नवलपुर : नवलपुरको देबचुली नगरपालिकाका जनप्रतिनिधिहरुका लागि प्रभावकारी भाषणकला र प्रस्तुतीकरण तालिम बुधबारबाट सुरु भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्सको आयोजनामा सुरु भएको सो तालिम १० दिन सम्म चल्ने सस्थाका अध्यक्ष एवम् प्रवन्ध निर्देशक रमेश बस्ताकोटीले बताउनुभयो ।
तालिमको बुधबार एक समारोहका बिच गण्डकी प्रदेशसभाका सदस्य रोशन बहादुर गाहाले उद्घाटन गर्नुभयो ।
सो अवसरमा गाहाले स्थानीय तहका जनप्रतिनिधि लक्षित तालिमले जनप्रतिनिधिले भाषण गर्ने शैलीमा सुधार आउने र प्रस्तुतीकरणका क्रममा बिषयकेन्द्रित र शब्द छनौटको बिशेष महत्व हुने भएकाले तालिमका माध्यमवाट नेतृत्व क्षमता बिकासका साथै ब्यक्तित्व बिकासमा सहयोग पुग्ने बिश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ तालिमले वडा सदस्यहरुको क्षमता विकासमा सहयोग पुग्छ , यो अबसर हो । ” सो कार्यक्रममा देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्री , देवचुली ९ का वडाअध्यक्ष मेखबहादुर सारु, गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघका सदस्य धर्मराज बसेल, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतले बोलेका थिए ।
देवचुली नगरपालिकाका १७ वटै वडा कार्यालयको सहकार्यमा संचालित सो तालिममा हरेक वडाबाट दलित महिला सदस्य र अर्का १ जना सदस्य गरि ३४ जनाको सहभागिता रहेको छ । कार्यक्रम सायरा मिडिया एण्ड ईभेन्ट्सका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको थियो ।