बिशेष सम्पादकीय : सत्यको पक्षमा सधै रहन्छौ
दुई दशक लामाे पत्रकारिताकाे इतिहासलाई साक्षी राख्दै "सत्यकलम" लिएर हामी हाम्रा पाठक समक्ष नयाँ ढङ्गले प्रस्तुत भएका छाैं । युग परिवर्तनकाे संवाहक मानिने पत्रकारिता जगतले चाहेकाे र खाेजेकाे, सजिलाे तर निकै असजिलो एवं चुनाैतीपूर्ण यात्राकाे निम्ति तम्तयार भएर हाम्राे टिम डिजिटल यात्रामा अघि बढ्दैछ ।
याे नयाँ पथमा हाम्रा हिजाेका असल पदचापहरूले निरन्तरता पाउने छन्। पत्रकारितामा कहिल्यै साैदाबाजी नगरेका र जथाभावी मसी नलत्पत्याएकाहरूकाे जबर्जस्त टिमले संचालन गरेको डिजिटल पत्रीका हाे सत्यकलम ।
हाम्रा तमाम पाठकले हामीलाई रात दिन घच्घच्याईरहे,खै तिम्राे कलमले किन बिसाैनी लियाे भनेर , हामी बिसाएका थिएनाैं,सुस्ताएका थिएनाैं र हराएका पनि थिएनाैं । बरू नयाँ कामकाे निम्ति फराकिलो याेजना सहित जुरूक्क उठ्दै थियौँ त्यसैकाे परिणाम हाे सत्यकलम डिजिटल पत्रीका ।
मूलुक संघियताकाे फड्काे सहित नयाँ चरणमा प्रवेश गरेकाे छ । जनताकाे ईच्छा,अाकाँक्षा र तिब्रतम विकासकाे चाहनामा राज्यले अपेक्षित ध्यान पुर्याउन नसक्दा कता,कता जनतामा लाेकतन्त्र र गणतन्त्र प्रतिनै निराशा छाएकाे छ । लाेकतन्त्रकाे शाश्वत मूल्य-मान्यता र अादर्शलाई शिराेधर गर्दै यसैबाट सामाजिक, आर्थिक साँस्कृतिक रूपान्तरणमा सारथि बन्नेछ सत्यकलम ।
सरकारले प्रत्याभूत गर्न नसकेकाे सुशाशनकाे पक्षमा हाम्राे कलम कहिल्यै डगमगाउने छैन । ओझेलमा परेका वालवालिका,जेष्ठ नागरिक, अपांगता भएका, महिला,दलित र पछाडि पारिएका बर्ग र समुदाय, मधेसी, मुश्लिम, अादिबासी सबैकाे आवाज बन्नेछ सत्यकलम ।
हाम्राे कलमकाे मसी कुशासनकाे बिरूद्धमा प्रयाेग हुनेछ । भ्रष्टाचार मुक्त समाज र विकासमा बल पुर्याउने अभियानमा खर्चिने छ । विकासका बेथिति र साशकका कार्यशैलिमा हाम्राे निरन्तर निगरानी रहि-रहने छ । सत्यकलम सबैकाे सत्यकाे साझा चाैतारी बन्नेछ ।
हाम्राे याे अभियानले पाठकहरूबाट सदैव उर्जा, हाैसला र रचनात्मक सुझावकाे अपेक्षा राखेकाे छ । यहाँहरूकाे निरन्तर मायाँ र सद्भभावले हामीलाई निकट भविष्यमै सत्यकलम साप्ताहिक पत्रिका प्रकाशन गर्न अभिप्रेरित गर्नेछ । यहाँहरु सबैको साथ सहयोग को अपेक्षा गर्दछौ ।
- सालिकराम कोइराला , सम्पादक