काठमाडौं : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई १ सय ९१ रनको ल्ष दिएको छ । टस हारेर व्याटिङ्गको निम्तो पाएको नेपालले आफ्नो सबै विकेट गुमाउँदै ४९.२ ओभरमा १९० रन बनाएको थियो ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५९ रन बनाए । एकदिसिय क्रिकेटमा आजै डेव्यु गरेका नेपालका कुशल मल्लले अर्धशतकीय पारी खेले । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले २१ , पारस खड्काले १९ रन बनाए भने करण केसीले १२ रन जोडे । नेपालका अन्य खेलाडीलेराम्रो प्रर्दशन गर्न सकेनन् ।


अमेरिकाका लागि स्टेभेन्सनले ३ , नेत्रभल्कर र थेरोनले २/२ विकेट लिए । त्यसैगरि हुचिन्सन,हल्याण्ड र गोरेले एक एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु भएको थियो । अमेरिकाले अब केहिबेरमा जवाफी व्याटिङ्ग गर्देछ । आजको खेलमा अमेरिकालाई हराउँदै नेपाल अंक तालिकामा दुई अंक जोड्दै आफूलाई बलियो बनाउँने योजनामा छ । पहिलो खेलमा ओमानसँग १८ रनले पारजित भएको नेपाललाई विश्वकपको आशा जोगाई राख्न आजको खेल जित्नै पर्ने दबाब छ । हालसम्मको नतिजा हेर्ने हो भने नेपाल अमेरिका सामू बलियो बन्दै आएको छ ।
हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।
मल्लले बनाए विश्वरेकर्ड
युवा अलराउण्डर कुशल मल्लले एकदिवसीय (ओडीआई) क्रिकेटमा विश्व किर्तिमान बनाएका छन् । बायाँ हाते युवा अलराउन्डर मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्धशतकीय पारी खेल्दै सर्वा्धिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् ।
कुशलले अमेरिकासँगको खेलमा ४९ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाएका हुन् । उनी ५० रन बनाएरै आउट हुन पुगे । कुशल आज १५ वर्ष ३ सय ४० दिनका रहेका छन् । यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए ।
रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए । जुन ओडीआई क्रिकेटमा सर्वा्धिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए । उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए ।