Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, चैत्र १५, २०७९ ०५:४४:२६ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
अर्थ
  • Home
  • अर्थ
  • नवलपुरमा धान उत्पादन बढ्यो
नवलपुरमा धान उत्पादन बढ्यो
64x64
बिहिवार, मंसिर १५, २०७९ रासस

कावासोती : नवलपुरमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र नवलपुरले जनाएको छ ।

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताउनुभयो । गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताउनुभयो ।

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो ।

गत वर्षभन्दा धान उत्पादन बढ्दा कृषक पनि खुसी भएका छन् । कावासोती–१३ का कृषक चेतनारायण चौधरीले धान बालीलाई चाहिने समयमा आवश्यक वर्षा हुँदा उत्पादन बढेको बताउनुभयो ।  “जेठदेखि नै वर्षा भएका कारण समयमा धान रोप्न पाइयो, रासायनिक मल समयमै पाउन सकेको भए अझै वृद्धि हुन्थ्यो”, चौधरीले भन्नुभयो । युरिया मल अभावले उत्पादन अपेक्षित रूपमा अझै बढ्न नसकेको उहाँको भनाइ छ ।

धानको उत्पादन बढे पनि किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

कावासोती–१२ का कृषक मणिलाल चापागाईंले दुई बिघा जमिनमा धानखेती गर्नुभएको छ । उहाँको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । सरकारले सावित्री (मोटा) धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ७६ तोके पनि प्रतिक्विन्टल दुई हजार सात सयमा २० क्विन्टल धान बिक्री गरेको उहाँले बताउनुभयो । घरमा धान भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चापागाईंले बताउनुभयो । “महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गएजस्तो हुन्छ”, उहाँले भन्नुभयो । उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको चापागाईंले गुनासो गर्नुभयो ।

नवलपुरमा सावित्री, रामधान, सावा मनसुली र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ । धान पूर्वी नवलपरासीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।


प्रकाशित मिति: बिहिवार, मंसिर १५, २०७९, ०५:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंक र फाइनान्सले घटाए ब्याजदर
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट
यातायातकाे अभावका कारण नवलपुरमा सुन्तलाले बजार पाएन
३९ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार
नयाँ कलम
स्ववियु निर्वाचन : अरुणखोलामा गोला तानेर भागवण्डा मंगलबार, फाल्गुन ३०, २०७९
स्ववियु निर्वाचन : कुमारवर्ती क्याम्पसमा चापागाईं र अधिकारी विच प्रतिष्पर्धा हुने
कांग्रेस गज्जबको पार्टी हो !
१५ लाख ऋण लिँदा हात पर्‍यो एक लाखमात्रै !
बैंक र फाइनान्सले घटाए ब्याजदर
स्ववियु निर्वाचन : गैडाकोटको कालिका सस्कृत बिद्यापीठमा नेविसंघको प्यानलनै निर्वाचित
पल शाह भोली जेल मुक्त हुने
प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
प्रचण्ड बारे ओलीको टिप्पणी : 'ठूलो कचौंरामा दुध भात दिएपछि विरालो छिमेकीको घरमा जान्छ'
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बैंक र फाइनान्सले घटाए ब्याजदर मंगलबार, फाल्गुन ३०, २०७९
पर्यटकलाई आकर्षित गर्दै उदयपुरको कोसपा विच रिसोर्ट शनिवार, फाल्गुन १३, २०७९
नवलपुरमा धान उत्पादन बढ्यो बिहिवार, मंसिर १५, २०७९
शिक्षा/स्वास्थ्य
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु
क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागि
कावासोतीका दाहाल 'लाईफटाईम एचिभमेण्ट अवार्ड' बाट सम्मानित
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago