Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
शनिवार, बैशाख ४, २०७८ ०८:४९:४७ युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
शिक्षा/स्वास्थ्य
  • Home
  • शिक्षा/स्वास्थ्य
  • सरकारी सुविधाको गाडी फिर्ता ल्याउन संसद सचिवालयले बनायो सूची
सरकारी सुविधाको गाडी फिर्ता ल्याउन संसद सचिवालयले बनायो सूची
64x64
सोमवार, फाल्गुन ३, २०७७ सत्यकलम संवाददाता

संघीय संसद सचिवालयले प्रतिनिधिसभा विघटन भएपछि सवारी सुविधा फिर्ता लिन संसदका पदाधिकारीहरुको सूची तयार पारेको छ । उक्त सूचीमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवादेखि प्रधानमन्त्री केपी शर्मा निकट नेकपा सचेतक शान्ता चौधरीसमेतको नाम सामेल छ । सांसदहरुलाई दिएका १८ सुविधाको गाडीमध्ये एउटामात्र फिर्ता भएको र बाँकी १७ वटा प्राप्तिका लागि सचिवालले सूची तयार पारेको हो । 

सचिवालयको सबैभन्दा महँगो गाडी लिनेमा देउवा र नेकपा सचेतक चौधरी छन् । देउवाले २ करोड मूल्य बराबरको गाडी सुविधा लिएका छन् भने चौधरीले एक करोड मूल्य पर्ने गाडी लिएकी छन् । प्रतिनिधिसभा विघटन भए पनि चौधरीले नेकपा संसदीय दलको सचेतकको हैसियतमा लिएको सुविधाको गाडी फिर्ता नगरेको संसद सचिवालयले बतायो । हालसम्म संसदीय समिति अन्तर्गतको महिला समितिकी सभापति एवं प्रधानमन्त्री ओली निकट नेतृ निरु पालले मात्र गाडी फिर्ता गरेकी छन् । पालले संसद विघटन भएको ५ दिनपछि गत पुस १० गते सभापतिको हैसियतमा चढ्दै आएको प्रदेश ३ ०१००२ झ ४८७४ नम्बरको गाडी फिर्ता गरेकी हुुन् । 
प्रतिनिधिसभा विघटन भएपछि विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकका साथै  विभिन्न संसदीय समितिका सभापतिले गाडी फिर्ता गर्नुपर्ने भन्दै संसद सचिवालयले ती गाडी फिर्ता ल्याउन सूची तयार पारेको हो । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्ता पक्षका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, विपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, जनता समाजवादी दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले संसद सचिवालयबाट सुविधाको गाडी प्रयोग गरिरहेका छन् । यसबाहेक विभिन्न विषयगत समितिका सभापतिहरुले पनि सवारी साधान फिर्ता गर्नुपर्ने संघीय संसद सचिवालयको भनाइ छ ।
 

प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समितिका सभापति पवित्रा निरौला खरेल, उद्योग समितिका सभापति विमल श्रीवास्तव, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि तथा सहकारी समितिका सभापति पूर्णाकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण, राज्यका निर्देशक सिद्धान्त समितिका निरा जैरुले गाडी बुझाउनुपर्ने लिष्ट तयार रहेको संघीय संसद सचिवालयको भनाइ छ ।  संसद सचिवालयले हालसम्म गाडी फिर्ताका लागि पत्राचार भने नगरेको र अरु सुविधा कटौती भएका बेला आफै बुझेर गाडी फिर्ता गर्नुपर्ने प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । पदावधि सकिएको एक साताभित्र गाडी फिर्ता गर्ने प्रचलन रहे पनि सामान्यतया ३५ दिनभित्र सरकारी सम्पत्ति बुझबुझारथ गर्ने प्रचलन अनुसार गाडी फिर्ता गर्नुपर्ने सचिवालयले जनायो ।

गाडी दुर्घटना भयो भने कसले जिम्मा लिन्छ ? : प्रवक्ता पाण्डे 

सुविधामा दिइएको सवारी साधन फिर्ता नगरी आफैले चलाउँदा भोलि दुर्घटना भए संसद सचिवालयले त्यसको जिम्मेवारी नलिने प्रवक्ता डा.रोजनाथ पाण्डे बताउँछन् ।  ‘यसमा हामीले उहाँहरुलाई जानकारी गराउन आवश्यक नै छैन । अरु सेवा सुविधा सबै कटौती भएपछि गाडी सुविधा कटौती नहुने भन्ने कुरै हुँदैन । उहाँहरुले पाउने ड्राइभर लगायतका सेवा सुविधाहरु सबै कटौती गरिएको छ,’ उनले भने, ‘उहाँहरुले जबरजस्ती गाडी प्रयोग गरेर मात्र के अर्थ ? भोलि गाडि दुर्घटना भयो भने के गर्नुहुन्छ ? उहाँहरुलाई चुनौती छैन ? गाडी कसले मर्मत गर्छ ? त्यसरी गाडी लिनु उहाँहरुको हितमा देखिँदैन । उहाँहरुले आफैले बुझेर गाडी फिर्ता गर्नुपर्ने हो ।’

प्रतिनिधिसभा रहेका बेला उनीहरुले गाडीका लागि तेल, मर्मत खर्चसहित ड्राइभरका लागि तलब सुविधा पाउने गरेका थिए, जुन गत पुस ५ गतेदेखि रोकिएको छ ।  प्रवक्ता पाण्डेले भने, ‘उहाँहरु आफैं कानुन बनाउने ब्यक्ति हो, कानुनको पालना गर्नुपर्ने पहिलो स्टेपमा उहाँहरु नै हुनुहुन्छ, प्रक्रियागत रुपमा सरकारी सामान बुझाउन ३५ दिनको समय हुन्छ । उहाँहरुले ३५ दिनको समय पाउनु स्वाभाविक हो ।’

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अन्तर्गत रहेको कमिटीमा महालेखा नियन्त्रकका प्रतिनिधि राखेर आफूहरुले निर्णय गर्नुपर्ने र त्यसपछि गाडी फिर्ता गराउन प्रक्रियामा जानुपर्ने उनले बताए ।

आन्दोलनकै रुपमा फिर्ता नगरेका हौँ : शशी श्रेष्ठ

नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनकै स्वरुपमा आफूले गाडी फिर्ता नगरेको बताइन् । उनले प्रधानमन्त्रीले संविधान विपरित संसद विघटन गरेको विरोधमा गाडि फिर्ता नगरे पनि आफूले गाडीको प्रयोग भने नगरेको उनको भनाइ छ । उनले भनिन्, ‘मैले त गाडी छोएको पनि छैन, गाडी फिर्ता गर्न पनि लागेको थिएँ । सचिवालयमा बुझ्दा पनि कर्मचारीहरुले अहिले मुद्दा सर्वोच्चमा रहेकोले फर्काउनुस् पनि भन्दैनौँ, नफर्काउनुस पनि भन्दैनौँ, तपाईहरुको सचिवालयको प्लेट पनि हटाएका छैनौँ भन्नुभयो । अरु साथीहरुले पनि बुझाउने भए एकसाथ बुझाऔं भन्नुभयो । यसलाई प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधका रुपमा बुझ्नुभए हुन्छ ।’ 

सुविधाको सवारीसाधन फिर्ताबारे प्रतिक्रिया लिन खोज्दा काँग्रेस संसदीय दलकी सचेतक समेत रहेकी नेतृ पुष्पा भुसाल गौतमले ‘संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्नुहुन्छ कि हुँदैन’ भन्ने प्रश्न सुन्नेबित्तिकै तत्काल फोन काटेर सम्पर्कविहीन भइन् । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकको हैसियतमा संसद सचिवालयबाट ३ वटा गाडी सुविधा लिएको छ ।  

चार पूर्व सभामुखलाई पनि गाडी, ढुङ्गानाले लिएनन् 

संसद सचिवालयबाट ४ पूर्व सभामुखहरुले पनि सवारी सुविधा लिईरहेका छन् । पूर्व सभामुखहरु काँग्रेस नेता रामचन्द्र पौडेल, नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, प्रचण्ड–माधव पक्षमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीले पूर्व सभामुखको हैसियतमा संसद सचिवालयको स्कारपियो गाडी चढिरहेका छन् । काँग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले भने सचिवालयको गाडी सुविधा लिएका छैनन् । संसद सचिवालका ८५ वटा गाडी सुविधाका लागि प्रयोग भइरहेको सघीय संसदको सवारी शाखाका प्रमुख कान्छा दुलालले रातोपाटीलाई जानकारी दिए । 

[ रातो पार्टी बाट ]


प्रकाशित मिति: सोमवार, फाल्गुन ३, २०७७, ०८:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी
नयाँ कलम
पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै सोमवार, चैत्र ३०, २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने
राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा
आज घोडेजात्रा पर्व मनाइँदै
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकलाई मृत्युदण्ड
नेपालमा गैँडाको संख्या ७५२, छ बर्षमा एक सय सात गैँडा बढे
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति सोमवार, चैत्र ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने सोमवार, चैत्र ३०, २०७७
नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए आइतवार, चैत्र ८, २०७७
शिक्षा/स्वास्थ्य
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #विश्वकप क्रिकेट लिग–२
  • #नेविसंघ विवाद
  • #लगातार बर्षाको प्रभाव
  • #नेपाल भ्रमण बर्ष २०२०
  • #विश्व क्यान्सर दिवस बिषेष
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago