कूलपूजा गर्न रिजर्भ लिएर गएको जीप बाग्लुङकाे निसीखाेलामा दुर्घटना भएको छ । दुर्घटनामा परी ९ महिला, ४ पुरुष र एक शिशुसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त जीप कार्की परिवारले लिएर गएको बुझिएको छ । दुर्घटनास्थल बाग्लुङको बडिगाड गाउँपालिका–७ स्थित कोप्चेमा पर्दछ । ग १ ज ५२१९ नं. को जीप सडकबाट करिब १५० मिटर तल खाेलामा खसेकाे जनाइएकाे छ । एकजना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ ।
विस्तृत विवरण आउन बाँकी छ । एक तथ्यांकअनुसार सवारी दुर्घटनामा परेर दिनहुँ ७ जनाले ज्यान गुमाइरहेका छन् ।