गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते भएका छन् । वडा नं. १५ प्रगतिनगरको सालघारीका ५० बर्षीय पुरुष गैंडाको आक्रमणबाट घाईते भएका हुन् ।
सुवर्णचोकका पदमबहादुर रानाभाट बिहानको समयमा प्रगतिनगरतर्फ आउँदै गर्दा उनलाई बाटोमै गैंडाले आक्रमण गरि घाईते बनाई जंगलतर्फ लागेको स्थानीयले बताएका छन् ।
आज आईतवार बिहान करिव ७ बजेको समयमा गैंडाको आक्रमणबाट घाईते भएका रानाभाटलाई उपचारका लागि भरतपुर पठाईएको अस्थायी प्रहरी कार्यालय दलदलेका प्रमुख अर्जुन रानाले जानकारी दिए । रानाभाटको टाउको, छाती, हात, खुट्टा लगायतका अंगमा बाहिरी चोट लागेको प्रहरीले जनाएको छ ।