काठमाण्डाै – गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गएराति एक बजेतिर गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।
दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ आएर स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयाे । शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उहाँकाे भनाइ छ । यस्तै एअर ब्याग र सिट बेल्टकाे प्रयाेग गरेका कारण आफ्नाे ज्यान जाेगिएकाे पनि उहाँले बताउनुभएकाे छ ।