खगेन्द्र पराजुली, १० माघ, नवलपुरः
कावासोतीमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको शनिवारको खेलमा आयोजक पहेंलोलाई हराउँदै देबचुलीको दलदलेस्थित प्रगति कला मन्दिर युवा क्लव सेमी फाईनलमा प्रबेश गरेको छ । प्रगति कला मन्दिरले आयोजक पहेंलोलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
शनिवार पराजित भएको आयोजक पहेलोले पहिलो राउण्डमा आरुङखोला एफसीलाई हराएपनि क्वाटर फाईनलमा भने दलदलेको प्रगतिको सामना गर्न सकेन ।
खेलको प्रतिस्पर्धामा शुरुवाती समयदेखि नै प्रगति कला मन्दिरको दवदवा रहेको हो । प्रगतिका सुमन आलेले खेलको तेस्रो मिनेटमा शुरुवाती पहिलो गोल गरेपछि लगत्तै बीचमा ५६ र अन्त्यमा ८० औ मिनेटमा ३ गोल गरी ह्याट्रिक गर्न सफल भए ।
यस्तै समित श्रेष्ठले पनि ३२, ४३ र ६८ औ मिनेटमा ३ गोल गरी ह्याट्रिक गरे भने ४७ औं मिनेटमा प्रगतिकै रमेश घर्ती मगरले १ गोल गरेका हुन’ ।
शनिवारको खेलमा प्रगति कला मन्दिरका तर्फबाट ३ गोल गरेका खेलाडी सुमन आले म्यान अफ द म्याच भए । आलेलाई नवलपुर फुटबल संघ (एन्फा) सदस्य मदन थापाले ट्रफी प्रदान गरे ।
आईतवारको प्रतिस्पर्धा कावासोतीको भानु युवा क्लव र डण्डाको सनलाईट सामुदायिक विकास केन्द्रबीच हुने आयोजक नवज्योति युवा क्लवका अध्यक्ष शुशिल सापकोटाले जानकारी दिए ।
खेलको आधिकारिक मिडिया पार्टनर सामर्थ्य एम एम रहेको छ । खेललाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।