कावासोती : सामाुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जले २ सय ९ औं भानुजयन्तीका अवसरमा सम्झनामा भानु नामक बिषेष कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा सहभागीहरुले आदीकवी भानुभक्तले नेपाली साहित्यको श्रीबृद्धी र नेपाली भाषाको संरक्षणमा पु¥याउनुभएको योगदान बारेमा चर्चा गरेका थिए । भानुभक्तको योगदानलाई आगामी पुस्ताले पनि मनन गरुन् भन्दै उनको जन्मजयन्तीमा आयोजित यस्ता कार्यक्रमले भानुप्रति सम्मान प्रकट गरेको उनिहरुको भनाई थियो । कार्यक्रममा नवलपुरका साहित्यकारहरु भुपेन्द्र भट्टराई गण्डर्षी , सदानन्द अभागी , करुण लम्साल , पुष्पराज भण्डारी र दिनेश शर्मा लहरको सहभागिता रहेको थियो ।
करिव २ घण्टा सम्म चलेको सो कार्यक्रमका बिच साहित्यकार सदानन्द अभागीद्धारा लिखित समालोचना संग्रह पाल्पालीका गजलमा दृष्टी समेत सामुहिक रुपमा विमोचन गरिएको थियो । अभागीको यो सातौ समालोचना संग्रह हो ।

रेडियोको स्थापनाकाल देखिनै हरेक बर्ष भानुजयन्तीको अबसरमा बिषेष कार्यक्रम गर्दै आएको रेडियोले यस बर्ष पनि परम्परालाई निरन्तराता दिने उदेश्यले कार्यक्रम संचालन गरेको संचालक समितिका अध्यक्ष जगन्नाथ पराजुलीले जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमहरुले नेपाली साहित्य , भाषा , कला र सस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियो संचालक समितिका महासचिव रमेश बस्ताकोटीले सहजीकरण गर्नुभएको थियो ।