कावासोतीमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनलमा कावासोतीका २ र देवचुलीका २ टीम प्रवेश गरेका छन् ।
सोमवार भएको अन्तिम क्वाटर फाईनलमा रजहरको अभिषेक चर्चले चोरमारा युथ क्लवलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । आजको खेलमा चर्चका खेलाडी लुकाश तामाङ र सुरेन्द्र गुरुङले २–२ गोल गरे भने चोरमाराका सबिन श्रेष्ठले १ गोल गरेका थिए ।
अव सेमिफाईनलमा आयोजक कावासोतीको नवज्योति युवा क्लव रातो बिरुद्ध कावासोतीकै भानु युथ क्लव र देवचुलीको प्रगति कला मन्दिर युवा क्लव बिरुद्ध देवचुलीकै अभिषेक चर्चबीच फाईनल चरण प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक नवज्योति युवा क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
सोमवारको खेलमा अभिषेक चर्च रजहरका तर्फबाट २ गोल गरेका लुकाश तामाङ म्यान अफ द म्याच भए । तामाङलाई कावासोती नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रमाकान्त चापागाई र नवलपुर फुटबल संघका महासचिव लक्ष्मण कार्कीले संयुक्त रुपमा ट्रफी प्रदान गरे ।