कोरोना महामारीले विश्वनै आक्रान्त पारिरहेको बेलामा नेपाली समाज पनि निकै त्रसित भएको अबस्थामा म कोरोना संक्रमित भएको थिए । आज भन्दा ठ्याक्कै एक बर्ष अघि , नवलपुरको सदरमुकाम कावासोतीमा भर्खरै समुदायमा कोरोना संक्रमण देखिएको थियो । मेरा मित्र एवं सामथ्र्य एफएमका प्रवन्ध निर्देशक सागर पोख्रेल समुदायको पहिलो कोरोना संक्रमित थिए । उनैको कन्ट्राक्ट ट्रेसिङ्गको आधारमा म मा पनि गत बर्ष आजकै दिन कोरोना संक्रमण पुष्टी भएको थियो ।


सबै भन्दा पहिला म संक्रमित भएको खबर नवलपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले मलाई टेलिफोनबाट दिएका थिए । त्यतीबेलाका सिडियो सावले निकै सम्झाए मलाई , घरै बस्ने अबस्था भए म त्यो व्यवस्थापन गरिदिन्छु भनेका थिए ।त्यो बेला कोरोनाका त्रास भयंकर नै थियो । जव खबर सुने एकछिन बोल्न सकिन , तर आफुलाइृ तत्काल सम्हाले र सिडयिो सावलाई भने, “ मैले रजहर जानेनै निर्णय गरे ।” त्यतीबेला संक्रमित भएर घर बस्न पाईन्थेन तथापि सिडियो सावले मलाई सदाशयता देखाएका थिए । जिल्ला स्वास्थ्यका हाकिम केशव चापागाईंले आडभरोसा दिईरहें , तत्कालै कावासोती नगरपालिकाको स्वास्थ्य शाखाबाट एम्वुलेन्स पठाईदिन्छौ भन्दै फोन आयो , मैले एम्वुलेन्स म बसेको डेरा अगाडी नपठाउन बरु राजमार्गमानै पठाईदिन आग्रह गरें । किनकी म संक्रमित भएको खबरले तत्काल अरुमा थप त्रास नहोस् भनेर मैले त्यसो गरेको थिए । एम्वुलेन्स चढेर म रजहरको प्राकृतिक चिकित्सालय पुगेपछि मेरो मन बदलियो , म मा आत्मविश्वास बढ्यो , मैले आफ्नो कुरा लुकाउनु हुँदैन भन्ने लाग्यो , म अब आइसोलेशनमा नैं बसेर जनचेतना जगाउँछु भन्ने लाग्यो र तत्कालै मैले फेसबुक मार्फत् आफु संक्रमित भएको खबर सार्वजनीक गरें ।
जतिवेला हामी संक्रमित भयौं त्यतीबेला समाजमा संक्रमितलाई हेर्ने नजर फरक थियो । नबुझेकाहरुले त असामान्य व्यवहार गर्थेनैं , बुझेकाहरु समेत बुझ पचाएर संक्रमितहरुलाई हेयभावले हेर्थे , मानौ कोरोना संक्रमित हुनु ठुलो अपराध हो । मानिसहरु संक्रमितलाई अपराधीको नजरले हेर्थे , त्यो एउटा विडम्वना थियो । मैले आइसोलेशनमा बसेर त्यसैको बिरुद्धमा लड्ने र जनचेतना जगाउने निश्चय गरें ।
म पत्रकार हुँ , मेरो पेशा पत्रकारिता हो त्यसकारण जनचेतना जगाउने माध्ययमको रुपमा मैले पत्रकारितालाईनै रोजे । आईसोलेसनमा बसेर मैले सयौ पटक फेसबुक लाईभ गरें , फेसबुक लाईभ मार्फत् मैले कोरोना संक्रमित भएपछिको मेरो अनुभवका बारेमा निरन्तर शेयर गरिरहे , हामी आईसोलेशनमा कसरी बसेका छौं , के खाएका छौं , हाम्रो विहान उठेदेखिको सुत्ने बेला सम्मको दैनिकि कस्तो छ ? यि बिषयमा मैले दिनमा ४ पटक जति फेसबुक लाईभ मार्फत् जनचेतना जगाउने कोशिस गरें । मेरो प्रयास सफल पनि भयो , दैनिक जसो मलाई फोनहरु आउन थाले , धन्यवाद भन्न थालियो , मेरो अनुभव सुनाउन आग्रह गरियो , मैले पनि आफुले जानेजति र सकेजति सम्झाउने बुझाउने प्रयास गरे ।
आईसोलेसनबाटनै अन्र्तवार्ता र संचारकर्म
आईसोलेशनमा हुँदा मैले आफुलाई मानसिक रुपमा फिट राख्ने कोशिष गरें , जसका लागि मैले आफुलाई जति सक्दो विजि राख्नु पर्ने थियो । मनमा विभिन्न कुरा खेल्यो भने आत्मबल घट्ने डर थियो त्यसकारण मैले मनमा धेरै कुरा खेल्ननै दिईन त्यसका लागि मैले एउटा जुक्ती निकाले त्यो थियो आईसोलेशनबाटनै संचारकर्म गर्ने । अनि मैले सुरु गरे आइसोलेसनबाटनै संचारकर्म ।
मैले आईसोलेशनबाट पहिलो अन्र्तवार्ता जिल्ला स्वास्थ्य प्रमुख केशव चापागाईं र प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको गरें । जुम प्रविधिको प्रयोग गरेर मैले आईसोलेशनबाटै लिएको त्यो भिडियो अन्र्तवार्ता मुकुन्दसेन टेलिभिजनले प्रसारण गरेको थियो । पछि धेरै रेडियोहरुले पनि त्यो अन्र्तवार्ता प्रसारण गरें । मेरो डिजिटल पत्रिका सत्यकलम डट कम र फेसबुक पेज मार्फत् पनि त्यो अन्र्तवार्ता प्रसारण भयो । मेरो त्यो अन्र्तवार्ता पछि धेरैले मेरो प्रशंशा गरें , आफु संक्रमित भएर आईसोलेशनमा बसेको बेलामा पनि जनचेतना जगाउनका लागि अन्र्तवार्ता गरेको भनेर धेरैले धन्यवाद पनि दिए , त्यसपछि झन् मलाई आईसोलेशनबाटनै संचारकर्म गर्न उत्प्रेरणा जाग्यो । त्यसपछि दोस्रो अन्र्तवार्ता मैले डा विश्वबन्धु बगालेको गरेको थिए , जो आफै पनि संक्रमित थिए । त्यस पछि मैले ३३ दिनको आईसोलेशन बसाईको क्रममा २० वटा भिडियो अन्र्तवार्ता गरें , जुन अन्र्तवार्ताहरु अधिकांश चिकित्सक ,कोरोना जितेका व्यक्तीहरु , संक्रमित भएर आईसोलेशनमा बसेकाहरु र सम्बन्धित निकायका प्रमुखहरुको थियो । मैले त्यसबेला गरेका अन्र्तवार्ताहरुलाई देशका धेरै मिडियाले प्रसारण गरें , उनिहरु प्रति म आभारी छु ।

आईसोलेशनमा रहँदा मैले अन्र्तवार्ता मात्र गरिन धेरै मिडियाका साथीहरुले मेरो अन्र्तवार्ता समेत लिए । मैले अन्र्तवार्ता लिँदा होस् या अन्र्तवार्ता दिँदा होस् सधै एउटै कुरामा जोड दिए त्यो के थियो भने, “कोरोना संक्रमित अपराधी होईनन् , सक्नुहुन्छ माया गर्नुस् , हौसला दिनुस् , आत्मबल बढाउन सहयोग गर्नुस् सक्नुहुन्न हतोत्साहित बनाउने प्रयास नगर्नुस्” आईसोलेशन अवधिभर मैले यसलाई एउटा अभियानकै रुपमा अघि बढाए । यसमा साथी सागर पोख्रेल , अर्जुन अविरल र आदरणीय भरत पोख्रेल सरले साथ दिईरहनुभयो ।

मैले आफ्ना अनुभवलाई समेटेर त्यतीबेला दर्जनौ लेखहरु लेखे , समाचारहरु लेखें ,कविताहरु , गजलहरु लेखे । स्थानीय र राष्ट्रीय मिडियाहरुमा मेरो लेखहरु प्रकाशित भए । शिलापत्रले त म संग एक घण्टा लामो अन्र्तवार्ता नै गर्यो । विविसिले आफ्नो रिपोर्टमा मेरो कुरा समेट्यो । नवलपुरबाट प्रकाशित हुने विजय खबर साप्ताहिकले फ्रण्ट पेजमा मेरो तस्विर सहितको सामाग्री छापेको थियो । अन्य दर्जनौ रेडियो र अनलाईनहरुले त्यो बेला अन्र्तवार्ता गरेका थिए । मेरो ध्यान मात्र कोरोना महामारीबाट भयभित समाजमा चेतना जगाउनु थियो । त्यसमा म धेर थोर सफल पनि भए भन्ने लाग्दछ । यसरी आईसोलेशनमा बसेर संचारकर्म गर्दै मैले संचारका माध्ययमहरुको अधिकतम प्रयोग गरेर समाजमा चेतना जगाउने कोसिस गरे । अहिले एक बर्ष अघिको त्यो विगतलाई फर्केर हेर्दा मैले ठिकै गरे भन्ने लाग्छ । किनकी तत्कालिन समयमा समाजमा चेतना जगाउन आवश्यक थियो , मैले समाजको आवश्यकतालाई मध्यनजर गर्दै त्यही गरे जुन मैले गर्नु पर्ने थियो । मेरो दावित्य थियो कर्तव्य थियो । ३३ दिन आईसोलेशनमा बसेर फर्केपछि पनि मैले आफ्नो काम छाडिन निरन्तर जनचेतना जगाउन लागि रहें , संगै आईसोलेशनमा बसेका साथीहरु संग मिलेर संक्रमितको घर घर पुग्यौं , ढाडस दियौं । आफुलाई परेपछि थाहा हुँदोरहेछ पिडा कस्तो हुन्छ , आज पनि अर्को मान्छेलाई पनि त्यस्तै पिडा परेको होला भन्ने लाग्छ त्यसकारण अहिले पनि संचारकर्म मार्फत् जनचेतना जगाउने काम छाडेको छैन । आफ्नो कर्तव्यलाई भुलेको छैन ।
नवलपुर टाईम्स र घटना र बिचारका लागि पत्रकार संजय भट्टराईले लेखेको यो पनि पढ्नुहोस्
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा विनोद पौडेल संग त्यो लेखकले लिएको अन्तरवार्ता
.jpg)
म आज पनि रजहरमा ३३ दिन बस्दाका दिनहरु सम्झन्छु, त्याहाका कर्मचारी सबै प्रेमिल थिए । उनिहरु सबै सहयोगी थिए । डा विनोद र हरि सापकोटा त दिनमा ४/५ पटक फोन गरेर भेटेर हालखबर सोध्थे , उनिहरुको सक्रियता र हामी संक्रमितहरु प्रतिको प्रेम बडो गज्जवको थियो । आईसोलेशनमानै बस्दा धेरै साथी पनि बने जो संग आज सम्म पनि राम्रो सम्बन्ध छ । ३३ दिनको रजहर बसाई सिक्नका लागि एउटा विश्वविद्यालयनै थियो । मैले आफुलाई भरपुर सिक्नका लागि प्रेरित गरें । त्यहाँ बसेर ३३ दिनमा जती संचारकर्म गरे त्यो मेरो १८ बर्षको पत्रकारिताको दौरानमा सबैभन्दा महत्वपुर्ण थियो र त्यो सधै स्मरणमा आईरहनेछ ।


र मेरो छोरी सायारालाई लेखेको यो कविता पनि... छोरीले कविता पठाएपछि त्यसको जवाफ हो यो ...