काठमाडौं : चर्चित लोकदोहोरी गायlका विष्णु माझीको ‘मुटु खाने माया’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ।
गीतमा शब्द र संगीत अधिकारीको रहेको छ। म्युजिक एरेन्ज विनोद बाजुरालीको रहेको छ। सपना म्युजिक इन्डष्ट्रिज युट्युबबाट अफिसियल रूपमा सार्वजनिक भएको गीतमा अधिकारी र प्रिया विष्टको अभिनय रहेको छ।
देशका विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियोको निर्देशन अधिकारीले नै गरेका छन् भने सम्पादन सुजन शाहीले गरेका हुन्।