भीर विषय हुनसक्छ । किनभने, यो सिस्टम भताभुङ्ग पारेर उहाँहरूले राष्ट्रपति शासन लागु गर्न खोज्दै हुनुहुन्छ । यो सिस्टम फेल गराएपछि राष्ट्रपति शासन आकर्षित हुन्छ । राष्ट्रपति शासन आकर्षित हुनु भनेको सेना अघि आउनु हो । यसले गम्भीर परिणाम ल्याउन सक्छ । घुमाउरो ढङ्गले यस्तो षड्यन्त्र भइरहेको महसुस भएको छ ।   

source : ratopati


प्रकाशित मिति: आइतवार, भदौ २०, २०७८, ०२:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चुनाव अघिको गठबन्धन ब्युँताउन चार दल सहमत
सुदूरपश्चिममा भूकम्पको डर, प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’
विश्व मधुमेह दिवस सप्ताहव्यापी रुपमा मनाइँदै : यस्तो छ, मधुमेहले आँखामा पार्ने असर
आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago