नवलपुरः नवलपुर प्रहरीले अवैध मालसामान बरामद गरेको छ ।
अवैध रुपमा लुकाई छिपाई भन्सार छली चोरी निकासी पैठारी भएको अन्दाजी दुई लाख एकानब्बे हजार एक सय साठी रुपैया बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले नाईक लेखेको हाप कट्टु ९५ पिस, टिसर्ट ११९ पिस,पाईन्ट ५९ पिस, ऊनीको टाउजर ५२ पिस, सेण्डो भेष्ट ८ पिस, ट्याक ७२ पिस, र. फुट माउण्टेड मोटर रिजर लेखिएको मोटर ५ थान बरामद गरेको जनाएको छ ।