हुप्सेकोट ०१ बेलुवाका १९ बर्सिय मृगौला रोगी चिन्तामणी महत्तोलाई लण्डनमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन । लण्डनमा बस्दै आएका विभिन्न जिल्लाका ११३ जना नेपालीहरुले नगद ३ लाख ७७ हजार आर्थिक सहयोग गरेका हुन । हुप्सेकोट ०१ बेलुवा घर भई हाल रोजगारीका लागी लण्डनमा बस्दै आएका एन आर एन यु के का सदस्य तथा नवलपुर जिल्ला समाज यु के का संयोजक प्रकाश कंडेलले आर्थिक सहयोग संकलनको अगुवाई गरेका थिए ।
कंडेलद्वारा संकलित सहयोग रकम हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे तथा कंडेलका पिता समाजसेवी होमराज कंडेलले चिन्तामणी र उनको परिवारलाई हस्तान्तरण गरेका छन । सहयोग हस्तान्तरण कार्यक्रम चल्दै गर्दा उपस्थित स्थानियहरुले पनि महत्तोलाई थप ७ हजार आर्थिक सहयोग गरेका थिए ।
संकलित आर्थिक सहयोग हस्तान्तरण गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले लण्डनमा बस्ने नेपालीले मानबियताको उच्च नमुना प्रस्तुत गरेको बताउदै सहयोगी सम्पुर्णलाई धन्यवाद दिईन । पाण्डेले महत्तोको उपचारका लागी सरकारी स्तरबाट हुन सक्ने सबै किसिमको सहयोगको सहजीकरण गर्ने बताउदै तत्कालका लागी पालिकाको तर्फबाट १० हजार सहयोगको घोषणा गरिन । कार्यक्रममा बोल्दै समाजसेबी होमराज कंडेलले महत्तोको आर्थिक अवस्था कमजोर रहेकाले उनको जीवन रक्षाका लागी सहयोग गर्न सम्पुर्णलाई अनुरोध गरे ।
सहयोग हस्तान्तरणका क्रममा हुप्सेकोट ०१ बेलुवाका जनप्रतिनिधि,समाजसेवीहरुको उपस्थिति रहेको थियो । महत्तो बिगत ०२ बर्ष देखि मृगौला सम्वन्धी रोगबाट पिडित छन । उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।