नविन पौडेल , चितवनका सफल संचार उद्यमी हुन् । उनले अहिले भरतपुरमा रेडियो भरतपुर र भरतपुर पोष्ट अनलाईन न्युज पोर्टल संचालन गरिरहेका छन् । त्यसो त उनको बिज्ञापन व्यवसाय पनि छ । बिज्ञापन व्यवसायमा पनि सफल पौडेल आफैमा एक अव्वल संचारकर्मी पनी हुन् । अहिले कोरोना महामारी बेलामा धेरै रेडियोहरु गित बजाउने र नेटकर्वका समाचार बजाएर बसीरहेका बेला पौडेलले संचालन गरेको रेडियो भरतपुरले भने नियमित रुपमा कार्यक्रम र समाचार प्रसारण गरिरहेको छ । लकडाउन पुर्व र लकडाउनका बेलामा रेडियोबाट प्रसारण हुने कार्यक्रम र समाचारहरुमा कुनै भिन्नता छैन । विपद्का बेलामा मात्रै एक रेडियो र रेडियोकर्मीहरुको परिक्षा हुने बताउने पौडेलले यो लकडाउनका बेलामा कसरी रेडियो संचालन गरिरहेका छन् त ?प्रस्तुत छ उनीसंग सत्यकलम डिजिटल पत्रीकाले गरेको कुराकानीको संक्षीप्त अंश :
तँपाईको दिन कसरी बितेको छ ?
मेरो दैनिकी प्रायः जसो पहिलेको जस्तै नै हो किनभने सञ्चारकर्म र उद्यम मेरो पेशा भएकोले पनि होला खासै फरक परेको छैन यद्यपि अन्य साथीहरू र विभिन्न क्षेत्रमा भेटघाट गर्न नपाउँदा भने केहि असहज पक्कै भएको छ । तर बिश्वब्यापी संकट परेको बेला सरकारलाई सहयोग गर्नु एउटा जिम्मेवार नागरिकको जिम्मेवारी पनि त हो ।
पेशालाई कसरी निरन्तरता दिनुभएको छ ?
मेरो पेशा संचार र बिज्ञापन ब्यबसाय हो यी दुबै जहिले पनि जिबन्त रहने कुरा हो बिज्ञापन उद्योग भने अहिले बन्द छ भने अफिस घरबाट ईन्टरनेट बाट चलाएको छौं एफएम र अन्लाईन पत्रिकामार्फत हामी निरन्तर समाचार दिइरहेका छौ । हाम्रो मिडियाका साथीहरू दिन रात नभनी काम गरिरहेका छन् हामीले अफिसमा क्वारेन्टाइनको ब्यबस्थापन मिलाएको छौं । र खान बस्ने सुबिधा दिएका छौ ।
यो असहज बेलामा कर्तव्य कसरी निर्बाह गर्नुभयो ?
हामी निरन्तर न्युज मा छौ सूचना अपडेट र स्थानीय नेतृत्वको अन्तरबार्ता दिईरहेका छौ नयाँ कुरा के भने हामीले जनताको राहतको विषयमा राम्रो खबरदारी गरेका छौं ।
नयाँ कुरा केही सिक्नुभयोकी ?
घरमा थोरै बाहिर धेरै बिताउने बानी थियो अहिले घरमै बस्न ,एकान्तमा बस्न ,लेख्न र पढ्न पाईएको छ खासै सिक्न त केहि सिकेको छैन ।
यो महामारी प्रकोपको रोकथाम तथा नियन्त्रणमा यहाँले पनि केही भुमिका निर्बाह गर्नु भयो कि ?
अबस्यपनी बिगत दुई दशक देखि पत्रकारितामा छु हिजो श्रमजिबि थिए आज मालिकको भुमिकामा छु । तर मैले पत्रकारिता बुझेकोले हाम्रो मिडियामा काम गर्नेलाई सहजता छ ,उनीहरुको मेहनत नै सूचनाको संबाहक हो जनतालाई सहि सूचना दिनु ,जागरुक बनाउनु र समाजमा सचेतना फैलाउनु भन्दा ठुलो अर्को भुमिका के हुन्छ र ?
लकडाउन ले तँपाईलाई पारेको प्रभाब के हो ?
मलाई भन्दा पनि देशलाई नै संकट पारेको छ नि सारा अर्थतन्त्र चौपट्टै भयो सबै नेपालीले खाना खान पनि पाएका छैनन् ,बेरोजगार बढने निश्चितै छ सरकारले स्वास्थ्य सेवा दिन सकेको छैन ,स्वस्थ्यकर्मी ले उपचार सामग्री पाउन सकेका छैनन् ,अरु रोगका बिरामी उपचार नपाएकाले अकालमा मर्न बाध्य भएका छन् ।
यहाँको दैनिकि कस्तो छ ?
बिहान उठेपछि खाजा खाएर समाचार सुन्ने ,हेर्ने र पढ्ने अनि श्रीमती संग ब्याट मिन्तन खेल्ने ,नुहाउने त्यसपछि खाना खाएर बच्चा हरु संग खेल्ने दिउँसोमा बच्चालाई होमवर्क गराउदै सामाजिक संजालमा भुल्ने ,रेडियोमा गएर कार्य तालिका बनाएर कामको निर्देशन दिने ,अनि घर आएर खाजा खाने बच्चालाई खेल्लाउने ,एकछिन एकान्तमा हिड्ने वा घुम्ने बेलुका तख हेर्ने अनलाइन पढ्ने कहिले आफू पनि लेख लेख्ने वा पुस्तक पढ्ने र खाना पछि बच्चा संग खेल्ने अनि सुत्ने यहीं हो ।