नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा भोलि अर्थात् माघ ९ गते देखि कावासोतीमा छैठौ नवलपुर महोत्सव को आयोजना हुँदै छ । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक नवलपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । यस बर्ष महोत्सव अझै आकर्षक हुने र स्थानीय उत्पादनहरुको प्रर्वद्धन हुने आयोजकको दावी छ । प्रस्तुत छ महोत्सवको सेरोफेरोमा रहेर आयोजक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल संग सत्यकलम डिजिटल पत्रिकाले गरेको कुराकानीको संक्षिप्त अंश :
प्रश्न : महोत्सवको तयारी कस्तो चल्दै छ ?
उत्तर : महोत्सवको सबै तयारी सकेका छौं । बुधबार साझ सम्ममा सबै तयारी सकेर अब हामी शोभा यात्रा र उद्घाटन समारोहको तयारीमा छौ । उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा महोत्सव उद्घाटनका लागि आउँदैहुहुन्छ । शोभा यात्रा पनि भव्य बनाउने योजनामा छौं । सबै उदोगी व्यवसायी र समग्र नवलपुरवासी यो महोत्सवलाई सफल बनाउन लाग्नुभएको छ । त्यसकारण महोत्सव भव्य हुन्छ । महोत्सवको समापनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्र िपृथ्वी सुव्वा गुरुङ्ग आउँदै हुनुहुन्छ । यसले पनि महोत्सवको प्रचारमा सघाउ पुगेको छ ।
प्रश्न : तर केहि व्यवसायीहरु महोत्सवमा अपनत्व महसुस गर्न सकिएन भनेर गुनासोृ गरेको पनि सुनिन्छ नी ?
उत्तर : होईन , सबै साथीहरुले यसमा अपनत्व फिल गरेको मैले महसुस गरेको छु । केहि सामान्य गुनासा हुन सक्छन् तर त्यसलाई पनि हामीले व्यवस्थापन गरिसकेका छौं । सबैको उत्साहपुर्ण सहभागिता हुन्छ । यसमा दुईमतनै छैन ।
प्रश्न : महोत्सवको व्यवस्थापन संघ आफैले नगरेर ठेक्कामा दिएको भन्ने प्रचारमा पनि आयो , सत्य केहो ?
उत्तर : त्यसमा कुनै सत्यता छैन । महोत्सवको सबै व्यवस्थापन संघले आफै गरिरहेको छ । हामीले प्रेस बिज्ञप्ति निकालेर यसबारेमा प्रष्ट पनि पारिसकेका छौं । अलि पहिले एकखालको ठेक्कामा दिने भन्ने निर्णय नभएको होईन , तर साथीहरुले ठेक्कामा दिँदा अपनत्व महसुस हुन्न भनेकाले हामीले त्यो निर्णय खारेज गरेर अहिले सबै व्यवस्थापन हामीले गरेका छौं ।
प्रश्न : यस पटक महोत्सव आयोजना गर्नुका उदेश्यहरु के के हुन् ?
उत्तर :हामीले यसबारेमा पहिलेनै पनि पत्रकार सम्मेलन गरेर प्रष्ट पारेका छौं । अरु महोत्सवमा झै हुने सामान्य कुराहअरु त सबै भईहाल्छन् । तर पनि हामीले अहिले पर्यटनलाई , स्थानीय उत्पादनलाई बिषेष जोड दिएका छौ । अहिले नेपाल भ्रमण बर्ष पनि चलिरहेको छ । यसको प्रवद्र्धन गर्दे नवलपुरका पर्यटकीय गन्तव्यहरुलाई देश बिदेशमा प्रचार गर्नु पनि महोत्सवको मुख्य उदेश्य हो । अर्को कुरा हाम्रा स्थानीय उत्पदानहरुलाइृ कसरी प्रचार गर्न सकिन्छ र त्यसको बजारलाइृ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा पनि यस महोत्सव मार्फत् हामी देश बिदेशमा लैजान चाहान्छौं । पत्रकार साथीहरुको पनि यसमा महत्वपुर्ण भुमिका हुन्छ भन्ने मलाई लाग्छ ।
प्रश्न :यस अघि भएका महोत्सवहरु पनि विवाद रहित थिएनन् , यो पटक विवादरहित हुन्छ त ?
उत्तर : हामीले छैठौ पटक महोत्सव आयोजना गर्देछौं । कतिपय अबस्थामा केहि कमजोरी भए होलान् । ति कमजोरीलाइ यसपटक सच्च्याएर हामी महोत्सवलाइ भव्य बनाउने योजनामा छौं । त्यसकारण पनि यो पटक यस्ता विवादहरु कम हुन्छन् भन्ने मलाई लाग्छ । केहि सानातिना विवाद भए हामी तत्काल त्यसलाई सच्च्याउन लाग्छौ ।
प्रश्न ः भनेपछि महोत्सव भव्य हुनेमा तँपाई विश्वस्त हुनुहुन्छ ?
उत्तर : एकदमै बिश्वस्त छु । सबै महानुभावहरुको सहयोग छ । सबै जना लाग्नुभाछ । यस पटक महोस्व पक्कैपनि भव्य हुन्छ । यसमा सबै जिल्ला बासीको , पत्रकार साथीहरुको पनि सहयोगको अपेक्षा गर्दछु । हामी सबै मिलेर महोत्सव भव्य बनाउन लागौ ।