नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन यही पौष ९, १० , ११ र १२ गते चितवनको रत्ननगरमा हु्दैंछ । महाधिवेशन नजिकिदैं गर्दा नेपाल जेसीजको आगामी नेतृत्वका लागि रस्साकस्सी पनि शुरु भएको छ । जेसीजमा एक पद , एक व्यक्ती र एक कार्यकालको आधारमा निर्वाचन हुने गर्दछ ।
यस अर्थमा आगामी बर्ष सन् २०२० को नेतृत्वका लागि यो निर्वाचन हुन लागेको हो । निर्वाचनमा चितवनका युवा अरुणेश्वर खनाल आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई जेसीज भित्र नेपाल जेसीजका पुर्व राष्ट्रीय उपाध्यक्ष सुदिप सिंह अधिकारीले नेतृत्व गरेको समुहको समर्थन छ । पछिल्लो पटक जेसीजमा बलियो समुह मानिने अधिकारीको समुहबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका खनालले पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सबै जेसीजका शाखाहरुमा पुगेर आफ्ना एजेण्डा बारे जानकारी गराएका छन् ।
सन् २००४ देखि जेसीज अभियानमा लागेका खनाल सन् २०१० मा बीसहजार जेसीज भरतपुर चितवनको शाखा अध्यक्ष , सन् २०१२ मा राष्ट्रीय उपाध्यक्ष , सन् २०१३ मा राष्ट्रीय महासचिव र सन् २०१६ मा राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भई काम गरिसकेका छन् । अहिले निर्वाचनका लागि आन्तरिक रणनिति तय गर्न व्यस्त भएका खनाल संग चुनावी एजेण्डा रणनिति र उनका अनुभवबारे सत्यकलम संवादाताले गरेको कुराकानीको संक्षिप्त अंश :
प्रश्न ः अब त निर्वाचन पनि नजिकै आइसक्यो , आफुलाइ कत्तीको बलियो महसुस गर्नुभएको छ ।
उत्तर ः मलाइ देशभरका साथीहरुको समर्थन छ , मरो प्रतिष्पर्धा कसैसंग छैन । म दुई तिहाई भन्दा बढी साथीहरुको मत प्राप्त गरेर नेपाल जेसीजको राष्ट्रीय अध्यक्ष बन्ने कुरामा दुई मत नै छैन ।
प्रश्न ः अरु उम्मेदवारहरु पनि त्यसै भन्छन् नी ?
उत्तर ः उहाँहरुको पनि आफ्नो दावी होला , त्यमा म टिप्पणी गर्दिन । मेरो दावी चाहिँ आधारहरु सहित छन् । म आधार विना प्रचारका नाममा मनगढन्ते दावी गर्दिन , म फेरी भन्छु , म दुईतिहाई मतले जित्छु ।
प्रश्न ः नेपाल जेसीजको राष्ट्रीय अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ , के छन् तपाईका चुनावी एजेण्डा ?
उत्तर ः राजनितिक दलहरुमा जस्तो जेसीजमा झुटा आश्वासन दिने गरि धेरै चुनावी एजेण्डा हुदैनन् । जेसीजलाई कसरी उयत्कृष्ट बनाउन सकिन्छ र देशभरका जेसीजहरुलाई कसरी सस्थाको उदेश्य अनुरुप अगाडी बढाउन सकिन्छ भन्ने नै मुल बिषय हो । जेसीस्ज मुलत: व्यक्ती नेतृत्व , व्यक्तीत्व र क्षमता विकास गर्ने एउटा तालिम प्रदायक सस्था हो । मैले आगामी बर्ष जेसीजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु । तालिम विना कोहि पनि व्यक्ती पर्फेक्ट हुन सक्दलैन यस कारण तालिमलाई नै म मुख्य प्राथमिकता दिनेछु , यसका लागि चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गरि जेसीज साथीहरुलाई सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्न म लागि पर्नेछु ।
प्रश्न ः तपाईले तालिमलाई प्राथमिकता दिन्छु भन्नुभयो , के यस अघि जेसीजमा तालिम हुन्थेनन् र ?
उत्तर: मैले त्यसो भन्न खोजेको होईन , जेसीज आफैमा एउटा तालिम प्रदायक सस्था हो । यो सस्था भित्र तालिम नहुने भन्ने कुरानै भएन । मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने मेरो प्रयास हुनेछ । त्यसका लागि चावटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गर्नेछु । यस अघि पनि क्षेत्रगत रुपमा यस्ता तालिम प्रदान गर्ने गरि प्रतिष्ठान स्थापना भएको थियो तर पछिल्लो केहि बर्ष यता त्यो बन्द भएको छ । म त्यसलाइ पुनःस्थापना गरेर जेसीज साथीहरुलाई सर्वसुलभ तवरले तालिम प्रदान गर्ने कुरामा लाग्नेछु । तालिम लिनकै लागि धेरै खर्च गरेर टाढा जान नपरोस् , आफ्नै क्षेत्रमा सहज तरिकाले तालिमहरु हुन् र यसले जेसीज साथीहरुलाई सहज होस् भन्ने मेरो उदेश्य हो । अर्को कुरा म तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवपहारिक रुपमा लैजान चाहान्छु । तालिम लिईसकेपछि तालिम लिने मान्छेले त्यसलाई व्यवहारमा उतारोस् भन्ने मेरो चाहाना छ । खाली औपचारिक रुपमा मात्र तालिम नहोस् तालिमले मान्छेको जिवनशैलीमानै परिवर्तन ल्याओस् भन्ने मेरो उदेश्य हो । यसका लागि प्रशिक्षकहरुलाई सोही बमोजिमको कोर्स डिजाईन गर्न लगाई आगामी बर्ष तालिम प्रदान गर्ने मेरो उदेश्य हो ।
प्रश्न ः देशभरि हिड्नु्भयो जेसीजहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
उत्तर : व्यक्तीगत रुपमा मैले साथीहरुको अपार समर्थन पाएको महसुस गरेको छु ।र साथीहरुले देखाएको प्रेम र सद्भावले म उत्साहित छु । साथीहरुमा म प्रति एउटा बिश्वास छ , म यो बिश्वासलाई खेर जान नदिने गरि काम गर्नेछु । अरुणेश्वर खनालले गर्न सक्छ र जेसीजमा केहि न केहि परिवर्तन ल्याउछ भन्ने कुरामा साथीहरु बिश्वस्त हुनहुन्छ । यसकारण पनि मैले राम्रो गर्ने पर्छ , मैले जति पनि आफ्ना एजेण्डाहरु साथीहरुलाई सुनाए त्यसलाई उहाँहरुले समर्थन गर्नुभएको छ । यो नै म बलियो भएको आधार हो । सुाथीहरुको बिश्वास आर्जन गरेको छु । लामो समय जेसीमा काम गरे , म बीसहजार जेसीजको बर्ष २०१० को शाखा अध्यक्ष हो । सन् २००४ देखिनै जेसीजको सदस्यता लिएर निरन्तर १५ बर्ष देखि जेसीज अभियानमा छु । राष्ट्रीय उपाध्यक्ष , राष्ट्रीय महासचिव , राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भएर काम गरिसकेको छु । त्यसकारण पनि जेसीजलाई अब कसरी लैजाने भन्ने बिषयमा मेरो यो लामो अनुभवको सदुपयोग गर्नेछु र सकारात्मक परिणाम दिने कुरामा लागि पर्ने छु । साथीहरुले यही कुरामा मलाई बिश्वास गर्नुभएको छ । म साथीहरुको यही बिश्वासको जगमा उभिएर विजयी हुने कुरामा बिश्वस्त पनि छु ।
प्रश्न ः जेसीजले समाज र देशमा साकारत्मक प्रभाव पार्ने गरि काम गरेको देखिदैन , यस्तो किन भईरहेको छ ?
उत्तर ः तपाईले भनेका कुरा केहि हद सम्म सत्य पनि होला , तर पुरै सत्य होईन । हाम्रो ईतिहास हेर्नुहोस् , जेसीज बिधिको शाशनमा बिश्वास गर्छ , मानवताको कार्यलाई आफ्नो आर्दश ठान्छ । हाम्रो आस्था हेर्नुहोस् समाज रुपान्तरणका लागि जेसीजले सबै काम गर्दे आईरहेको छ । निरंकुश र कहालि लाग्दो शाशन व्यवस्था भएका बेलामा पनि जेसीजले आफ्नो द्धिान्त संग कहिल्यै सम्झौता गरेन र आगामी दिनमा पनि गर्ने छैन । हिजो राजाको निरंकुश शाशन व्यवस्था भएको बेला होस् या पंचायती व्यवस्था हुदा होस् जेसीजले बिधिको शाशननै मुलुकका लागि चाहिन्छ भनेर वकालत गरेको छ । तपाईले जेसीजका गतिबिधि आउटडोर रुपमा धेरै देखिएन भन्ने कुरा गर्नुभएको होला , त्यसमा म पनि चिन्तित छु , यदी म राष्ट्रीय अध्यक्ष बन्न सके भने हरेक नागरिकले देख्ने गरि आउटडोर गतिबिधि पनि हुनेछन् । आफ्नो मिसन , भिजन र गोलमा केन्द्रीत रहेर आफ्ना आस्थालाइ शिरोपर गर्दे यस्ता गतिबिधि जेसीजले अब गर्नेछ । जेसीजलाई राष्ट्रको एउटा महत्वपुर्ण सस्थाको रुपमा विकास गर्न म लागि पर्नेछु ।
प्रश्न ः तपाई संगै अरुपनि प्रतिष्पर्धामा छन् ? तपाइृ र उनिहरुमा फरक के हो ?
उत्तर ः हो म संगै अरु तिन जना साथीहरु पनि प्रतिष्पर्धामा हुनहुन्छ , उहाँहरु जेसीज अभियानकर्मी हो । संगसंगै जेसीज आन्दोलनमा छौं । चुनावका बेला एजेण्डाले फरक हुने कुरा हो । नेेतृत्वका हिसावले फरक हुने कुरा हो । मैले देशभरका साथीहरुलाई आफ्ना एजेण्डामा कन्भिन्स गर्न सके भने त्यो नै फरक कुरा हो । मैले पुर्वदेखि पश्चिम सम्म पुग्दा आफ्ना एजेण्डामा साथीहरुलाई कन्भिन्स गर्न सकेको छु जस्तो लाग्छ , यो नै फरक कुरा हो । जेसीजका साथीहरुले एजेण्डा हालेर भोट हाल्छन् । अनुभवी नेतृत्वलाई स्विकार गर्छन् । त्यस कारण मैले म बिचित्रै फरक छु भन्न भन्दा पनि एजेण्डागत रुपमा फरक महसुस गर्ने कुरा हो । यो साथीहरुले महसुस गर्नुभएको छ ।
प्रश्न ः जेसीज पनि राजनिति बाट ग्रसित छ भनिन्छ , कुरा के हो ?
उत्तर ः हरेक मान्छेको आफ्नो आफ्नै राजनिति आस्था हुन्छ , यो स्वभाविक कुरा हो । मेरो एउटा आस्था छ , तपाईको अर्को आस्था होला । भोट हाल्ने चिन्ह मानिस अनुसार फरक फरक होला । तर जेसीजमा राजनैतिक आस्थाले केहि फरक पार्देन । किनकी यो राजनिति गर्ने थलो नै होईन । यो सिक्ने र सिकाउने थलो हो । त्यसकारण यहा राजनैतिक आस्थाले केहि फरक पार्देन । राजनितिक आस्थाको आधारमा यहा बिभाजन पनि हुदैन । न हिजोका दिनमा त्यस्तो भयो , न भोलिका दिनमा ह्न्छ । जेसीज भित्र राजनिति हुन्छ भनेर जुन हल्ला फिजाईएको छ त्यो विलकुल गलत कुरा हो । यहाँ आफ्नो विवेक प्रयोग गरेर मतदान गरिन्छ । जेसीजले सबैलाई समान रुपले हेर्छ । राजनितिक आस्थाकै आधारमा याहा कुनै बिभेद हुदैन ।
प्रश्न ः अघि म संग आधारहरु छन् भन्नुभाथ्यो ,अब भन्नुहोस् तपाई बिजय हुने आधारहरु के के हुन् ?
उत्तर ः पहिलो कुरा त साथीहरुको म प्रतिको बिश्वास नै म बिजय हुने आधार हो । म यही बिश्वासको जगमा विजय हुने कुरामा अत्यन्तै बिश्वस्त छु । अर्को कुरा मैले Rise To change , Leadership practices gor Human Development भन्ने प्रकरणका साथ मैदानमा आएको छ । परिवर्तनका लागि हामी उठ्नु पर्छ र मानवको चौतर्फि बिकासका लागि नेतृत्वले काम गर्नुपर्छ अर्थात् नेतृत्वको अभ्यास त्यो तर्फ केन्द्रित हुनुपर्छ भन्ने मेरो कुरा हो । किनकी नेताका कुरालाई धेरैले फलो गर्छन् । त्यसैले नेतृत्वले गर्ने अभ्यास अनुकरणीय हुनुपर्छ भन्ने हो । । साथीहरुले यसलाई पराईदिएका छन् । यो नै बिजयको अधार हो ।
अर्को कुरा राज्यका बिभिन्न अङ्गहरु संग समन्न्वय गरि देशभर जेसीजवादको विकास गर्नका लागि म लागि पर्नेछु । परम्परागत नभई व्यवहारिक तालिम र तालिमलाई सिपमा परिवर्तन गराउन मेरो प्रयत्न हुनेछ । यो संगै प्रशिक्षित नेतृत्वको उत्पादन र खारिएको नेतृत्व समाजलाई हस्तान्तरण गर्न एक बर्ष भरि म क्रियाशिल हुनेछु । बिधिको शासन र लोकतान्त्रिक पद्धतिको कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्दे राज्यलाइृ जिममेवार बनाउन हाम्रा कार्यक्रम केन्द्रित हुनेछन् ।
मानव सेवाको लागि युवाहरुलाई अभिप्रेरित गर्र्दै उनिहरुमा सकारात्मक सोचको विकास गर्ने नेपाल जेसीजको हरेक क्रियाकलापहरुलाई समयानुकुल परिवर्तन गर्र्दैे त्यसलाई परिणाममुखी बनाउने ,जेसीज अभियानलाई प्रभावकारी बनाउदै नेपाल जेसीजलाई राज्यको एक महत्वपुर्ण सस्थाको रुपमा विकास गर्न लागि पर्ने लगायत मेरा प्रमुख एजेण्डा हुन् । यसका अलावा राज्यको नीति निर्माण तहमा जेसीज नेतृत्वको उपस्थिति गराउदै राज्यका महत्वपुर्ण अङ्गहरुमा जेसीज स्कुलिङ्गको नेतृत्व स्थापित गर्नका लागि म लागि पर्ने छु । यो संगै देशभरका युवाहरु बिच भाईचारा सम्बन्ध स्थापित गर्दै राष्ट्र निर्माणमा युवाहरुलाई समाहित गर्नप्रेरित गर्ने जेसीजका अबसरका क्षेत्रहरु व्यक्तिगत , व्यवसायिक , सामुदायिक र अन्तराष्ट्रिय क्षेत्रहरुको व्यवहारिक रुपमा अभ्यास गर्न कार्यक्रमहरु तय गर्नेै प्रतिबद्धता मैले साथीहरुका बिचमा गरेको छु ।र मलाई लाग्छ यो नै म विजय हुने आधार हो । मलाई बिश्वास छ , जेसीज साथीहरुले यो पटक पक्कै म माथी न्याय गर्नेछन् ।