अभिनेत्री मौसमी मल्ललाई मातृ शोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो ।
आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्त्येष्टिमा अभिनेत्री मल्लले आफैले दागबत्ती दिएकी थिइन् । उनले बुबा चोप बहादुर सेनको अन्त्येष्टिमा पनि दागबत्ती दिएकी थिइन् । उनी घरको एक्ली सन्तान हुन् । यो समाचार रातोपाटीबाट साभार गरिएको हो।