Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
आइतवार, माघ ११, २०७७ १२:१०:०३ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल
एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
आयोजक पहेंलो दलदले प्रगति कला मन्दिरसँग ७–० ले पराजित
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाए
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
हिजोभन्दा आज काठमाडौं केही न्यानो, अझै तीन दिन मौसम बदली हुने
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • मजदुर आन्दोलित भएपछि तिन दिन देखि नरायणगढ बुटवल सडक खण्ड बिस्तारको काम ठप्प
मजदुर आन्दोलित भएपछि तिन दिन देखि नरायणगढ बुटवल सडक खण्ड बिस्तारको काम ठप्प
64x64
सोमवार, मंसिर १५, २०७७ सत्यकलम संवाददाता

१५, मंसिर, चितवन । सेवा सुविधामा असन्तुष्टि जनाउँदै मजदुरले आन्दोलन गरेपछि नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ ।

सडक आयोजनाको बुटबल दाउन्ने सडकखण्डका मजदुरहरुले १४ बुँदे माग गरेर काम बन्द गरेका हुन् । उनीहरुले रजहरमा रहेको नारायणगढ बुटबल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्नासमेत दिएका छन् ।

मजदुरले नेपालका श्रम कानुन अनुसारको सुविधा, बिमा, स्वास्थ्य सुरक्षा, सुरक्षा सामग्रीहरु पाउनुपर्ने लगायतका माग राखेका छन् । दुई सयभन्दा बढी कामदार आन्दोलित हुँदा तीनदिनदेखि काम अवरुद्ध बनेको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मदजुर र ठेकेदार पक्षका बीचमा सहजीकरण गरेर समस्या समाधानका लागि पहल भइरहेको बताए ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ बनाएर ठेक्का लगाइएको थियो । दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त काम कोरियन कम्पनीलाई जिम्मा लगाएको छ । कोरियन कम्पनीले नेपाली कम्पनीसँग कामदार लिएर काम गराउँदै आएको छ ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले ठेकेदार कम्पनीले मजदुरलाई न्यूनत्तम सुविधा पनि नदिएर काममा लगाएकोले आन्दोलन गरेको बताए ।

‘मजदुरहरुलाई नेपालको श्रम ऐन अनुसार सुविधा दिएको पनि पाइएन, अपमान गर्ने, हातपात गर्ने, धम्काउनेसम्मका काम गरेको देखेपछि आन्दोलित भएका हौं’ डंगोलले अनलाइनखबरसँग भने, ‘समस्या समाधानका लागि प्रहरी, प्रशासन, आयोजना, श्रम कार्यालयहरुलाई खबर गरेका छौं ।’

नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंंगेनीले दुबै पक्षलाई वार्तामा बोलाएर सहमतिको प्रयास गरिएको बताइन् । ‘हामीले ठेकेदार पक्ष र मजदुर पक्षलाई बोलाएका छौं, ठूलो समस्या छैन, ठेकेदार पक्ष दुई÷तीन दिनमा आउछौं भनेकाले ढिला भएको हो, मजदुरका मागका बारेमा छलफल हुन्छ, सहमति गरेर काम अघि बढाउँछौं’ प्रजिअ पंगेनीले भनिन् ।

आयोजनाका कन्सल्ट्यान्ट हेम श्रेष्ठले जायज मागलाई तत्कालै पूरा गर्न ठेकेदार कम्पनीलाई पत्र पठाइएको बताए । सडक खण्डमा ५० प्रतिशत स्थानीय र ५० प्रतिशत बाहिरी जिल्लाका मजदुरले काम गर्दै आएका छन् ।

पूर्वी खण्डमा मजदुर आन्दोलनले काम रोकिए पनि पश्चिम खण्डमा भने काम भइरहेको छ । सो खण्डको ७ स्थानबाट दुई सय कामदारले काम गरिरहेका छन् । पश्चिमी खण्डमा साना, मध्यम, ठूला पुल, कल्भर्ट गरी २७६ संरचना बन्छन् । यहाँ ९ ठूला पुल बन्ने छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ । २०८० साउन २२ गतेसम्ममा (साढे तीन बर्षमा) निर्माण सकिसक्नुपर्ने सडकको गैंडाकोट–दाउन्नेखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

कोरोना भाइरस महामारीको कारण देखाएर ठेकेदारले काममा ढिलासुस्ती गरेको छ । २०७५ पुसमा ठेक्का सम्झौता भएर सोही बर्ष चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए ।

( यो समाचार अनलाईन खबर डट कममा  चितवनबाट सुवास पण्डितले लेखेका हुन् )


प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७७, ०६:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छु '
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
न्यायाधीश ले प्रधानमन्त्रीलाई भेटेपछि ईजलासमा नै उठ्यो प्रश्न
संवैधानिक इजलासमा सपना मल्ल प्रधानको इन्ट्रि
नयाँ कलम
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल शनिवार, माघ १०, २०७७
एक दशकपछि राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ
आयोजक पहेंलो दलदले प्रगति कला मन्दिरसँग ७–० ले पराजित
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
विप्लवका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाए
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
हिजोभन्दा आज काठमाडौं केही न्यानो, अझै तीन दिन मौसम बदली हुने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा बुधवार, माघ ७, २०७७
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने बुधवार, माघ ७, २०७७
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
शिक्षा/स्वास्थ्य
शिक्षकले तलब नपाएपछि चितवनको स्मलहेभन स्कुलमा तनाव , तलव नपाए तालावन्दी गर्ने चेतावनी
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #दुर्गा प्रसाई प्रकरण
  • #जेसीज
  • #चितवन ट्राफिक
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago