कावासोती । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिने भएको छ ।
युनियनको आईतबार कावासोतीमा सम्पन्न बैठकले पोख्रेललाई पुरस्कर दिने निर्णय गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए । पच्चिस हजार रुपैया पुरस्कार राशी रहेको सो पुरस्कार यहि फागुन ७ गते एक भब्य समारोहका बिच प्रदान गरिने युनियनका जिल्ला सचिब एबम् प्रबक्ता आशिष रेग्मी ले जानकारी दिए ।
यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनौट भएका पत्रकार पोख्रेलले २०५० सालदेखि पत्रकारिता सुरु गरेका थिए । २०५३ सालमा प्रेस युनियन दाङको सस्थापक सचिब भएका पोख्रेल ०५६ सालमा पत्रकार महासंघ दाङको उपाध्यक्ष,२०५९ सालमा नेपाल पत्रकार महासङको केन्द्रिय उपाध्यक्ष, २०६३ सालमा प्रेस काउन्सिलको सदस्य हुँदै हाल नेपाल पत्रकार महासङको वरिस्ठ उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छ्न ।
श्रमजिबी पत्रकारको पक्षमा र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएका पोख्रेलले विभिन्न सन्चार गृहमा आबद्ध रहेर आफ्नो पत्रकारिता कर्मलाई अगाडी बढाउदै आएका छ्न । वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, पोषण केसि, रामजी दाहाल लगाएतका वरिष्ठ पत्रकारहरुलाई प्रदान गरिएको यो पुरस्कर गत वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोईराला लगायतका केन्द्रिय नेता एवं प्रेस युनियनका केन्द्रिय पदाधिकारी कावासोती आउने प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले बताए । पराजुलीका अनुसार प्रेस युनियन नवलपुरले सर्बसम्मत रुपमा पोख्रेलको सिफारिस गरेको हो ।
प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गरेका थिए ।