Skip This
Navigation
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
आइतवार, माघ ४, २०७७ ०३:२३:५० युनिकोड
  • मुख्य कलम
  • हाम्रो बारेमा
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
    • अर्थ
    • शिक्षा/स्वास्थ्य
    • बिज्ञान/प्रविधि
    • कला/साहित्य
    • राजनीति
    • अपराध
    • मनोरन्जन
    • समाज
    • घटना/दुर्घटना
    • राष्ट्रिय समाचार
  • खेलकुद
  • अन्य
    • बिश्व पत्रपत्रिका
    • रोचक कुरा
    • अन्र्तवार्ता
    • बौद्धिक कलम
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • स्थानीय
    • चितवन बिषेष
    • नवलपुर बिषेष
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
अर्थ
  • Home
  • अर्थ
  • दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै
64x64
शनिवार, पुष २५, २०७७ रासस

नारायण अधिकारी

चितवन, पुस २५–

दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उहाँले जानकारी दिनुभयो । पुरीले भन्नुभयो, “गत वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले रु ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”

गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३÷७४ सम्म यो शुल्क १।६ प्रतिशत मात्रै थियो । पुरी भन्नुहुन्छ, “नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।”

अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उहाँको तर्क छ । कँडेलले भन्नुभयो, “उत्पादन बढाएर सरकारले मकै र भटमासको दर तोकिदियोस् हामी सबै खरीद गर्न तयार छौँ । ”

कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उहाँले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताउनुभयो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताउनुहुन्छ । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ ।

स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहनुभएका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेसिएको छ ।” उहाँको कम्पनीले मात्रै वार्षिक रु एक अर्ब कच्चा पदार्थ खरीदका लागि विदेश पठाउने गरेको छ । नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उहाँले सरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनाल दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालमा जमीन बाँझो छ, मानिस बेरोजगार छन्, कृषि उत्पादन विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।” यहाँको उत्पादन लागत बढेको कारण भारतबाट चोरी पैठारी गरी कुखुराजन्य पदार्थ आउने गरेको उहाँले बताउनुभयो ।

किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेल आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा रु ७० करोडभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुहुन्छ । सङ्घका चितवन जिल्ला उपाध्यक्षसमेत रहनुभएका पोखरेल दाना उद्योगमा आवश्यक औजारमा लाग्ने गरेको भन्सारमा सरकारले एक प्रतिशत मात्रै लिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले कुखुराजन्य उत्पादनको खपत बढाउन प्रचारप्रसारमा सहयोग गर्नुपर्ने र विदेशबाट आउने कुखुराजन्य पदार्थ रोक्नु पर्छ ।”

नेपालमा हाल करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै रु ४० अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक डा दिनेश गौतम सरकार र निजी क्षेत्र मिलेर दानाको कच्चा पदार्थ उत्पादनमा जुट्नु पर्ने बताउनुहुन्छ ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्वकेन्द्रीय सचिव मदन पोखरेलले दाना सस्तो भएमा अण्डा र मासु सस्तो मूल्यमा दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “हेर्दा सामान्यजस्तो देखिए पनि हाम्रो धेरै पैसा विदेसिएको छ । समयमै सरकारले सरकारले सोच्नुपर्छ ।”

दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ ।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०३:२१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण
कावासोतीको फलफूल चोकबाट अवैध मालसामान बरामद
ब्यवसायीको ७ दिने अल्टिमेटमः राहत प्याकेज घोषणा गर्नुपर्ने माग
नयाँ कलम
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग आइतवार, माघ ४, २०७७
गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते
नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताः कावासोतीका भानु र आयोजक पहेलोले निकाले जित
अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
बैशाखमा निर्वाचन हुनै सक्तैन–डा. कोइराला
संसद विघटन विरुद्ध देशका सबै पालिकामा काँग्रेसको प्रदर्शन : कुन ठाउँमा कुन नेताले संबोधन गर्ने ?
निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी
मैले किन लेख्ने ?
माघ महिनामै जनकपुर–जयनगर रेल कुद्ने
समाचार
कूलपूजाका परिवार सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु मंगलबार, मंसिर १७, २०७६
अर्थ
सरकारी निर्णयको बिरोधमा निजी क्षेत्रका छाता सङ्गठनहरू सोमवार, पुष २७, २०७७
कावासोतीको महाराजा र हुप्सेकोटको लुम्बिनी सहकारीबीच भयो एकिकरण शनिवार, पुष २५, २०७७
दानाको कच्चा पदार्थमा विदेशीको भर, कुखुराजन्य उत्पादनको लागत महँगो बन्दै शनिवार, पुष २५, २०७७
शिक्षा/स्वास्थ्य
उपत्यका बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने, यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्बिने
शिक्षक जिल्लान्तर सरुवा रोक्का
सम्पर्क ठेगाना

सायरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीका


सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर: १६६६
अध्यक्ष एबम् प्रबन्ध निर्देशक : रमेश बस्ताकोटी
सम्पादक : शालिकराम कोईराला
भाषा सम्पादक : किशोर काफ्ले
बजार ब्यबस्थापक : प्रदीप अधिकारी ( चितवन) शालिकराम भट्टराई ( नवलपुर)

मुख्य कार्यालय : भरतपुर-१० दिपेन्द्रचोक चितवन
कर्पोरेट कार्यालय: कावासोती- ३ , नवलपुर ( कुमारवर्ती क्याम्पस अगाडि)
सम्पर्क नम्बर : ९८५७०४०३१९ , ९८७५७०४१४८५, ९८५५०६१६४८
ईमेल : [email protected] [email protected]
ट्रेण्डिङ
  • #नेविसंघ विवाद
  • #विश्वकप क्रिकेट लिग–२
  • #दुर्गा प्रसाई प्रकरण
  • #जेसीज
  • #चितवन ट्राफिक
मेनु
  • समाचार
  • खेलकुद
  • अन्य
  • सम्पादकको कलम
  • कोरोना कलम
  • मध्यनेपाल बिषेष
  • स्थानीय
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
सत्य कलम
©Satya Kalam-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago