ब्रोइलर र कोइलर कुखुराको मासुको भाउ बढाउने नाममा नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्लालाई ज्यादै निर्मम तबरले मारेको छ । तत्कालको फाईदाका लागि आवाज बिहिन पंक्षिको यस्तो निर्मम हत्या गरिनु निकै खेदजनक कार्य हो ।
यसरी मारिएका चल्लाहरुको बजार मूल्य १५ करोड रुपैयाँ पर्छ। संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको हो। संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेपछि साना किसानहरुले समेत गुनासो गरेका छ्न् । त्यही चल्लाबाट आम्दानी गर्ने व्यावसायि हरुले यसरी निर्मम चल्याको हत्या गर्नुलाई कुनै पनि दृष्टिकोण बाट जायज मान्न सकिँदैन ।
यदि चल्ला बढी उत्पादन भएर मासुको मूल्य घटेको हो भने बरु चल्ला उत्पादन कम गर्ने हो । सन्तुलित तबरले उत्पादन गर्नु पर्छ । तर यसरी जिउँदो पंक्षीको निर्मम हत्या गर्नु अत्यन्त निन्दनीय कार्य हो । काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएका छ्न् । संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएर र कतिपय ठाउँमा जिउँदै पुरिदिएर पंक्षि हत्या गरेका हुन् ।
संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेको कुरा छ । उपभोक्ताको आँखाले हेर्दा पनि यो कुरा जायज मान्न सकिँदैन , उपभोक्ताले सर्बसुलभ तबरले सहज रुपमा खरिद गर्न पाउनु पर्छ तर यसप्रकारको कार्टेलिङ गरेर उपभोक्तालाई समेत ठग्न पाईदैन , यो पनि अर्को अपराध हो । संघले अझै एक साता चल्ला मार्ने जनाएको छ । समन्धित निकाएको ध्यान यस तर्फ जाओस् । प्रशासन ले हस्तक्षेप गरेर निर्मम तबरले चल्ला मार्न रोक्न आबश्यक छ । यसले एकातर्फ सानाकिसान मर्कामा परेका छन् भने अर्को तर्फ उपभोक्ताले सस्तोमा पाउने चिजलाई महङो हाल्न बाध्य भएका छन् ।
मुलुकी ऐनमा कुनै पनि पशुपन्छीलाई यातना दिएर मार्न नपाइने व्यवस्था छ । पशुपन्छीलाई यातना दिएर मारेमा तीन महिना कैद वा ५० हजारसम्म जरिबाना गराउने व्यवस्था छ। व्यावसायिक लाभ लिनकै लागि जिउँदो चल्ला मार्नु जघन्य अपराध हो। जुन चल्लाबाट पैसा कमाउने हो, त्यसैलाई यातना दिएर मार्नेलाई कारबाही गर्नुपर्छ। अर्को तर्फ उपभोक्ता संरक्षण ऐनविपरीत ह्याचरी संघले एकलौटी रूपमा चल्ला उत्पादन क्षेत्रमा सिन्डिकेट कायम हुने गरी कार्टेलिङ गर्नुपनी अपराध हो ।
कुखुराको मासुको कृतिम अभाव सिर्जना गरि मूल्य बढाउन खोज्नु सरासर गलत हो । यस तर्फ प्रशासनको ध्यान जाओस् । संघले गरेको यो निर्णय अत्यन्त निन्दनीय र क्रूर र छ। व्यावसायिक लाभ लिनका लागि जिउँदो चल्ला मार्नु खेदजनक हो । यो कार्यमा संलग्न जो कोहि भएपनि तत्काल कारबाहि गर्न आबश्यक छ ।