Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
बुधवार, भदौ १, २०७९ १२:४५:४३ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा
यस्तो छ आजको मौसम पूर्वानुमान
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान
सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
७५ वर्ष अघिनै नवलपुर झलमल पार्ने योजनामा भारतीय अवरोध !
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • सिक्किममा नेपाली भाषा र साहित्यको चर्चा
सिक्किममा नेपाली भाषा र साहित्यको चर्चा
हरेक वर्ष साहित्य महोत्सव मनाउने सिक्किम सरकारको घोषणा
64x64
मंगलबार, मंसिर १४, २०७८ सत्यकलम संवाददाता

झापा : नेपाली भाषाभाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमको मनन भवनमा दर्शक खचाखच भरिएका थिए। भवनमा दर्शकको ताली, संगीतसँगै कविता कन्सर्ट गर्दै थिए, नेपालका चर्चित युवा कवि नवराज पराजुली।

पहिलोपटक सिक्किम पुगेका नवराजको स्वागतका लागि दर्शक तथा श्रोताको तालीको वर्षा बर्सियो। कवि पराजुलीका कवितासँगै झुम्यो सिक्किम। पराजुलीले एक घण्टाभन्दा बढी प्रस्तुति दिए। प्रस्तुतिको समयमा सिक्किमका दर्शक मात्र नभई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)सहित मन्त्री, सांसदहरू पनि मन्त्रमुग्ध भए।

यो दृश्य शुक्रबार सिक्किम राजधानी गान्तोकस्थित मनन भवनमा आयोजित सिक्किम साहित्य उत्सव २०२१ को हो। आयोजक थियो- सिक्किमको हाम्रो वार्ता टेलिभिजन। उक्त कार्यक्रम टेलिभिजनले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको थियो।

‘सिक्किम पहिलोपटक आएको हुँ। स्वच्छ, सफा र सुन्दर सिक्किम प्रवेश गर्दा सडकमा आफ्नो ठूल-ठूला पोस्टर देख्दा यहाँका जनताप्रति आभारी भएको छु’, कविता वाचन गर्नुअघि कवि पराजुलीले भने, ‘मलाई यहाँका जनताले हिरो नै बनाए, यो क्षण जीवनभर कहिल्यै भुल्ने छुइनँ।' त्यति भन्दै उनले सुरु गरे संगीतमय कविता वाचन।

जेल जीवन बसेका बेला मुख्यमन्त्री गोलेले लेखेको एउटा कविता वाचन गर्दै उनले सुरु गरे कार्यक्रम। कार्यक्रम मुख्यमन्त्री गोलेलेलगायतको अतिथिहरूले कवि पराजुलीले लेखेको पुस्तकको सिक्किम लोकार्पण गरे।  त्यसपछि उनले ‘ऊ’ भन्ने शीर्षकको ‘जो मान्छे तिमीबाहेक अन्त सुरक्षित छैन’, मोक्ष भन्ने शीर्षकको म बटुवा होइन बाटो हुँ, हेप्पी बर्थडे शीर्षकको हेप्पी बर्थडे मेरो छोरा, एक्लै भन्ने शीर्षकको म एक्लै एक्लो छैन, म जस्तै एक्लो अर्केछ भन्ने लगायतका संगीतमय कविता वाचन गरी दर्शकलाई भावुक नै बनाए।

पराजुलीजस्तै साहित्य उत्सवमा दार्जिलिङकी कवि पवित्र लामा, कालिम्पोङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई (जुमेली)ले कविता वाचन गर्दा पनि दर्शक/श्रोताले ताली बर्साएका थिए। कार्यक्रममा विद्यार्थीहरूले मारुनी, भोटिया, लेप्चा नृत्य समेत प्रस्तुत गरेका थिए भने दुवै हात नभएका विक्रम भट्टराईले खुट्टाले चित्रकला प्रदर्शन गरेका थिए।

साहित्य उत्सवको अवसरमा आयोजक समितिले कवि राजेन्द्र भण्डारी, चेतन राज श्रेष्ठ, गुप्त प्रधान, केएन शर्मा, वाणीश्री खरेल, शशी शेर्पा र रचना बुक्स एन्ड पब्लिकेसन्सलाई अभिनन्दन गरेको थियो। कार्यक्रमलाई भव्य र सफल बनाउने मुख्य सहयोगी भूमिका निर्वाह गरेका मुख्यमन्त्री गोलेलाई आयोजक समितिले समेत अभिनन्दन गरेको थियो। आयोजक समितिका उपाध्यक्ष भीम रावतले स्वागत सम्बोधन गरेको कार्यक्रममा समितिका महासचिव दिवस राईले धन्यवाद ज्ञापन गरेका थिए।

नेपाली भाषालाई विश्वमा चिनाउनु पर्छ : मुख्यमन्त्री गोले

​मुख्यमन्त्री गोलेले भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ र छिमेकी राष्ट्र नेपालमा मात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई विश्वमा चिनाउनु पर्ने बताए।

'तपाई विदेशमा जानुहोस्, त्यहाँ आफ्नो जाति, भाषा, संस्कृतिको महत्त्व हुन्छ। विदेशमा कुनै नेपालीभाषी भेट्नु हुन्छ भने तपाई कति खुसी महसुस गर्नुहुन्छ त्यति बेला’, आफ्नो जाति र भाषा कुनै पनि ठाउँमा छैन भने त्यसको छुट्टै महत्त्व हुने बताउँदै मुख्यमन्त्री गोलेले भने, ‘त्यसैले नेपाली भाषा, साहित्य र कलालाई विश्वभर फैलाउन हामी सबै आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ,’

हामीले नै नेपाली भाषालाई अपहेलना गर्दै आएको टिप्पणी गरे। मुख्यमन्त्री गोलेले भने‚ ‘हामी कुनै आवेदन पत्र लेख्नुपर्‍यो भने अंग्रेजी  भाषामा लेख्छौँ, नेपाली भाषामा लेख्दैनौँ, हामीले नै नेपाली भाषालाई अपहेलन गरिरहेका छौं।’

उनले आफ्नो भाषालाई आफैंले बलियो बनाउनुपर्ने र त्यसतर्फ लाग्नु आह्वान गरे। भारतको संविधानको आठौँ अनुसूचीभित्र नेपाली भाषाले मान्यता पाएको बताउँदै मुख्यमन्त्री गोलेले भारतको देशको संसद्मा पनि सिक्किम र दार्जिलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेको बताए।

हरेक वर्ष साहित्य महोत्सव मनाउने सिक्किम सरकारको घोषणा

मुख्यमन्त्री गोलेले पूर्वज साहित्यकार र कविहरूको नाममा अपतन फेलोसिप कार्यक्रमको घोषणा गरेका छन्। सिक्किम साहित्य उत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किममा भाषा र साहित्यमा विद्यावारिधि गर्नेलाई लाग्ने सबै खर्च राज्य सरकारले बेहोर्ने घोषणा समेत गरेका छन्।

सिक्किमका सबै भाषाको विकासको निम्ति राज्य सरकारले काम गर्ने बताउँदै उनले भने, ‘भोटिया, लेप्चा र लिम्बु भाषालाई संविधानको आठौँ अनुसूचीमा राख्न र ती भाषालाई राज्य स्तरीयबाट पुरस्कार दिने व्यवस्था गर्नेछौँ।’

सिक्किममा पर्यटन, खेलकुद, चलचित्र, कृषि लगायतको महोत्सव मनाउँदै आएको छ। अब सन् २०२२ देखि हरेक वर्ष राज्य सरकारले नै हरेक साहित्य महोत्सव मनाउने उनले घोषणा गरे। साहित्य महोत्सवमा नेपाली, लेप्चा, भोटिया, राई, लिम्बु, हिन्दी, मगर, तामाङ, नेवार लगायतको भाषाको संरक्षण नै यसको उद्देश्य रहने उनको भनाइ छ।

सिक्किमका लेखक, कवि, बुद्धिजीवीहरूले लेखेको पुस्तक रकम अभावले छाप्न नसकेमा राज्य सरकारले ती पुस्तकहरू छापिदिने व्यवस्था मुख्यमन्त्री कोषबाट मिलाउने उनले बताए। मुख्यमन्त्री गोलेले भने‚ ‘सिक्किमभित्र आफ्नो चलचित्र बनाउँछ, ७० प्रतिशत छायाङ्कन र स्थानीय कलाकार चलचित्रमा समावेश गर्छन्, ती चलचित्र बनाउनेलाई ३० लाखदेखि १ करोडसम्म राज्य सरकारले सहयोग गर्छ।’ 

नेपाली भाषा र साहित्यको संरक्षक आवश्यक

नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षण आजको आवश्यकता रहेको सिक्किम साहित्य उत्सवमा सहभागी वक्ताहरूले जोड दिएका छन्। भाषा, साहित्य, कला, संस्कृति आउँदो युवापुस्तामा हराउँदै गएकोले यसको संरक्षणका निम्ति हामी सबै एक जुट्नु हुनुपर्ने उनीहरूको भनाई छ।

सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हामीले भाषा र साहित्यलाई विश्वमा कसरी चिनाएका छौं भन्नेतर्फ सबै सजक हुनुपर्ने बेला आएको बताए। नेपाली भाषा, साहित्य, कला, संस्कृति बिस्तारै बिस्तारै लोप हुँदै गइरहेको बताउँदै उनले भने, ‘अहिलेको युवापुस्ता त्यो क्रेज देखिँदैन, समाजको विकासको निम्ति भाषा र साहित्यप्रति सबैले ध्यान दिनुपर्ने समय आएको छ।’

त्यस्तै‚ सिक्किम विश्वविद्यालयका सह-प्राध्यापक डा. देवेन्द्र सुब्बाले नेपाली भाषाको संरक्षण नै अहिलेको मुख्य चुनौती रहेको बताए। ‘अहिलेका विद्यार्थीले अंग्रेजी भाषामा पत्र र निवेदन लेख्दा नेपाली भाषा संकटमा पर्ने थालेको छ’, पहिलेका राजा शासनदेखि नै नेपाली भाषामै पत्र र निवेदन लेख्ने चयन रहेको बताउँदै सह प्राध्यापक डा. सुब्बाले भने, ‘प्रयोगकर्ताले नै नेपाली भाषाको प्रयोग गर्दैनौं भने यसको संरक्षण कसरी हुन्छ? त्यसैले आफ्नो भाषाको प्रयोग आफैंबाट सुरुवात गर्नुपर्ने हुन्छ, अनि मात्र नेपाली भाषाको संरक्षण हुन्छ।’

साहित्य उत्सव आयोजक समितिका संरक्षक जेकब खालिङले सिक्किममा साहित्यिक रुखोपन छाएकाले मुख्यमन्त्रीको सहकार्यमा साहित्य उत्सव आयोजना गरी साहित्यिक बाझोपन हटाउने काम गरेको बताए। ‘यस उत्सवले सबैमा उत्साह र जोस बढेको छ,’ उनले भने, ‘आउने पिँढीले पनि भाषा र साहित्यप्रति चासो देखाउँछ ।’

source:thaha khabar


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८, ०१:४१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रेडियो मध्यविन्दुमा भानुभक्तको योगदान बारे चर्चा
नेपालबाट चोरिएको सम्पदा अक्सफोर्ड युनिभर्सिटी ग्यालरीमा
कुमाताको तेस्रो संस्करण वजारमा
‘तिमी आउने जाने’ मा पूजाको आनन्दसँग रोमान्स
नयाँ कलम
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि बुधवार, भदौ १, २०७९
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा
यस्तो छ आजको मौसम पूर्वानुमान
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान
सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
७५ वर्ष अघिनै नवलपुर झलमल पार्ने योजनामा भारतीय अवरोध !
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैन : गगन थापा शनिवार, श्रावण २८, २०७९
तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन सोमवार, श्रावण २३, २०७९
शेयर बजार झन्डै १८ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार सोमवार, श्रावण २३, २०७९
शिक्षा/स्वास्थ्य
चितवनमा कोरोनाको कारणले एक पुरुषको मृत्यु, सतर्क हुन चिकित्सकको आग्रह
एसइईको नतिजा आज, ३५ अंक नल्याए वर्गीकृत नगरिने
एसईई नतिजा भाेलि सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #कोरोना संक्रमण
  • #संसदको विशेष अधिवेशन
  • # निषेधाज्ञा
  • #काेराेना महामारी
  • #के पी शर्मा ओली
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago