गण्डकी सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय पोखराबिच मंगलबार सम्झौता भएको हो ।
कार्यक्रमले कोभिड १९ बाट प्रभावित उद्यम व्यवसाय पुनः चलायमान बनाउने उद्देश्य लिएको छ ।
व्यवसाय तथा उद्यम गर्ने कोभिड प्रभावित व्यवसायीले व्यवसाय ५० हजारदेखि १५ लाखसम्म निब्र्याजी ऋण प्राप्त गर्न सक्ने भएका छन् ।
विभिन्न ४ वटा कर्जा शीर्षकमा गण्डकी प्रदेश भित्रका सबै पालिकाहरूमा रहेका १८ वटा वाणिज्य बैङ्कका ४८० वटा शाखा मध्ये जुनसुकै शाखाबाट पनि कर्जा माग प्रस्ताव फारम मार्फत कर्जाको आवेदन दिन सकिने व्यवस्था छ।
वाणिज्य बैङ्कले कर्जाको अवधि ३ वर्ष सम्म रहने गरी रु १ लाख देखि १५ लाखसम्म लघु घरेलु साना उद्यम कर्जा तथा साना पर्यटन व्यवसाय कर्जा उपलब्ध गराउनेछन् ।
कर्जा आवेदनका लागि सरकारी तहमा दर्ता भई उद्यम वा व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्नेछ ।