काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २१ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान सम्ममा नेपालले कूल १७ स्वर्ण सहित ३ राजत र ८ कास्य गरी कूल ३२ पदक जित्दै सागको ईतिहासमै पहिलोपटक शीर्ष स्थानमा पुगेको हो ।
सोमबार बेलुकीसम्म कराते र तेक्वान्दो र ट्रायथलनमा गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जितेका छन् । १७ औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाएकी हुन् ।
नेपालले अहिलेसम्म २१ स्वर्ण, ३ रजत र ८ कास्य गरी ३२ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
नेपालले जितेका पदक र खेलाडीहरुको नामावली
स्वर्ण पदक विजेत खेलाडी
कराते – (७ स्वर्ण पदक)
काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)- मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ केजीमाथि- विप्लवलाल श्रेष्ठ
५०केजी- लक्ष्मण तामाङ
५० केजीमुनि (महिला)- अनु अधिकारी
४५ केजीमुनि (महिला) – कुसुम श्रेष्ठ
तेक्वान्दो – (७ स्वर्ण पदक)
पुम्से (२९ वर्षमाथि समूहगत) – आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) – आयशा शाक्य
पुम्से (२३-२९ वर्ष एकल)- पार्वती गुरुङ
पुम्से (२३-२९ वर्ष एकल)- कमल श्रेष्ठ
पुम्से (१७-२३ वर्ष एकल)- सिना मादेन लिम्बु
पुम्से (महिला समूह (२३-२९ वर्ष)- निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई
महिला समूह (७-२३ बर्ष) – निशा दर्नाल, स्वस्तीका तामाङ, सञ्जीला तिम्सिना
ट्रायथलनतर्फ
सोनी गुरुङ
उसुतर्फ
विजय सिञ्जीली
सुस्मिता तामाङ
रजत पदक र विजेता खेलाडी (३ पदक)
कराते (एकल काता)- चन्चला दनुवार
कराते (८४ केजीमुनि)- दिवश श्रेष्ठ
तेक्वान्दो (१७-२३ वर्ष)- कृष्णबहादुर तामाङ
कास्य पदक र विजेता खेलाडी (८ पदक)
तेक्वान्दो पुम्से पुरुषतर्फ (२३ वर्षमाथि) कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेम बहादुर लिम्बु
तेक्वान्दो पुम्से पुरुष टिम (१७-२३ वर्षसम्म) शिसिर श्रेष्ठ, अस्मिन राउत र दिपेन्द्र गुरुङ
तेक्वान्दो पुरुषतर्फ २९ वर्षमाथि – रेजिन रिमाल
पेयर पुम्से (१७-२३ वर्षसम्म)- अस्मिन राउत र सिना लिम्बु मादेन
पेयर पुम्से (२३-२९ वर्षसम्म)- जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलनतर्फ – वसन्त थारु
ब्याडमिन्टनतर्फ- पुरुष टिम इभेन्ट्स र महिला टिम इभेन्ट्स