Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
आइतवार, माघ ४, २०७७ ०३:४७:२६ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
शिक्षा/स्वास्थ्य
  • Home
  • शिक्षा/स्वास्थ्य
  • ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै
३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै
64x64
सोमवार, मंसिर १५, २०७७ रासस

काठमाडौँ,  मड्सिर १५-

सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि थालेको हो । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनालले सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नुहुनेछ ।

यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताउनुभयो । सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ ।

स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नुहुनेछ । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो ।

प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो ।

पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ ।  रासस


प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७७, ०९:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
पुस्तकालयका लागि नवलपुरका साहित्यिक कृति हस्तान्तरण
नयाँ कलम
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग आइतवार, माघ ४, २०७७
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण शनिवार, पुष २५, २०७७
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै शनिवार, पुष २५, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #रंगशालामा महायज्ञ
  • #नवलपुरको नमुना सदरमुकाम
  • #प्रजातन्त्र दिवस बिशेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago